समाचार

    Showing 1,411-1,420 of 26,787 items.
  • १ हजार २५० मेट्रिक टन डीएपी मल नेपाल आउँदै

    काठमाडौं— नेपालमा १ हजार २५० मेट्रिक टन डिएपि मल आज आइपुग्ने भएको छ । ग्लोबल टेन्डरमार्फतबाट खरिद गरिएको ३० हजार मेट्रिक डिएपि मल भारतको कोलकात्ता बन्दरगाहमा १० जुलाईमा आइपुगेको थियो । सो मलमध्ये १ हजार २५० मेट्रिक टन मल १ गते नेपालतर्फ ढुवानी सुरु भएको र सो मल भोलि ४ गते नेपाल आईपुग्ने छ । बाँकी रहेको मल हाल कोलकाता बन्दरगाहमै प्याकेजिङ (ब्यागिङ)को काम भइरहेको छ । प्याकेजिङ सम्पन्न भएसँगै आज अर्को एक रेक बिरगन्ज चलान भएको छ । बाकि क्रमशः नेपाल भित्रिने छ । त्यस्तै ३० हजार मे टन युरिया मल समेत कलकत्तामा आईपुगेको र हाल अनलोडिङ र ब्यागिङ भैरहेको हुदा भोलि एक रेक बिरगन्जका लागि लोड

    • प्रकाशित मितिः साउन ४, २०८३
    • 470 पटक पढिएको
  • आज साउनको पहिलो सोमबार, देशभरका शिवालयमा भक्तजनको भीड

    काठमाडौं— आज साउन महिनाको पहिलो सोमबार विशेष श्रद्धा र भक्तिपूर्वक मनाइँदै छ । हिन्दु धर्ममा साउन महिनालाई भगवान् शिवको अत्यन्त प्रिय महिना मानिन्छ ।सनातन कालदेखि नै साउन महिनाको प्रत्येक सोमबार भगवान् शिवको व्रत, पूजा–आराधना, जप, तप, अभिषेक तथा दान–पुण्य गर्ने परम्परा चलिआएको छ । यस महिनाको सोमबार श्रद्धापूर्वक व्रत बसेर भगवान् शिवको आराधना गर्दा मनोकामना पूरा हुने, पाप नाश हुने, मानसिक शान्ति प्राप्त हुने तथा परिवारमा सुख, शान्ति र समृद्धि आउने शास्त्रीय विश्वास रहदै आएको छ । 

    • प्रकाशित मितिः साउन ४, २०८३
    • 417 पटक पढिएको
  • अर्जेन्टिनालाई पराजित गर्दै स्पेनले जित्यो विश्वकपको उपाधि

    काठमाडौं— स्पेनले अर्जेन्टिनालाई पराजित गर्दै फिफा विश्वकप २०२६ को उपाधि जितेको छ ।न्यु जर्सीस्थित मेटलाइफ स्टेडियममा भएको फाइनलमा अर्जेन्टिनालाई १–० ले पराजित गर्दै स्पेनले फिफा विश्वकप २०२६ को उपाधि जितेको हो ।खेलको १०६औँ मिनेटमा टोरेसले गरेको गोल नै स्पेनलाई दोस्रो पटक विश्व च्याम्पियन बनाए । २०१० पछि स्पेनले पहिलो पटक यो ऐतिहासिक सफलता हात पारेको हो ।सन् २०२१ र २०२४ को कोपा अमेरिका तथा २०२२ को विश्वकप जितेको अर्जेन्टिनाले यसपटक भने प्रमुख प्रतियोगितामा पहिलो पटक उपाधिविहीन बन्यो ।  

    • प्रकाशित मितिः साउन ४, २०८३
    • 92 पटक पढिएको
  • यस्तो छ, आज विदेशी मुद्राको विनिमयदर

    काठमाडौं— नेपाल राष्ट्र बैंकले आज (सोमबार)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सार्वजनिक गरिएको विनिमयदर अनुसार आज अमेरिकी डलर एकको खरिददर १५३ रुपियाँ ७६ पैसा र बिक्रीदर १५४ रुपियाँ ३६ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७५ रुपियाँ ८९ पैसा र बिक्रीदर १७६ रुपियाँ ५८ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०६ रुपियाँ ८८ पैसा र बिक्रीदर २०७ रुपियाँ ६८ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १९० रुपियाँ ४४ पैसा र बिक्रीदर १९१ रुपियाँ १८ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर १०७ रुपियाँ ३६ पैसा र बिक्रीदर १०७ रुपियाँ ७८ पैसा तोकिएको छ । राष्ट्र बैंकले क्यानेडिय

    • प्रकाशित मितिः साउन ४, २०८३
    • 386 पटक पढिएको
  • आजको मौसमः यी प्रदेशमा भारी वर्षाको सम्भावना

    काठमाडौं— हाल देशभर मनसुनी वायूको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ रहेको छ।देशभर अधिकांश बादल लागेको छ । कोशी बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केहि स्थानमा, सुदुरपश्चिम प्रदेशको थोरै स्थानमा मध्यमसम्मको वर्षा भैरहेको छ।आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ। देशका हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ। देशको पहाडी भूभागका धेरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षाको सम्भावना छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका धेरै स्थानहरुमा तथा मधेश प्रदेशका केही स्था

    • प्रकाशित मितिः साउन ४, २०८३
    • 510 पटक पढिएको
  • प्रत्यक्ष चुनावबाट समावेशी संसद् बनाउन गगन थापाको नयाँ प्रस्ताव

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले वर्तमान मिश्रित निर्वाचन प्रणालीबारे पुनः बहस आवश्यक रहेको भन्दै प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत नै समावेशी संसद् निर्माण गर्ने विकल्पमा राष्ट्रिय छलफल गर्न प्रस्ताव गरेका छन्।पोखरामा आयोजित कार्यक्रममा बोल्दै थापाले समावेशिता लोकतन्त्रको आधारभूत मूल्य भएकाले त्यसलाई कुनै पनि रूपमा कमजोर पार्ने प्रयास स्वीकार्य नहुने स्पष्ट पारे। उनका अनुसार दलित, महिला, जनजातिलगायत उत्पीडित समुदायको प्रतिनिधित्व सुनिश्चित गर्न प्रत्यक्ष निर्वाचन क्षेत्रमा निश्चित सिट वा क्षेत्र आरक्षण जस्ता विकल्पमाथि पनि खुला बहस हुन सक्छ।थापाले संविधान संशोधनका क्रममा सुशासन,

    • प्रकाशित मितिः साउन ३, २०८३
    • 85 पटक पढिएको
  • एफबीआई क्षेत्रीय सम्मेलनमा सहभागी हुन आईजीपी कार्की थाइल्यान्ड प्रस्थान

    काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्की थाइल्यान्डको राजधानी बैंककमा आयोजना हुने एफबीआई क्षेत्रीय सम्मेलनमा सहभागी हुन आइतबार त्यसतर्फ प्रस्थान गरेका छन्।प्रहरी प्रधान कार्यालयका अनुसार आईजीपी कार्कीसँगै प्रहरी उपरीक्षक ९एसपी० धर्मराज भण्डारी पनि सम्मेलनमा सहभागी हुन बैंकक गएका छन्।प्रस्थानअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक ९एआईजी०हरूले आईजीपी कार्कीलाई औपचारिक बिदाइ गरेका थिए।उक्त सम्मेलनमा क्षेत्रीय सुरक्षा, अन्तरदेशीय अपराध नियन्त्रण, सूचना आदान–प्रदान तथा अन्तर्राष्ट्रिय प्रहरी सहकार्यका विषयमा छलफल हुने अपेक्षा गरिएको छ।

    • प्रकाशित मितिः साउन ३, २०८३
    • 82 पटक पढिएको
  • सामाजिक सुरक्षा भत्ता लिनेहरूलाले असोजभित्र परिचयपत्र नवीकरण अनिवार्य

    काठमाडौं । वृद्धभत्तासहित सबै सामाजिक सुरक्षा भत्ता लिने लाभग्राहीले असोज मसान्तभित्र सामाजिक सुरक्षा परिचयपत्र नवीकरण गर्नुपर्ने भएको छ। महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयले सूचना जारी गर्दै समयमै नवीकरण गर्न आग्रह गरेको हो।नवीकरणका लागि लाभग्राही आफ्नो वडा कार्यालयमा स्वयं उपस्थित भई जैविक ९बायोमेट्रिक० पहिचानका आधारमा प्रक्रिया पूरा गर्नुपर्नेछ। अस्थायी बसोबासमा रहेका व्यक्तिले भने बसोबास गरिरहेको वडाबाटै नवीकरण गर्न सक्ने व्यवस्था गरिएको छ।मन्त्रालयका अनुसार नवीकरण राष्ट्रिय परिचय नम्बरका आधारमा गरिनेछ। तर १६ वर्षमुनिका बालबालिका, आफ्नै हेरचाह गर्न नस

    • प्रकाशित मितिः साउन ३, २०८३
    • 76 पटक पढिएको
  • यो सरकार हत्या,हिंसा र आगजनीको जगमा बनेको हो :ओली

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान बालेन नेतृत्वको सरकारमाथि तीव्र राजनीतिक आक्रमण गर्दै यसको गठन हत्याहिंसा, तोडफोड, कब्जा र आगजनीको पृष्ठभूमिमा भएको आरोप लगाएका छन्।पार्टीको संसदीय मामिला विभागले आयोजना गरेको सांसदहरूसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै ओलीले अहिलेको राजनीतिक अवस्था दिशाविहीन, विधिविहीन र थितिविहीन बन्दै गएको टिप्पणी गरे। लोकतान्त्रिक व्यवस्थामा सरकार परिवर्तनका लागि संविधानले स्पष्ट कानुनी प्रक्रिया तय गरेको भए पनि अहिलेको सरकार त्यही प्रक्रियाबाट नभई अराजक गतिविधिको वातावरणबाट बनेको उनको दाबी थियो।ओलीले मुलुकको राजनीति अहिले स्

    • प्रकाशित मितिः साउन ३, २०८३
    • 98 पटक पढिएको
  • अर्थ मन्त्रालयको जोड: मौद्रिक र वित्तीय नीतिमा समन्वय आवश्यक

    काठमाडौं / अर्थ मन्त्रालयले नेपाल राष्ट्र बैंक सरकारबाट पूर्ण रूपमा पृथक भएर काम गर्न नसक्ने भन्दै मौद्रिक नीति र वित्तीय नीति एकअर्काको पूरक हुनुपर्ने धारणा राखेको छ।आइतबार प्रतिनिधिसभाअन्तर्गत अर्थ समितिको बैठकमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयक माथि सरोकारवाला संघसंस्थासँग भएको छलफलमा अर्थ मन्त्रालयका सहसचिव अमृत लम्साल ले राष्ट्र बैंकको स्वायत्तता आवश्यक भए पनि सरकारसँगको समन्वय टुट्न नहुने बताए।उनले भने, ‘नेपाल राष्ट्र बैंकको अटोनोमीको कुरा गरिरहेका छौँ। तर बुझ्नुपर्ने कुरा के हो भने नेपाल राष्ट्र बैंक एउटा ‘आइभोरी टावर’ वा ‘साइलो’मा बसेर काम गर्न सक्दैन। मौद्

    • प्रकाशित मितिः साउन ३, २०८३
    • 195 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.