समाचार

    Showing 14,051-14,060 of 25,809 items.
  • यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर

    काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १३६ रुपैयाँ ४६ पैसा र बिक्रीदर १३७ रुपैयाँ ०६ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिदर १४७ रुपैयाँ ६३ पैसा र बिक्रीदर १४८ रुपैयाँ २८ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिदर १७६ रुपैयाँ ६३ पैसा र बिक्रीदर १७७ रुपैयाँ ४० पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १५४ रुपैयाँ ९२  पैसा र बिक्रीदर १५५ रुपैयाँ ६० पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ८५ रुपैयाँ ३० पैसा र बिक्रीदर ८५ रुपैयाँ ६८ पैसा, क्यानेडियन डलर एकको खरिदर ९५ रुपैयाँ ०८ पैसा र बिक्री

    • प्रकाशित मितिः चैत १९, २०८१
    • 265 पटक पढिएको
  • अठ्ठाइस वर्षपछि टुप्लुक्कै घर आइपुगेपछि...

    कञ्चनपुर । यहाँको शुक्लाफाँटा नगरपालिका–७ सिमलफाँटाका ६२ वर्षीय मानबहादुर धानुक अटोबाट झरेर टुप्लुक्क घरको आँगनमा आइपुग्दा एकैछिन घरमा सन्नाटा छायो । बेपत्ता भएको २८ वर्षपछि धानुक घर फर्किएलान् भन्ने अनुमान परिवारका कुनै सदस्यले गरेका थिएनन् ।त्यसो त धानुकलाई पनि सुरुमा आफ्नो घर पत्ता लगाउन कठिन भयो । आफूले घर छोड्दाको बस्ती शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको विस्तारित क्षेत्रभित्र परेपछि स्थानान्तरण गरिएको थियो । भारतको उत्तर प्रदेशको बनारसबाट बस चढेर महेन्द्रनगर आइगेका उनी सबैभन्दा पहिले कपडालगायत सामान खरिद गर्ने पुरानो व्यापारी कहाँ पुगे । उनीसँग कुरा गरेपछि थाहा भयो कि साविकको पिपलाडी गाविस–

    • प्रकाशित मितिः चैत १८, २०८१
    • 311 पटक पढिएको
  • मदन भण्डारी राजमार्गभित्र परेका रूख कटान तीव्र

    झापा । मदन भण्डारी राजमार्गको झापा, इलाम, मोरङ र सुनसरी खण्डमा वन क्षेत्रभित्रका १३ हजार ८३४ रूख कटानको प्रक्रिया अघि बढेको छ । मन्त्रिपरिषद्ले झापाको बाहुनडाँगीदेखि सुनसरीको धरानसम्मको ७७ किलोमिटर राजमार्गभित्र अवस्थित विभिन्न वन क्षेत्रको भोगाधिकार दिने निर्णय गरिसकेको हुँदा सम्बन्धित जिल्लाका डिभिजन वन कार्यालयबाट अनुमति लिएर रूख कटानको कार्य भइरहेको मदन भण्डारी राजमार्ग योजना कार्यालय दमकका सूचना अधिकारी सुभाषकुमार दत्तले बताए ।कार्यालयले राजमार्गको झापाको पश्चिम खण्डमा पर्ने मावा खोलादेखि दमकको बेलडाँगीसम्मको ४७ रूख कटान गरिसकेको र मावा खोलादेखि मोरङको केराबारीसम्मका दुई हजार १६३ रूख

    • प्रकाशित मितिः चैत १८, २०८१
    • 239 पटक पढिएको
  • प्याब्सनको तीन वर्षे कार्ययोजना सार्वजनिक

    काठमाडौँ । निजी तथा आवासीय विद्यालय सङ्गठन नेपाल (प्याब्सन)ले तीन वर्षका लागि कार्ययोजना सार्वजनिक गरेको छ । आज यहाँ आयोजित पत्रकार सम्मेलनमा प्याब्सनका अध्यक्ष कृष्णप्रसाद अधिकारीले कार्ययोजना सार्वजनिक गर्दै नेपालको शिक्षा विकास र विस्तारका लागि कार्ययोजना प्रभावकारी र उपलब्धिमूलक हुने बताए ।कार्ययोजनामा निजी विद्यालयहरूले प्रदान गर्दै आएको शैक्षिक गुणस्तरलाई अझै समयसापेक्ष बनाउँदै राष्ट्रिय तथा अन्तरराष्ट्रिय क्षेत्रमा प्रतिस्पर्धी बनाउन निरन्तर क्रियाशील रहने र त्यसका लागि आवश्यकताअनुसार तीनै तहका सरकारसँग सहकार्य गर्ने, विद्यालय शिक्षालाई सबै नेपालीको पहुँचभित्र रहन आवश्यक प्रवद्र्धन

    • प्रकाशित मितिः चैत १८, २०८१
    • 429 पटक पढिएको
  • झापामा आठ महिनामा १५ हजार मेट्रिक टन रासायनिक मल बिक्री

    झापा । कृषि सामग्री कम्पनी विर्तामोडले चालु आर्थिक वर्ष २०८१÷८२ को आठ महिनामा १५ हजार २९९ मेट्रिक टन रासायनिक मल किसानलाई बिक्री गरेको छ ।झापामा कृषियोग्य जमिन धेरै भएको र एकै याममा विभिन्न प्रकारको बाली लगाउने गरिएको कारण जिल्लामा रासायनिक मलको खपत धेरै हुने गरेको कम्पनीका शाखा प्रमुख दीपककुमार राजवंशीले बताए । उनका अनुसार चालु आवका लागि कम्पनीले झापाका लागि १७ हजार ५०० मेट्रिक टन रासायनिक मल पठाएको थियो । अब शाखामा दुई हजार २०१ मेट्रिकटन मल मौज्दात रहेको छ ।जिल्लाका किसानलाई फागुन मसान्तसम्ममा नौ हजार ८०० मेट्रिकटन युरिया, पाँच हजार १४ मेट्रिक टन डिएपी र चार हजार ८५ मेट्रिक टन पोटास मल बिक्र

    • प्रकाशित मितिः चैत १८, २०८१
    • 342 पटक पढिएको
  • बहुमतले पारित पाँचवटा प्रतिस्थापन विधेयक

    काठमाडौं— राष्ट्रिय सभाबाट विभिन्न पाँचवटा प्रतिस्थापन विधेयक बहुमतले पारित भएको छ । सोमबार बसेको राष्ट्रिय सभा बैठकले सरकारले जारी गरेको अध्यादेशसँग सम्बन्धित विभिन्न पाँचवटा प्रतिस्थापन विधेयक बहुमतले पारित गरेको हो । बैठकले ‘सुशासन प्रवर्द्बन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१’, ‘सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१’, ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व पहिलो संशोधन विधेयक पारित गरेको हो । त्यस्तै, ‘निजीकरण (पहिलो संशोधन) विधेयक, २०८१’ र ‘आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐ

    • प्रकाशित मितिः चैत १८, २०८१
    • 201 पटक पढिएको
  • तीन करोड लागतमा बन्यो लेगुवा खोला पक्की पुल

    भोजपुर । पूर्वाधार विकास कार्यालयअन्तर्गत धनकुटाको लेगुवा खोलामा पक्की पुल निर्माण सम्पन्न भएको छ । यहाँ रु तीन करोड २१ लाख लागतमा पक्की पुल निर्माण सम्पन्न भएर सञ्चालनमा आएको हो ।लामो समयदेखि खोलामा पुल नहुँदा स्थानीयले समस्या झेल्दै आएका थिए । लेगुवा खोलामा कोशी प्रदेश सरकारको रु तीन करोड २१ लाख लागतमा २२ मिटर लम्बाइ र ११ मिटर चौडाइको पक्की पुल निर्माण गरिएको पूर्वाधार विकास कार्यालयका प्रमुख राजनराज रेड्डीले जानकारी दिए । ‘लेगुवा खोला पक्की पुल निर्माण सम्पन्न गरेका छौँ’, प्रमुख रेड्डीले भने, ‘यहाँका स्थानीयको समस्यालाई ध्यानमा राखेर पुल निर्माण कार्यलाई प्राथमिकताका साथमा अघि बढाएका थियौँ,

    • प्रकाशित मितिः चैत १८, २०८१
    • 185 पटक पढिएको
  • मेरो बोल्ने शैली सच्याउने प्रतिबद्धता गर्दछुः सञ्चार मन्त्री गुरुङ

    काठमाडौं— सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले आफ्नो बोल्ने शैलीले कसैलाई चोट परेको भए क्षमा माग्दै आगामी दिनमा शैली सच्याउने प्रतिबद्धता व्यक्त गरेका हुन् ।सोमबार राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले आफूले कसैलाई होच्याउनका लागि अभिव्यक्ति नदिएको भन्दै भने, ‘मेरो यो शैलीले गर्दा तपाईंहरूलाई चोट लागेछ भने म आफ्नो शैली सच्याउने प्रतिबद्धता जाहेर गर्दछु ।’उनले अगाडि थपे, ‘एउटा कुरा मैले आज बोल्नैपर्ने भएको छ । मेरो जिब्रो सोझो छ । सिधा छ । घुमाउरो छैन । म फेरि एग्रेसिप लोजिकमा विश्वास गर्छु । शैलीका हिसाबले पनि । मैले कुनै मान्यको अपमान गर्ने ढंगले बोलेको पनि थिएन । मेरो मनमा एक प्

    • प्रकाशित मितिः चैत १८, २०८१
    • 302 पटक पढिएको
  • आन्तरिक पर्यटकको रोजाइमा धुमैया जलाधार क्षेत्र

    राँझा (बाँके) । बाँकेको राप्ती सोनारी गाउँपालिका–५ बिनौनाको टडुवास्थित धुमैया जलाधार क्षेत्र पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइमा परेको छ । सिद्देश्वरी सामुदायिक वन उपभोक्ता समूहको संरक्षणमा रहेको धुमैया जलाधार क्षेत्रमा नेपालगञ्जको प्रचण्ड गर्मी छल्न आउने आन्तरिक पर्यटकहरु झरनामा नुहाउने, तस्बिर खिच्ने, भिडियो छायाङ्कन गर्ने र वनभोज खाएर रमाउने गरेका छन् । गर्मीयाममा नेपालगञ्ज, कोहलपुरलगायतका सहरबाट आन्तरिक पर्यटकको भीड लाग्ने गरेको स्थानीय चन्द्रप्रकाश रिजालले बताए । जलाधार क्षेत्रमा प्रवेश गर्ने आन्तरिक पर्यटकलाई प्रवेश शुल्क रसिद काट्ने काम गर्दै आउनुभएका रिजालले गर्मीयाममा दैनिक ३००÷

    • प्रकाशित मितिः चैत १८, २०८१
    • 278 पटक पढिएको
  • आजदेखि टरिगाउँ विमानस्थलमा हवाई सेवा सुरु

    तुलसीपुर । आजदेखि दाङको तुलसीपुर–१२ स्थित टरिगाउँ विमानस्थलमा तीन महिनापछि हवाई सेवा सुरु भएको छ । अब प्रत्येक सोमबार उडान हुने नेपाल एयरलाइन्सका स्टेसन इञ्चार्ज बलबहादुर सुनारले जानकारी दिए । उनले यात्रुको मागअनुसार उडान थप गर्न पनि सकिने बताए । विमानस्थलमा हवाई सेवा पटक–पटक अवरुद्ध हुँदै आएको छ । यस पटक गत पुस २ गतेदेखि हवाई सेवा अवरुद्ध भएको थियो । उक्त विमानस्थलमा नियमित हवाई सेवा नहुँदा यात्रु नेपालगञ्ज वा भैरहवा जानुपर्ने बाध्यता छ । विमानस्थलको धावनमार्ग सानो हुँदा ठूला जहाज बस्न सकेका छैनन् । अहिले १९ सिटे जहाज मात्रै सञ्चालन हुँदा पनि अनियमित हुने हुँदा यात्रु भैरहवा वा नेपा

    • प्रकाशित मितिः चैत १८, २०८१
    • 317 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.