समाचार

    Showing 13,971-13,980 of 25,809 items.
  • म्याग्दीमा बङ्गुरको नश्ल सुधारका लागि कृत्रिम गर्भाधान सुरु

    म्याग्दी । बङ्गुरमा कृत्रिम गर्भाधान सेवा सुरु गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत बङ्गुर जोन कार्यक्रममार्फत बङ्गुरमा कृत्रिम गर्भाधान सेवा सुरु गरिएको हो । परियोजनाका प्रमुख भरत गौतमले म्याग्दीमा पहिलोपटक मङ्गला गाउँपालिका–५ हाडेभिरका विमल सापकोटाको फार्ममा पालिएका बङ्गुरमा उच्च नश्लको कम बोसो भएको अमेरिकन नश्लको शुद्ध बङ्गुरको ताजा वीर्यबाट निःशुल्क कृत्रिम गर्भाधान सेवा सुरु गरिएको जानकारी दिए ।‘राष्ट्रिय पशु प्रजनन कार्यालय पोखरासँग समन्वय गरेर प्राविधिक गङ्गामति रोकाले कृत्रिम गर्भाधान गराउनुभएको हो’, उनले भने, ‘हाललाई सहज यातायात सुविधा भएका म्याग्दीका बङ्गुर

    • प्रकाशित मितिः चैत २२, २०८१
    • 298 पटक पढिएको
  • कामपाले ल्यायो घुम्ती खाद्य प्रयोगशाला सञ्चालन

    काठमाडौँ । काठमाडौँ महानगरपालिकाले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागसँगको सहकार्यमा खाद्य सेवासँग सम्बन्धित बजार अनुगमनमा घुम्ती खाद्य प्रयोगशाला सञ्चालन थालेको छ ।बिहीबार कामपाको उपप्रमुख एवं अनुगमन संयोजक सुनिता डङ्गोलले थापाथलीस्थित प्रसूतिगृह र नर्भिक अस्पतालका क्यान्टिनका खाद्य वस्तुका नमूना सङ्कलन तथा परीक्षण कार्यको शुभारम्भ गरेकी हुन् । त्यस क्रममा संयुक्त अनगुमन टोलीले खाद्य व्यवसाय सञ्चालन हुने स्थानको खाद्य स्वच्छता तथा गुणस्तर निरीक्षण, खाद्य नमूनाको स्थलगत परीक्षण विश्लेषण गरेको थियो ।घुम्ती प्रयोगशालाबाट हुने कामका विषयमा जानकारी लिँदै उपप्रमुख डङ्गोलले, खाद्य स्वच्छताबाट उपभ

    • प्रकाशित मितिः चैत २२, २०८१
    • 280 पटक पढिएको
  • यात्रु नभएपछि टरिगाउँमा आएन जहाज

    तुलसीपुर (दाङ) । तुलसीपुरस्थित टरिगाउँ विमानस्थलमा बिहीबार एक जना पनि यात्रु नपाएपछि जहाज सेवा अवरुद्ध भएको छ । गत सोमबारदेखि हवाई सेवा सुरु भएको थियो । बिहीबार पनि जहाज आउने तालिका थियो । तर, तुलसीपुरबाट एक जना पनि यात्रुले टिकट काटेका थिएनन् ।काठमाडौँबाट पनि तीन जनाले मात्र टिकेट काटेका थिए । यात्रु नभएपछि बिहीबारको उडान अवरुद्ध भएको एयरलाइन्सका स्टेसन इन्चार्ज बलबहादुर सुनारले जानकारी दिए । तीन महिना सेवा अवरुद्ध भएपछि सोमबारदेखि सेवा सुरु भएको हो । हालको भाडा न्यूनतम रु सात हजार १०० मात्र कायम गरिएको छ । नियमित भाडा रु आठ हजार ७७५ भए पनि हाललाई रु सात हजार १०० मात्र कायम गरिएको छ ।टरिगाउँम

    • प्रकाशित मितिः चैत २२, २०८१
    • 274 पटक पढिएको
  • वायु प्रदूषणबाट सतर्क अपनाउन आग्रह

    काठमाडौँ । राष्ट्रिय विपद् जोखिम, न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले गर्मी मौसम बढेसँगै विविध कारणले केही दिनयता काठमाडौँ उपत्यकालगायत देशका प्रमुख सहरको वायु प्रदूषण खतराको तह नजिक पुगेको जानकारी गराउँदै सचेत हुन आमनागरिकमा अनुरोध गरेको छ ।बढ्दो वन डढेलो र आगलागीका घटना, सडक निर्माणलगायत निर्माणकार्यसँगै निस्केका धुलोका कण, सवारी प्रदूषण, फोहरमैला जलाउने कार्यलगायत कारणले काठमाडौँ उपत्यकाको भौगोलिक अवस्थिति, हिउँदे वर्षा कम हुनु र मनसुन सुरुआत नभइसकेको अवस्थामा केही दिनयता काठमाडौँ उपत्यकालगायत देशका प्रमुख सहरको वायु प्रदूषण खतराको तह नजिक पुगेको प्राधिकरणले जनाएको हो ।वायु गुणस्तर सूचकाङ्

    • प्रकाशित मितिः चैत २२, २०८१
    • 374 पटक पढिएको
  • विशेषको फैसलाविरुद्ध आयोग सर्वोच्चमा

    काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतले गरेको दुईवटा फैसलाउपर चित्त नबुझेको भन्दै आज सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ ।आयोगले पोखरा विश्वविद्यालयका उपप्राध्यापक रवीन्द्रप्रसाद बरालविरुद्ध दायर गरेको मुद्दामा विशेषले २०८० फागुन १३ गते फैसला गरेको थियो । सो फैसलाउपर चित्त नबुझेको भन्दै आयोगले सर्वोच्चमा आज पुनरावेदन गरेको हो ।यस्तै, मकवानपुर मनहरी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत देवराज चौलागाईँ र इन्जिनियर अमितकुमार ठाकुरका हकमा विशेष अदालतले गरेको फैसला चित्त नबुझेको भन्दै फैसलाउपर आजै सर्वोच्चमा पुनरावेदन गरेको हो । मनहरी गाउँपालिका–६ स्थित लोथर हाङलाङ फरिवा

    • प्रकाशित मितिः चैत २२, २०८१
    • 208 पटक पढिएको
  • सेतो मच्छिन्द्रनाथको जात्रा चैत २३ देखि

    काठमाडौँ । सेतो मच्छिन्द्रनाथको जात्रा यही चैत २३ गतेदेखि सुरु हुँदैछ । स्थानीय भाषामा जनबहाः द्यः पनि भनिने यस देवतालाई बौद्धहरूले आर्यावलोकितेश्वर वा करुणामयको रुपमा पुज्छन् । हरेक वर्ष पौष शुक्ल पक्ष अष्टमीका दिन महास्नान गराई मनाउन सुरु गरिने जात्राको व्यवस्थापन यस वर्ष पनि जनबहाःद्यः रथ जात्रा व्यवस्थापन समितिले गरिरहेको छ । समितिले पछिल्लो १३ वर्षदेखि रथजात्राको व्यवस्थापन गरिरहेको छ । समितिका अनुसार यस वर्ष जात्रा व्यवस्थापनका लागि विभिन्न २० वटा उपसमितिहरु गठन गरिएका छन् ।जनबहाःद्यः रथ जात्रा व्यवस्थापन समितिका सचिव सुजिव बज्राचार्यले यस वर्ष रथजात्राको पहिलो दिन चैत २३ गते तीनधार

    • प्रकाशित मितिः चैत २१, २०८१
    • 233 पटक पढिएको
  • मुस्ताङमा हालसम्म तीन लाख ९७ हजार पर्यटक भित्रिए

    मुस्ताङ । चालु आर्थिक वर्षको हालसम्म धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङमा तीन लाख ९६ हजार ९०१ पर्यटक भित्रिएका छन् । गत साउनदेखि चैत १८ गतेसम्मको प्रहरी तथ्याङ्कअनुसार मुस्ताङमा आन्तरिक तथा बाह्य गरी उक्त सङ्ख्यामा पर्यटक भित्रिएका हुन् ।मुस्ताङमा चालु वर्षको साउनदेखि हालसम्ममा तीन लाख ३३ हजार ८४५ आन्तरिक र ६३ हजार ५६ जना विदेशी पर्यटक जिल्लामा भित्रिएका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक विशाल अधिकारीले जानकारी दिए । उनका अनुसार साउनदेखि हालसम्ममा दुई लाख ३८ हजार ३५४ पुरुष र ९५ हजार ४९१ महिला आन्तरिक नेपाली पर्यटक मुस्ताङ भित्रिएका हुन् । यसैगरी, ३५ हजार ६१८ पुरु

    • प्रकाशित मितिः चैत २१, २०८१
    • 271 पटक पढिएको
  • पश्चिम नवलपरासीमा व्यावसायिक च्याउखेती

    नवलपरासी । पश्चिम नवलपरासीमा च्याउखेतीमा किसानको आकर्षण बढ्न थालेको छ । केही वर्षअघि सम्म परीक्षणका रूपमा खेती सुरु गरेका किसानले अहिले व्यावसायिक उत्पादन गर्न थालेका हुन् ।वैदेशिक रोजगारमा जानुभन्दा स्वदेशमा केही गर्नुपर्छ भन्ने उद्देश्य बोकेर ‘जय माँ दुर्गे बहुउद्देशीय कृषि फार्म’ दर्ता गरेर पाल्हीनन्दन गाउँपालिका–३ का ४५ वर्षीय तारेन्द्र बर्माले व्यावसायिक रूपमा च्याउखेती गर्न थालेका हुन् ।कुश्मा सेवा केन्द्रमा च्याउखेतीसम्बन्धी तालिम लिएर १० वर्षदेखि आर्गनिक खेती गर्दै आएको बर्माले बताए । करिब रु दुई लाख लागतमा एककठ्ठा जग्गामा दुई हजार ५०० सय प्लाष्टिकका थैलामा च्याउ उमारिएको बताउँदै सुरुक

    • प्रकाशित मितिः चैत २१, २०८१
    • 370 पटक पढिएको
  • जलविद्युतको कामले स्थानीय र पर्यटकलाई सास्ती

    मनाङ । जिल्लाको नासोँ गाउँपालिका–९ दानाक्युमा १३५ मेगावाट क्षमताको निर्माणाधीन मनाङ–मस्र्याङ्दी जलविद्युत् आयोजनाका कारण स्थानीय र पर्यटकले सास्ती भाग्नुपरेको छ । जलविद्युत्को टनेल, सुरुङ निर्माण तीव्र रूपमा सञ्चालन भइरहेको अवस्थामा ‘बमब्लाष्टिङ’ र ठूला सवारीसाधनको प्रयोगले स्थानीय तथा पर्यटकलाई समस्या हुँदै आएको हो ।मनाङ पर्यटकीय क्षेत्र भएकाले यो समय विश्वका पर्यटकको आगमन हुने गर्दछ । बिना जानकारी आयोजना निर्माणस्थलमा बमब्लाष्टिङ गरिँदा पैदलयात्रामार्फत यहाँ आउने पर्यटक तर्सने गरेका छन् । आयोजना निर्माण क्षेत्रमा पर्ने स्थान भएर आउने पर्यटकले ठूला सवारीसाधनबाट निस्कने धुलोले सास्ती हुने गुना

    • प्रकाशित मितिः चैत २१, २०८१
    • 327 पटक पढिएको
  • नेपालगञ्ज क्षेत्रमा पेट्रोलियम पदार्थको खपत बढ्दो

    राँझा (बाँके) । विद्युतीय सवारीसाधनको प्रयोग बढे पनि नेपालगञ्ज क्षेत्रमा पेट्रोलियम पदार्थको खपत घटेकोे छैन । नेपालगञ्जस्थित नेपाल आयाल निगम लिमिटेड इन्धन डिपोको तथ्याङ्कअनुसार गत वर्षको तुलनामा यो वर्ष पेट्रोलियम पदार्थको बिक्रीदर बढेको हो । यहाँस्थित इन्धन डिपोका प्रमुख मनोहर डिसीले चालु आर्थिक वर्षको फागुन मसान्तसम्म गत आवको सोही अवधिको तुलनामा पेट्रोल १०, डिजेल पाँच, मट्टितेल चार र एलपी ग्यास छ प्रतिशतले बिक्रीदर वृद्धि भएको जानकारी दिए ।उनका अनुसार चालु आवको फागुन मसान्तसम्म डिपोबाट पेट्रोल १९ हजार ७४२ केएल, डिजेल ५० हजार ७९८ केएल, मट्टितेल ३३२ केएल र एलपी ग्यास ३१ हजार ९६२ केएल बिक्

    • प्रकाशित मितिः चैत २१, २०८१
    • 273 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.