समाचार

    Showing 13,891-13,900 of 25,809 items.
  • नेकपा एसद्वारा शिक्षकका समस्या समाधान गर्न आग्रह

    काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले शिक्षा ऐन तत्काल पारित गरी शिक्षकले उठाएका जायज मागलाई यथाशिघ्र वार्ता र संवादमार्फत सम्बोधन गर्न सरकारलाई आग्रह गरेको छ । सो पार्टीले शिक्षकको आन्दोलनप्रति एक्यबद्धता जनाउँदै शिक्षा क्षेत्रका जायज माग पुरा गरी सरकारसँग भएका सम्झौता कार्यान्वयन गर्न माग गरेको हो । ‘यस आन्दोलनबाट शैक्षिक क्षेत्र अस्तव्यस्त बन्न पुगेको छ, पठनपाठन बन्द भएको अवस्था छ र एसइईको उत्तरपुस्तिका परीक्षण प्रभावित बन्न पुगेको छ, यो राज्यको निम्ति एकदमै गम्भीर विषय हो, शिक्षकको यस आन्दोलनप्रति हाम्रो पार्टी एक्यबद्धता जनाउन चाहन्छ’, पार्टीका उपमहासचिव रामकुमार भट्

    • प्रकाशित मितिः चैत २५, २०८१
    • 410 पटक पढिएको
  • आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर

    काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ८ पैसा र बिक्रीदर १३६ रुपैयाँ ६८ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर १४९ रुपैयाँ ९ पैसा र बिक्रीदर १४९ रुपैयाँ ७५ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर १७५ रुपैयाँ ४३ पैसा र बिक्रीदर १७६ रुपैयाँ २० पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १५८ रुपैयाँ १३ पैसा र बिक्रीदर १५८ रुपैयाँ ८३ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ८२ रुपैयाँ २५ पैसा र बिक्रीदर ८२ रुपैयाँ ६१ पैसा, क्यानेडियन डलर एकको खरिददर ९५ रुपैयाँ ६९ पैसा र बिक्रीदर ९

    • प्रकाशित मितिः चैत २५, २०८१
    • 450 पटक पढिएको
  • झापाका पचास हजार बढी भूमिहीनले मागे जग्गाको धनीपूर्जा

    झापा । जिल्लामा ५० हजार ९१७ जना भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीले जग्गा धनीपूर्जा पाउनका लागि निवेदन दिएका छन् । मेचीनगर नगरपालिकाको सभाहलमा आज आयोजित भूमिसम्बन्धी अन्तरक्रियामा राष्ट्रिय भूमि आयोगका केन्द्रीय अध्यक्ष हरिप्रसाद रिजालले सो जानकारी दिँदै प्रक्रिया पूरा गरेर धनीपूर्जा वितरण गर्न आयोगले तीव्र गतिमा काम गरिरहेको बताए ।अध्यक्ष रिजालले भूमिसम्बन्धी अध्यादेश अनुमोदन नगरेर भूमिहीनको अधिकारमाथि खेलवाड भएको आरोप लगाए । उनले वर्तमान भूमि आयोग पहिलेका तीन वटा आयोगभन्दा फरक रहेको दावी गर्दै अहिलेको आयोग संवैधानिक आयोग भएको र यसको कार्यकाल तीन वर्ष तोकिएको बताए ।कार्यक्रमम

    • प्रकाशित मितिः चैत २५, २०८१
    • 500 पटक पढिएको
  • मधेस प्रदेशका स्वास्थ्य संस्थाहरूमा औषधि अभाव

    जनकपुर । मधेस प्रदेशका सरकारी स्वास्थ्य संस्थाहरूमा औषधि अभाव भएको छ । मधेस प्रदेशको स्वास्थ्य तथा जनसङ्खया मन्त्रालयअन्तर्गतका स्वास्थ्य आपूर्ति केन्द्रमा पटकपटक निर्देशक परिवर्तन भएसँगै त्यहाँ विवाद हुँदा औषधि खरिद हुननसकेको बताइएको छ । औषधि अभाव भएपछि विपन्न वर्गका बिरामीहरू समस्यामा परेका छन् । हाल प्रादेशिक अस्पतालहरूले आन्तरिक स्रोतबाट अत्यावश्यक औषधि खरिद गरेर सेवा सञ्चालन गरे पनि सरकारले तोके अनुसार निःशुल्क औषधि बिरामीलाई उपलब्ध गराउन सकेको छैन ।मधेस प्रदेशको १३६ स्थानीय तहमा प्रयोगशाला स्थापना गरेकोे प्रदेश जनस्वास्थ्य प्रयोगशालामा परीक्षणका लागि आवश्यक किट नभएका कारण थप समस्या

    • प्रकाशित मितिः चैत २५, २०८१
    • 574 पटक पढिएको
  • रहेनन् वरिष्ठ पत्रकार भैरव रिसाल

     काठमाडौं  ।    वरिष्ठ पत्रकार भैरव रिसालको निधन भएको छ। ९७ वर्षीको उमेरमा उनको आइतबार ९ बजे निधन भएको हो।मुटु र फोक्सोसम्बन्धी रोगको उपचार गराइरहेका वरिष्ठ पत्रकार रिसालको बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उपचारका क्रममा निधन भएको उनका भाइ पुरु रिसालले जानकारी दिए। उनको जन्म विसं १९८५ साउन २९ गते भक्तपुरको तिथलीमा भएको थियो। वरिष्ठ पत्रकार रिसालले यसअघि नै मृत्यपश्चात् आफ्नो शरीर अध्ययनका लागि पाटन अस्पताललाई दिने घोषणा गरेका थियो।वरिष्ठ पत्रकार रिसालले मानवअधिकारसम्बन्धी, जगदम्बा श्री र वातावरण संरक्षणसम्बन्धी विभिन्न पुरस्कार प्राप्त गरेका छन्। उनले

    • प्रकाशित मितिः चैत २५, २०८१
    • 359 पटक पढिएको
  • शिक्षकको माग सम्बोधन गर्नुपर्छः प्रचण्ड

    काठमाडौं ।  प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आवश्यकता परेमा संसद्‌को विशेष अधिवेशन बोलाएर भएपनि विद्यालय शिक्षा विधेयक पारित गर्ने बताएका छन् । राजधानीमा आयोजित नेवा मुक्ति मोर्चाको प्रशिक्षण भेलामा उनले आफ्नो पार्टी शिक्षकहरूको साथमा रहेको बताए । माग पूरा नहुन्जेलसम्म आन्दोलन नछोड्न उनले शिक्षकहरूलाई अपिल गरेका हुन् । ‘जबसम्म माग पूरा हुँदैन, तपाईंहरूले नछोड्नुस्,’ आन्दोलनरत शिक्षकहरूलाई लक्ष्य गर्दै प्रचण्डले आइतबार काठमाडौंमा आयोजित नेवा मुक्ति मोर्चाको प्रशिक्षण भेलामा भने,  ‘कहिले सिट्ठी बजाउनुस् कहिले के गर्नुपर्छ गर्नुस्, हामी तपा

    • प्रकाशित मितिः चैत २४, २०८१
    • 442 पटक पढिएको
  • झापामा व्यावसायिक केराखेतीः एक याममा तीन लाख आम्दानी

    झापा । मेचीनगर नगरपालिका–८ का पर्शुराम गिरीले दुई वर्षदेखि व्यावसायिक केराखेती गर्दै आएका छन् । करिब १० कट्ठा जमिनमा खेती सुरु गरेका उनले एक याममा रु तीन लाख आम्दानी गरिरहेका छन् ।वैदेशिक रोजगारीमा १७ वर्ष बसेर स्वदेश फर्केपछि गिरीले व्यावसायिक केराखेती सुरु गरेका हुन् । खेतीबाट मनग्य आम्दानी हुन थालेपछि खेतीको क्षेत्रफल विस्तार गरी १५ कठ्ठा बनाएको उनले उल्लेख गरे । आगामी दिनमा थप खेती विस्तार गर्ने योजनासहित पाँच बिघा जमिन खोजी गरिरहेको उनले बताए ।गिरीले ‘जि–नाइन’ जातको केराका छ सय बोट लगाएको जानकारी दिँदै यो केराको कोसा पोटिलो, ठूलो र पाकेपछि अरुभन्दा स्वादिलो हुने बताए । ‘रुखोपाखो जग्गा भएक

    • प्रकाशित मितिः चैत २४, २०८१
    • 336 पटक पढिएको
  • जयनगर–बर्दिवास रेल्वेः मुआब्जा पाउने आशमा जग्गाधनी

    महोत्तरी । जयनगर–बर्दिवास रेल्वेमा जग्गा परेर अझै उचित मुआब्जा नपाएका जग्गाधनीले राहत महसुस गरेका छन् । बर्दिवास नगरपालिका–१४ मा छ बिघा र भङ्गाहा–४ को १५ कट्ठा जग्गाको वर्गीकरणमा भएको त्रुटि रेल विभागले सच्याउने जनाएपछि रेल्वेले अधिग्रहण गर्नपूर्वका जग्गाधनीमा अब उचित मुआब्जा पाउने आश जागेको हो ।जयनगर–बर्दिवासको जम्मा ६९ किलोमिटरको यो दूरीमध्ये ५१ किलोमिटरमा रेल्वेको ट्र्याक निर्माण भई सेवासमेत सञ्चालन भइसकेको छ । भङ्गाहा–बर्दिवास खण्डको १८ किमी दूरीभित्र उल्लेखित क्षेत्रफलको जग्गाको वर्गीकरण त्रुटिपूर्ण रहेको भन्दै जग्गाधनी आन्दोलनमा उत्रेपछि यसखण्डको निर्माणको काम अघि बढ्न सकेको छैन । य

    • प्रकाशित मितिः चैत २४, २०८१
    • 314 पटक पढिएको
  • कालिका मन्दिरमा एकैदिन तीन लाख भक्तजन

    गलकोट (बागलुङ) । चैतेदसैँैैको मुख्य दिन चैत्राष्टमीमा अहिलेसम्मकै धेरै भक्तजन कालिका मन्दिर दर्शनका लागि आएका छन् । चैतेदसैँका अवसरमा बागलुङको प्रसिद्ध शक्तिपीठ कालिका मन्दिरमा एकैदिन तीन लाख भक्तजन आएको कालिका भगवती मन्दिर गुठी व्यवस्थापन समितिले जनाएको छ । चैतेदसैँ मेला प्रसिद्ध कालिका भगवती मन्दिरसँग जोडिएकाले पछिल्लो समय दर्शनार्थीको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको हो । चैतेदसँैको मुख्य दिन शनिबार अष्टमीको दिनमात्रै तीन लाख भक्तजन कालिका मन्दिर दर्शनका लागि आएको र सोही दिन रु ११ लाख ८१ हजार भेटीसमेत सङ्कलन भएको कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले बताए ।चैतेदसैँमा

    • प्रकाशित मितिः चैत २४, २०८१
    • 358 पटक पढिएको
  • दाङका किसान खेतीमा यन्त्रको प्रयोग बढाउँदै

    देउखुरी (दाङ) । यहाँका किसानलाई नगदेबाली भित्र्याउन भ्याइनभ्याइ छ । किसान गहुँ, जौ, तोरी र मुसुरो थन्क्याउन व्यस्त छन् । अधिकांश किसानले यन्त्र प्रयोग गरेर बाली भित्र्याउने गरेका छन् । घोराही उपमहानगरपालिका–६ गुरुवागाउँका श्याम चौधरीले दुई बिघा खेतमा तोरी, मुसुरो, गहुँ र जौखेती गरेका छन् । उनले खेत जोत्ने र बाली भित्र्याउन यन्त्र प्रयोग गर्दै आएका छन् ।‘खेतबारीमा काम गर्ने खेताला पाइँदैन, यन्त्रको सहायताले खेती गर्न सजिलो भएको छ । तोरीखेती गर्न हाते ट्र्याक्टरले खेत जोतेको हुँ । थ्रेसरले दाइँ गरेर तोरी, गहुँ र मुसुरो भित्र्याएको उनले बताए । यन्त्रको प्रयोगले खेती गर्न सजिलो भएको छ’, उनले

    • प्रकाशित मितिः चैत २४, २०८१
    • 389 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.