काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद विनिता कठायतले कर्णालीका सांसदहरुले देशका अन्य ठाउँमा राज्यले गरेको लगानी र कर्णालीमा भएको लगानीको तुलनात्मक जवाफ खोजिरहेको बताएकी छन् । आइतबार बसेको प्रतिनिधि सभामा बोल्दै उनले कर्णालीका मुद्दालाई गम्भीर रुपले उठाउने गरेपनि सरकारले फितलो जवाफ दिने गरेको बताइन् । ‘हामी कर्णालीबाट प्रतिनिधित्व गर्ने सांसदहरुले कर्णालीका मुद्दालाई गम्भीर रुपले उठाउने गर्दछौ । तर यो सरकार भने अति नै फितलो जवाफ दिने गर्दछ । हामीले सरकारसँग देशका अन्य ठाउँमा राज्यले गरेको लगानी र कर्णालीमा भएको लगानीको तुलनात्मक जवाफ खोजिरहेका हुन्छौ । यदी कर्णालीला
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनका अध्यक्ष सुजित केसीलाई पक्राउ गरेर संविधानकोे ठाडो उल्लङघन गरेको बताएका छन् । आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले प्रधानमन्त्रीले नै पटक –पटक रोष्टममा नै फरक मत राख्नेहरु लाई पक्राउ गर्छु भन्ने धारणा राखेको भन्दै प्रधानमन्त्री,गृहमन्त्री र यो सरकार नेपालको संविधानभन्दा पनि ठूलो हो ? भन्दै प्रश्न गरे । यदी संविधानभन्दा सरकार ठूलो हो भने बहुमतको आधारमा संविधानको धारा १७ संशोधन गर्न सुझाव दिए । उनले भने,‘फरक विचार राख्ने वित्तिकै जेल हाल्ने, सामाजिक सञ्जालमा लेख्यो भनेर जेल
काठमाडौं । ‘जलवायु परिवर्तन, पर्वत र मानवताको भविष्य’ भन्ने मुख्य विषयमा सुरु भएको सगरमाथा संवाद आज(आइतबार) समापन हुँदैछ । शुक्रबारदेखि सुरु भएको सुरु भएको सगरमाथा संवाद आज समापन हुन लागेको हो । जलवायु न्यायका कार्य तथा वित्तीय चुनौती विषय उच्चस्तरीय कार्यक्रमपछि आज काठमाडांै घोषणा पत्र जारी हुनेछ । समापन सत्र सम्पन्न भएपछि सगरमाथा संवाद पनि औपचारिक रूपमा समापन हुनेछ ।सगरमाथा संवादमा विभिन्न १२ विषयका समानान्तर सत्र सम्पन्न भइसकेका छन् । शुक्रबार भएको उद्घाटन समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष सम्बोधन गरेका थिए । सम्मेलनमा विभिन्न देशका एक सय ७५ विदेशी पाहुनासहित
रौतहट । बाराको शान्ति टोलमा जारी ‘व्यापारिक तथा सांस्कृतिक महोत्सव’ अनपेक्षित रुपमा शनिबार राति स्थगित गरिएको छ । जितपुर सिमरा उपमहानगरपालिका–२ मा भइरहेको महोत्सवमा राती ९ बजेर ५ मिनेट जाँदा प्रहरीले अवरोध गरेपछि कार्यक्रम स्थगित गरिएको हो । इलाका प्रहरी कार्यालय सिमराकी डीएसपी शुभद्रा लामा वाइबाको नेतृत्वमा गएको प्रहरी टोलीले कार्यक्रम चलिरहेको अवस्थामा हस्तक्षेप गरी कार्यक्रम रोकेको प्रत्यक्षदर्शीले बताए ।भोजपुरी गायक सुनील पण्डितले आफ्नो प्रस्तुति दिदै गरेको अवस्थामा डीएसपी वाइबाले हातबाट माइक खोसिन् र लाउडस्पीकरको तारसमेत चुँडाइदिएकी थिइन् । यस किसिमको कार्यक्रम राती अबेरसम्म गर्
काठमाडौं । आज राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्ने भएको छ । बैठक आइतबार दिनको ३ बजे धुम्बाराहीस्थित राप्रपा केन्द्रीय पार्टी कार्यालयमा बस्ने राप्रपा केन्द्रीय सचिवालयले जानकारी दिएको छ । बैठकमा गरिने छलफलको विषय भने खुलाइएको छैन ।
काठमाडौं । संघीय संसद अन्तर्गत रहेका विभिन्न तीनवटा समितिको बैठक आज बस्दैछ । आइतबार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, विकास, आर्थिक मामिला तथा सुशासन समिति, विधायन व्यवस्थापन समितिको बैठक बस्न लागेको हो ।शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक आज दिनको साढे ३ बजे बस्ने भएको छ । बैठकमा विद्यालय शिक्षा विधेयक,२०८० सम्बन्धमा गठित उपसमितिको प्रतिवेदन पेश गरिने कार्यसूची रहेको छ । यस्तै, विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक विहान ११ः३० बजे बस्दैछ । बैठकमा नेपाल अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नति हुने सम्बन्धमा उधोग वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट ह
दैलेख । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको टोली आज सुदूरपश्चिमबाट कर्णाली प्रदेशमा पुगेको छ ।मध्यपहाडी लोकमार्ग केन्द्रित माओवादी केन्द्रको अभियान सुदूरपश्चिममा सकिएपछि कर्णाली प्रदेशमा प्रवेश गरेको हो ।बैतडीको पाटनमा उद्घाटन कार्यक्रममा कम्युनिस्ट पार्टीको झण्डा र नेपालको राष्ट्रिय झण्डा फहराइएको थियो । उक्त झण्डा सुदूरपश्चिम इञ्चार्ज गिरिराजमणि पोखरेल नेतृत्वको टिमले कर्णाली इञ्चार्ज कालीबहादुर मल्ल नेतृत्वमा रहेको टिमलाई हस्तान्तरण गरेका छन् ।कर्णाली प्रदेशका माओवादी नेताहरूले अध्यक्ष ‘प्रचण्ड’ सहितको टोलीलाई भव्य स्वागत गरेका छन् । अध्यक्ष प्रचण्डले सुदूर
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज (शनिबार) का लागि विदेशी मुद्राहरुको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, कुबेती र बहराइन दिनारसहितका विदेशी मुद्राको मूल्य घटेको छ। यी मुद्राको मूल्य हिजो बढेको थियो।आज अस्ट्रेलियन डलर, युरो, पाउन्डसहितका मुद्राको मूल्य भने बढेको छ। यी मुद्राको भाउ हिजो भने बढेको थियो।अमेरिकी डलर १ को खरिददर १३६ रुपैयाँ ५२ पैसा र बिक्रीदर १३७ रुपैयाँ १२ पैसा छ। हिजो अमेरिकी डलर १ को खरिददर १३६ रुपैयाँ ५९ पैसा र बिक्रीदर १३७ रुपैयाँ १९ पैसा थियो।गएको माघ २५ गते अमेरिकी डलर एकको खरिददर एक सय ३९ रुपैयाँ ८३ पैसा र बिक्रीदर एक सय ४० रुपैयाँ ४३ पैसा थियो। न
काठमाण्डौ । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । हाल मधेश प्रदेशको पश्चिमी भूभाग, बागमती र, गण्डकी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली तथा बाँकी भूभागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहेको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै र बाँकी प्रदेशका एक/दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेश देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागको मौसम मुख्यतया सफादेखि आंशिक बदली रहनेछ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत बाँ
काठमाडौं— राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई हिरासतमुक्त गर्न सर्वोच्च अदालतले आदेश दिएको छ। शुक्रबार बन्दीप्रत्यक्षीकरण रिटमाथिको सुनुवाई गर्दै सर्वोच्च अदालतले हाजीर जमानीमा वकिलको जिम्मा लगाएर छाड्न आदेश दिएको हो ।अदालतका सहायक प्रवक्ता निराजन पाण्डेका अनुसार न्यायाधीशहरू कुमार चुडाल र तीलप्रसाद श्रेष्ठको इजलासले उक्त आदेश गरेको हो।उक्त रिटमा अदालतको आदेशानुसार उनलाई विहीबार उपस्थितमात्रै गराएर लगिएको थियो भने शुक्रबार (आज) सुनुवाइ भएको हो। उनकी पत्नी सरिका कार्कीले गैरकानुनी थुनामा राखेको भन्दै वैशाख ३० गते दर्ता गरेको बन्दी प्रत्यक्षीकरणको रिटमा स
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.