समाचार

    Showing 13,421-13,430 of 19,890 items.
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाडौं । हाल देशमा पश्चिमी वायुका साथै बंगालको खाडीको जलबाष्प युक्त हावा र बिहार आसपास भएको न्यून चापिय क्षेत्रको आंशिक प्रभाव रहेको छ ।अब विस्तारै बदलीको दिन बढ्ने र गर्मीबाट राहत मिल्ने मौसमविदले जनाएका छन् ।मौसमविदहरुका अनुसार आज कोशी, मधेश, बागमती र गण्डकीमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । तराईका जिल्लाहरुमा पनि तापक्रम नबढ्ने पूर्वानुमान छ ।जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायुका साथै बंगालको खाडीको जलवाष्पयुक्त हावा र भारतको बिहार आसपास भएको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव छ । ‘त्यसैले तराईका भू-भागहरूको अधिकतम तापक्रम नबढ्ने देख

    • प्रकाशित मितिः जेठ २८, २०८०
    • 201 पटक पढिएको
  • स्रोत नखुलेको १४ लाख रुपैयाँ सहित उमाकान्त पक्राउ

    नेपालगन्ज । जिल्लाको नेपालगंज उपमहानगरपालिका १६ चौलिका चोकबाट श्रोत नखुलेका १४ लाख ६ हजार ५ सय नेपाली रुपैयाँसहित एक जनालाई सशस्त्र प्रहरीले बिहिबार नियन्त्रणमा लिएको छ ।नम्बर ३० गण बाँकेले सोही जिल्लाको डुडुवा गाँउपालिका ४ साहपुरुवा बस्ने ३५ बर्षिय उमाकन्त गुप्तालाई उल्लेखित रुपैयाँसहित नियन्त्रणमा लिएको हो ।भे ६ प ३७४६ नम्बरको मोटरसाइकलमा सवार उनलाई सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनको साथमा उक्त रुपैयाँ फेला परेको र उनले रुपैयाँको श्रोत खुलाउन नसकेपछि नियन्त्रणमा लिईएको हो ।नियन्त्रणमा लिईएका गुप्तालाई बरामद रुपैयाँसहित आवश्यक कारवाहीको लागि भन्सार कार्यालय जमुनाह बाँकेमा बु

    • प्रकाशित मितिः जेठ २७, २०८०
    • 163 पटक पढिएको
  • बाढीले पाकिस्तानमा ३० अर्ब अमेरिकी डलरको क्षति

    काठमाडौँ । पाकिस्तानका प्रधानमन्त्री शेहबाज शरीफले शुक्रबार विनाशकारी बाढी र वर्षाले पाकिस्तानलाई ३० अर्ब अमेरिकी डलरको नोक्सान गरेको बताएका छन् ।एआरवाई न्युजले जनाएअनुसार पाकिस्तानी प्रधानमन्त्रीले आर्थिक विधेयक २०२३/२४ को स्वीकृति दिन बोलाइएको संघीय मन्त्रिपरिषद्का सदस्यलाई सम्बोधन गर्दै सोबारे जनाकारी गराएका हुन् ।प्रधानमन्त्रीले अर्थतन्त्रमा देखिएको समस्या पुरानै भएको बताउँदै आफू सत्तामा आएपछि चीनले पाकिस्तानलाई आर्थिक समस्या समाधान गर्न मद्दत गरेको पनि उल्लेख गरे ।एआरवाई न्युजका अनुसार चीन, साउदी अरेबिया र संयुक्त अरब इमिरेट्सले पाकिस्तानलाई सहयोग गरेको र अन्तरराष्ट्रिय मुद्रा कोष (आईएमएफ

    • प्रकाशित मितिः जेठ २७, २०८०
    • 110 पटक पढिएको
  • भारतबाट ल्याएको अवैध मलसहित ट्रक पक्राउ

    पाल्पा   ।     पाल्पामा भारतबाट ल्याएको अवैध मलसहितको ट्रक प्रहरीले नियन्त्रणमा लिएको छ । रम्भा गाउँपालिका वडा नं १ हुँगीमा अवैधानिक युरिया मल सहित ट्रक पक्राउ परेको हो ।जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार भारतको जनउर्वरक परियोजना भारत लेखिएको बील भरपाई र पास नभएको ३ सय ७२ बोरा युरिया मल प्रहरीले खानतलासीको क्रममा बरामत गरेको हो ।चेकिङ डियूटिमा रहेको हुँगी प्रहरीले नवलपरासीबाट पाल्पा आउँदै गरेको ट्रकमा प्रहरी खानतलासीको क्रममा लु २ ख ३८१ नम्बरको ट्रकलाई चेकजाँच गर्दा उक्त ट्रकमा अवैध मल भेटिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी वीरेन्द्र थापाले बताउनुभयो

    • प्रकाशित मितिः जेठ २७, २०८०
    • 227 पटक पढिएको
  • दुईवटा यात्रुवाहक विमानहरू धावनमार्गमा ठोक्किए

    एजेन्सी। टोकियोको हानेदा विमनस्थलमा दुईवटा यात्रुवाहक विमानहरू ठोक्किएका छन् । जापानको स्थानीय समय बिहान ११ः०० बजे बैङ्ककका लागि प्रस्थान गरेको थाई एयरवेजको विमान र इभा एयरको विमान हानेडा विमानस्थलको धावनमार्ग मा ठोक्किएका हुन् ।शनिबार दुईवटा यात्रुवाहक विमानहरू ट्याक्सी वे नजिकै ठोक्किएका थिए। ती दुई विमानहरू अहिले धावनमार्गमा पार्क गरिएका छन् । दुर्घटनाबाट थाई एयरवेजको विमानको पखेटाको भाग भाँचिएको छ ।विमानस्थलले दुर्घटनास्थल नजिकैको धावनमार्ग बन्द गरेको छ । विमानस्थलबाट कतिपय आन्तरिक तथा अन्तरराष्ट्रिय उडानहरू ढिला भएका छन् ।

    • प्रकाशित मितिः जेठ २७, २०८०
    • 353 पटक पढिएको
  • पिकअप सहित तस्करीको माछा पक्राउ

    काठमाण्डौ   ।    धनगढीबाट तस्करीको माछा प्रहरिले समातेको छ। धनगढीको जुगेडाबाट तस्करीको माछा समातिएको प्रहरीले जनाएको छ।शनिवार विहान स्थानीयको सूचनाको आधारमा भारतबाट ल्याइदै गरेको पिकअपसहित माछा समातिएको हो। चालीस पेटी माछासहित धनगढी जुगेडाका राजकुमार रानालाई पक्राउ गरिएको जिल्ला प्रहारी कार्यालय कैलालीका प्रहरी निरीक्षक खगेन्द्र साउँदले बताएका छन। सुदूरपश्चिम प्रदेश ०१–००१च ३४१९ नम्बरको पिकअप गाडीमा जलकपुर नामको माछा ल्याइएको साउँदले बताए।

    • प्रकाशित मितिः जेठ २७, २०८०
    • 337 पटक पढिएको
  • पौडी खेल्न गएका दुई बालकको डुबेर मृत्यु

    काठमाण्डौ । पौडी खेल्ने क्रममा डुबेर दुई बालकको निधन भएको छ। भेरी नगरपालिका– १३ खानेपानी तथा सिंचाइ पोखरीमा पौडी खेल्ने क्रममा डुबेर दुई बालकको निधन भएको हो।यसरी निधन हुनेमा नरबहादुर बस्नेतका वर्ष ८ का छोरा पाण्डप बस्नेत र टीकाराम बस्नेतका वर्ष ९ का छोरा प्रमोद बस्नेत रहेका छन्।स्कुलबाट फर्केर खाजा खाईवरी पौडी खेल्न गएका दुई बालक पौडी खेल्न गएको र सोही क्रममा डुवेर निधन भएको जिल्ला प्रहरी कार्यालय, जाजरकोटले जानकारी दिएको छ।

    • प्रकाशित मितिः जेठ २७, २०८०
    • 229 पटक पढिएको
  • कञ्चनपुरमा महिलाको शव फेला

    कञ्चनपुर । कञ्चनपुरमा एक महिलाको शव फेला परेको छ।जिल्लाको बेलडाँडी गाउँपालिका वडा नम्बर ४ झिलमिला गड्डा टोलकी ४५ की दुर्गा थापाको शव फेला परेको हो। उनी बिहीवार दिउँसो घाँस काट्न भनेर घरबाट निस्किएकी थिइन्।राति अबेरसम्म घर नफर्किएपछि खोजतलास गर्दा उखुबारीमा शव फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता, डीएसपी प्रकाश डाँगीले बताए। उनले मृत्युको कारण नखुलेको बताए।

    • प्रकाशित मितिः जेठ २७, २०८०
    • 285 पटक पढिएको
  • आइतबार आमहड्तालको घोषणा

    धनगढी । सुदूरपश्चिम प्रदेशमा आइतबार आमहड्तालको घोषणा गरिएको छ । कैलालीस्थित गेटामा सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनको माग गर्दै आइतबार सुदूरपश्चिम बन्दको घोषणा गरिएको हो ।स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ संघर्ष समितिले शुक्रबार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै नयाँ बिरोधका कार्यक्रम सार्वजनिक गर्दै सुदूरपश्चिम बन्दको घोषणा गरेको छ ।संघर्ष समितिका संयोजक लोकराज पाण्डेय ‘आगो’ले आइतबार बिहान ८ देखि साँझ ६ बजेसम्म सुदूरपश्चिम प्रदेशका शैक्षिक, वित्तीयलगायतका संघरसंस्था तथा कलकारखाना, व्यापार र यातायात पूर्ण रुपमा बन्द गरिने बताउनु भयो ।उनले शुक्रबार सुदूरपश्चि

    • प्रकाशित मितिः जेठ २७, २०८०
    • 286 पटक पढिएको
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाडौं । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ ।मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ ।  महाशाखाले अझै केही दिन गर्मी बढ्ने देखिएको जनाएको छ ।महाशाखाका अनुसार आजको मौसम कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । कोशी र कर्णाली प्रदेशका थोरै स्थानहरू र बाँकी प्रदेशका पहाडी भू-भागका  एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ ।बेलुका&

    • प्रकाशित मितिः जेठ २७, २०८०
    • 230 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा