मुगु - मुगु छायाँनाथ रारा नगरपालिका—१० जग्गि बढुवाल र सोही वडाका प्रेम बढुवालले खच्चड व्यवसाय गर्दै आएको एक दशक भन्दा बढी भयो ।खच्चड ब्यवसायबाट उनीहरुले राम्रै आम्दानी गरेर घरपरिवार राम्रै चलेको थियो । आइतबार दिउसो चार बजे विद्युत प्राधिकरणको टा«न्सर्फमरबाट लिक भएको करेन्टमा परेर बढुवालसहित सोही नगरपालिका—१ का कर्ण बहादुर मल्लका समेत गरी १० खच्चडको मृत्यु हुँदा तीनैजनाको आम्दानी हुने बाटो नै बन्द भएको छ ।छायाँनाथ रारा नगरपालिका—१२ लुम्सको भ्याकुने भन्ने स्थानमा रहेको नेपाल विद्युत प्राधिकरणको टा«न्सर्फमरबाट करेन्ट चुहावट हुँदा उक्त नगरपालिका—१ का कर्ण बहादुर मल्लका चार, सोही नगरपालिका—१०
बर्दिया - बर्दियाको बाँसगढी नगरपालिका देशकै पहिलो डिजिटल नगरपालिका घोषणा भएको छ । डिजिटल नगरपालिका घोषणा भएसँगै नगरवासीले घरबाटै अनलाइनमार्फत सेवा पाउने भएका छन् । राष्ट्रिय परिचय पत्रसँग आवद्ध गरी नगरपालिकाको सेवा प्रवाह गर्न लागेको हो । नगरबासीहरूले छिटो छरितो र सरल ढङ्गले सेवा पाउने भएका छन् ।बाँसगढीका देश विदेशमा बस्ने सबैले आफँु बसिरहेको स्थानबाट नै सेवा प्राप्त गर्ने गरी सेवा सुरु गरिएको बाँसगढी नगरपालिकाका नगरप्रमुख खडक बहादुर खड्काले बताए ।डिजिटल बाँसगढीको सुरुवात गर्दै नगरप्रमुख खड्काले अब सेवा लिनका लागि नगरपालिका नै धाउनु पर्ने बाध्यता हटेको बताए । उनले देशको पहिलो
काठमाडौं - एसीसी मेन्स यु–१६ एलिट कप अन्तर्गत नेपालविरुद्धको खेलमा जापान ८० रनमै अल आउट भएको छ ।जापानले नेपाललाई ८१ रनको सामान्य लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको जापान ३४.३ ओभरमा ८० रन बनाएर अलआउट भएको हो । जापानका लागि कप्तान चाल्र्ली हाराहिन्जीले ४८ बलमा ४ चौकाको सहयोगमा ३६ तथा गम्बी हाराहिन्जीले ३० बलमा १३ रनमा आउट भए ।जापानका अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् । नेपालका लागि शुभमन खनालले १० ओभरमा १५ रन खर्चिएर ५ विकेट लिए । अभय यादवले २ तथा शुशिल रावल र विपिन शर्माले समान १ विकेट लिए ।मलेसियामा जारी एसीसी मेन्स यू१६ इस्ट जोन क्रिकेटको दोस्रो खेलमा आज नेपाल र जापान
एजेन्सी - इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले युद्धविरामको घोषणा गर्न तयार रहेको बताएका छन् । मंगलबार एक विज्ञप्तिमा इजरायलले इरानसँग युद्धविराम सम्झौताका सम्बन्धमा धारणा राख्दै नेतान्याहूलाई भने, ‘गहन कूटनीतिक र सुरक्षा प्रयासहरू पछि, हामी इरानसँग व्यापक युद्धविरामको घोषणा गर्दैछौं ।’ साउदी मिडिया आउटलेट अल अरेबियाको रिपोर्टहरूका अनुसार, इरानी राज्य टिभीले मंगलबार इरानले इजरायल विरुद्ध गोलीबारी बन्द गरेको बताएको छ ।यद्यपि, मंगलबार ०४ः०० जिएमटिसम्म दुवै पक्षबाट कुनै आधिकारिक घोषणा जारी भने भएको थिएन् । सोमबार साँझ, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एक आश्चर्यजनक
जनकपुर - मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले सोमबार पर्साको ड्राइपोर्टदेखि परवानीपुरसम्मको सडकखण्डमा गरिएको छड्के अनुगमनका क्रममा अवैध रूपमा सवारी कर असुली गर्ने तीन जनालाई नियन्त्रणमा लिएको छ ।मुख्यमन्त्री सिंहले भारतबाट भित्रिने सवारीसाधन, विशेषगरी भारतीय गाडीहरुमाथि तोकिएको भन्दा बढी रकम असुली भइरहेको गुनासो बढेपछि अनुगमनमा निस्किएका हुन् । ड्राइपोर्टदेखि परवानीपुरसम्मको नयाँ सडकखण्डका विभिन्न स्थानमा राखिएको अस्थायी ढाट ९टोल नाका० मा अवैध असुली भइरहेको पाइएपछि सोही स्थानबाट तीन जनालाई रंगेहात पक्राउ गरिएको प्रहरीले जनाएको छ ।पक्राउ परेकाहरूलाई जिल्ला प्रहरी कार्यालय, पर्
काठमाडौं - गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् ९एनआरएनए आइसिसी० ले इजरायल, इराक तथा खाडी मुलुकहरूमा रहेका नेपालीहरूलाई सतर्क र सुरक्षित रहन अपिल गरेको छ । एनआरएनए आइसिसीका अध्यक्ष महेश कुमार श्रेष्ठ तथा महासचिव बी आर लामाद्वारा सोमबार जारी विज्ञप्तिमा इजरायल र इरानबिच द्वन्द्व चर्कँदै जाँदा इरानले कतारस्थित अमेरिकी सैन्य बेसतर्फ ९स्थानीय समय अनुसार सोमबार राती० मिसाइल प्रहार गरेको खबर आएको उल्लेख गरेका छन् ।‘कतार, युएई, बहराइन, कुवेत, साउदी अरबलगायत खाडी मुलुकहरूमा रहेका लाखौँ नेपालीहरूको सुरक्षाका बारेमा हामी चिन्तित छौँ । सम्बन्धित देशका सरकारहरू,
रामेछाप - खाँडादेवी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२÷०८३ का लागि नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गरेको छ । बजेटले उत्पादनमुखी अर्थतन्त्र, पूर्वाधार विकास, शिक्षा सुधार र विपद् न्यूनीकरणलाई प्राथमिकतामा राखेको छ। सोमबार सम्पन्न १७ औँ गाउँ सभामा गाउँपालिका अध्यक्ष ज्ञानकुमार श्रेष्ठ र उपाध्यक्ष रमा घिसिङले नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेको हुन् । अध्यक्ष श्रेष्ठले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा उत्पादनमा आधारित अनुदान प्रणाली लागू गर्ने, विपद् जोखिम न्यूनीकरणलाई प्राथमिकतामा राख्दै एकीकृत बस्ती निर्माण गर्ने, र सामुदायिक विद्यालयमा दिवा खाजा कार्यक्रमसहित उत्कृष
काठमाडौं - सत्ता पक्षीय दलका शीर्ष नेताको बैठक बालुवाटारमा जारी छ । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता पक्षी दलका शीर्ष नेताहरु बैठक बसि रहेका छन् । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ र जनमत पार्टीका अध्यक्ष डा। सीके राउतलगायत सहभागी छन् ।
एजेन्सी - इरानले अल उदेइद हवाई अड्डामा तैनाथ अमेरिकी सेनालाई लक्षित गरी सैन्य कारबाही सुरु गरेपछि सोमबार कतारको हवाई रक्षा प्रणालीले राजधानी दोहामाथि धेरै क्षेप्यास्त्रहरूलाई रोकेको जनाएको छ । प्रधानमन्त्रीका सल्लाहकार तथा विदेश मन्त्रालयका प्रवक्ता माजिद बिन मोहम्मद अल–अन्सारीले एक विज्ञप्तिमा कतारको प्रतिरक्षाले आक्रमणलाई सफलतापूर्वक विफल पारेको र इरानी क्षेप्यास्त्रहरूलाई खसालेको बताए ।अल–अन्सारीले हमलालाई कतार राज्यको सार्वभौमसत्ता, यसको हवाई क्षेत्र, अन्तर्राष्ट्रिय कानून र संयुक्त राष्ट्र संघको बडापत्रको स्पष्ट उल्लङ्घनको रूपमा निन्दा गरे ।उनले चेतावनी दिए कि कतारले प्रतिक्रिया दिने
एजेन्सी - अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल र इरानबीच युद्धविरामका लागि पूर्ण सहमत भएको बताएका छन् ।उनले इजरायल र इरान शान्तिको माग गर्दै एकैसाथ आफूकहाँ आएको दाबी समेत गरेका छन् । दुवै देशले युद्ध अन्त्यका लागि आफूसँग अनुरोध गरेको दाबी उनले गरेका छन् । मंगलबार सामाजिक सञ्जालमार्फत दुवै देश इजरायल र इरानलाई ‘१२ दिने युद्ध’ समाप्त गर्न भन्दै बधाई दिएका छन् । उनले भने, ‘सबैलाई बधाई १ इजरायल र इरानबीच पूर्ण सहमति भएको छ । १२ घण्टाको लागि पूर्ण युद्धविराम हुनेछ । अबदेखि लगभग ६ घण्टामा इजरायल र इरानले आफ्नो अन्तिम अभियानहरू पूरा गर्ने उल्लेख गरेका छन् । जसलाई युद्ध समाप्त
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.