समाचार

    Showing 12,811-12,820 of 25,799 items.
  • कोशी प्रदेशका दुई उपमहानगरहरुमा इटहरीले ल्यायो बजेट, धरानमा विवाद कायमै

    इटहरी ।  सुनसरीको इटहरी उपमहानगरपालिकाले आर्थिक वर्ष २०८२÷८३ का लागि २ अर्ब ५५ करोड २१ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । उपप्रमुख संगीता कुमारी चौधरीले मंगलबार नगरको १६ औं नगरसभामा बजेट प्रस्तुत गरेकी हुन् । उपमेयर चौधरीका अनुसार स्थानीय जनताको मागलाई सम्बोधन गर्दै इटहरीको समग्र विकासका लागि यो बजेट तर्जुमा गरिएको हो । बजेटमा भौतिक पूर्वाधार विकासलाई प्रमुख प्राथमिकता दिइएको छ । नगरलाई आकर्षक बनाउने उद्देश्यले सडक सौन्दर्यकरण, रोड फर्निचर स्थापना, र पैदल यात्रुका लागि कोशी राजमार्गमा दुई आकासे पुल निर्माणको योजना समेटिएको छ । इटहरीमा बारम्बार देखिने बाढी तथा डुबान समस्

    • प्रकाशित मितिः असार ११, २०८२
    • 259 पटक पढिएको
  • ४४५ गाउँपालिकाले ल्याए बजेट, १५ गाउँपालिकाद्वारा कानुन उल्लङ्घन

    काठमाडौं— प्रत्येक वर्षको असार १० गते स्थानीय तहले अनिवार्य रूपमा बजेट ल्याउनु पर्ने कानूनी व्यवस्था छ । सोही व्यवस्थाअनुसार मंगलबारसम्म ४४५ गाउँपालिकाले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेका छन्  ।गाउँपालिका राष्ट्रिय महासंघका अनुसार देशभर ४६० गाउँपालिका रहेका छन् । जसमध्ये ४४५ वटा गाउँपालिकाले असार १० गतेभित्र आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट पेश गरेका छन् । जुन ९७ प्रतिशत हो । अन्य १५ गाउँपालिकाको बजेट सार्वजनिक हुन बाँकी रहेको छ ।महासंघका कार्यकारी निर्देशक राजेन्द्रप्रसाद प्याकुरेलले दुई प्रदेशका सबै गाउँपालिकाले आगामी आवका लागि बजेट ल्याएका छन् । जुन कोशी र सुदूरपश्चिम प्रदेशका

    • प्रकाशित मितिः असार ११, २०८२
    • 690 पटक पढिएको
  • सत्तारुढ नेकपा एमालेको सचिवालय बैठक आज बस्दै

    काठमाडौं— सत्तारुढ नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ। बुधबार दिउँसो १ बजे ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा बैठक बस्न लागेको हो।केन्द्रीय कार्यालयका सचिव डाक्टर भीष्म अधिकारीका अनुसार बैठकमा पार्टीको आगामी विधान महाधिवेशनको तयारी र समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ।आगामी भदौ २० देखि २२ गतेसम्म एमालेले विधान महाधिवेशन गर्ने तयारी गरेको छ।

    • प्रकाशित मितिः असार ११, २०८२
    • 625 पटक पढिएको
  • सुनचाँदी व्यवसायीद्वारा फेरि आन्दोलनको घोषणा

    काठमाडौं— नेपाल सुनचाँदी व्यवसायी महासंघ र नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले विभिन्न चरणमा आन्दोलनको घोषणा गरेको छ ।सरकारले व्यवसायीका जायज मागलाई सम्बोधन गर्न तादरुकता नदेखाएको र निर्णायक पहलकदमी नभएको भन्दै विभिन्न चरणमा आन्दोलनको घोषणा गरेको हो ।आफूहरुको मागस सम्बोधन नभएसम्म आन्दोलन जारी रहेको महासंघको भनाइ छ ।आज एक संयुक्त विज्ञप्ति जारी गर्दै निरन्तर आन्दोलनको कार्यक्रमहरु गर्दै जाने र देशभर पसलहरु अनिश्चिकालसम्मको लागि बन्द गर्ने घोषणा गरेका छन् ।तत्काल अध्ययन कार्यदल गठनगरी जायजमाग सम्वोधन गर्न सरकारलाई अपिल समेत गरेका छन्। सरकारले यथा सिघ्र मागलाई सम्वोधन नगरेमा महासंघले चरणवद्ध आ

    • प्रकाशित मितिः असार ११, २०८२
    • 635 पटक पढिएको
  • यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

    काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ २७ पैसा र बिक्रीदर १३७ रुपैयाँ ८७ पैसा निर्धारण गरिएको छ ।युरोपियन युरो एकको खरिददर १५९ रुपैयाँ ३६ पैसा र बिक्रीदर १६० रुपैयाँ ०५ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८६ रुपैयाँ ९१ पैसा र बिक्रीदर १८७ रुपैयाँ ७३ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १६९ रुपैयाँ ६२ पैसा र बिक्रीदर १७० रुपैयाँ ३६ पैसा कायम गरिएको छ ।अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ४० पैसा र बिक्रीदर ८९ रुपैयाँ ७९ पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रुपैयाँ ०९ पैसा र बिक्रीदर

    • प्रकाशित मितिः असार ११, २०८२
    • 236 पटक पढिएको
  • कस्तो रहनेछ आजको मौसम

    काठमाण्डौ  ।  हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ। कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहनेछ। सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागका केही स्थानहरूमा तथा बाँकी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा भारी देखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ। सबै प्रदेशका उच्चपहाडी तथा हिमाली भू-भा

    • प्रकाशित मितिः असार ११, २०८२
    • 250 पटक पढिएको
  • नेपाल राष्ट्र बैंकद्वारा ऋणी र बैंकहरूलाई सहज हुनेगरी कर्जाको व्यवस्थामा हेरफेर

    काठमाण्डौ । नेपाल राष्ट्र बैंकले ऋणी र बैंकहरूलाई सहज हुनेगरी चालुपुँजी कर्जा तथा कृषि क्षेत्रमा प्रवाह हुने कर्जाको व्यवस्थामा हेरफेर गरेको छ ।गभर्नर डा. विश्वनाथ पौडेलले चालु पुँजी कर्जाको मार्गदर्शनबारे निर्णय लिँदै समय सीमा बढाउनुभएको हो । अब कर्जा पुनर्तालिकीकरण वा पुनः संरचना २०८२ असोजभित्र गरिसक्नुपर्नेछ र यस्तो कर्जा २०८१ पुसमा वर्गीकृत गरिएको वर्गमै राख्नुपर्ने शर्त तोकिएको छ । पुनर्तालिकीकरण वा पुनः संरचना अघि गरिएको कर्जा नोक्सानी व्यवस्था फिर्ता गर्न पाइनेछैन ।राष्ट्र बैंकले चालुपुँजी कर्जासम्बन्धी मार्गदर्शन, २०७९’ लागु हुनुपूर्व प्रदान गरिएका चालुपुँजी प्रकृतिका कर्जालाई मार्गदर्

    • प्रकाशित मितिः असार १०, २०८२
    • 642 पटक पढिएको
  • भिजिट भिसा छानबिन समिति : पूर्व मुख्यसचिव संयोजक, मन्त्रालयका सहसचिवहरू सदस्य

    काठमाडौं । सरकारले भिजिट भिसा प्रकरणको छानबिन गर्न पूर्व मुख्यसचिव शंखरदास बैरागीको नेतृत्वमा उच्च स्तरीय छानबिन समिति गठन गरेको छ ।गृहमन्त्री रमेश लेखकले मंगलबार प्रतिनिधिसभामा सरकारले छानबिन गर्न उच्चस्तरीय समिति बनाएको जानकारी दिएका छन्।सात सदस्यीय छानबिन समितिमा विभिन्न मन्त्रालयका सहसचिवहरु सदस्य बनेका छन् । समितिको नेतृत्व गर्दै पूर्वमुख्य सचिव बैरागीसँगै अर्थमन्त्रालयका सहसचिव तीर्थराज चिलवाल, कानुनी न्याय तथा संसदीय मामिला मन्त्रालयकी सहसचिव अरुणा जोशी पनि समितिमा रहेकी छिन् ।संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव रामकृष्ण लामिछाने र परराष्ट्र मन्त्रालयका सहसचिव मणिरत्न

    • प्रकाशित मितिः असार १०, २०८२
    • 337 पटक पढिएको
  • युएइमा जाने नेपाली श्रमिकहरुको न्यूनतम ज्याला बढाउने निर्णय

    काठमाडौं । श्रममन्त्री शरतसिंह भण्डारीले वैदेशिक रोजगारमा जाने श्रमिकहरुको सुरक्षा र सुविधाको लागि सरकारले काम गरिरहेको बताएका छन् । मंगलबार बसेको प्रतिनिधि बैठकमा बोल्दै उनले भर्खरैमात्र युएइमा जाने नेपाली श्रमिकहरुको न्यूनतम ज्याला बढाउने निर्णय भएको बताएका हुन् । उनले भने, ‘वैदेशिक रोजगारमा जाने श्रमिकको सुरक्षा र सेवा, सुविधाको सुनिश्चित हुनेगरी कामहरु गर्नेछौ । भर्खरैमात्र युएइमा जाने नेपाली श्रमिकहरुको न्यूनतम ज्याला आठ सयबाट बढाएर हजार दिराम बनाउने निर्णय गरेका छौ ।’ उनले थप भने, ‘वैदेशिक नीति अनुसार दक्ष र सीपयुक्त नेपालीलाई वैदेशिक रोजगारीको लागि कोरिया, जापानमा अर्धदक्ष र द

    • प्रकाशित मितिः असार १०, २०८२
    • 361 पटक पढिएको
  • दिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलबाट ४८ उडान रद्द

    दिल्ली ।  इरानले कतारमा रहेको अमेरिकी सैन्य अड्डामा मिसाइल प्रहारको घट्नापछि दिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल अस्तव्यस्त भएको छ । सोमबार रातिदेखि उडान सञ्चालनमा गम्भीर असर परेको छ, आगमन र प्रस्थान दुवैमा ४८ वटा उडान रद्द गरिएको विमानस्थलका अधिकारीहरुले जनाएका छन् ।, प्रभावित सेवाहरू मध्ये, २८ वटा आगमन उडानहरू थिए र २० वटा बाहिर जाने उडानहरू थिए । जसमा एयर इन्डिया र कम लागतको अपरेटर इन्डिगोले अवरोधको सामना गरेका छन् ।एयर इन्डियाका १७ आगमन र १० प्रस्थान रद्द भएका छन् । इन्डिगोले ८ आगमन र ७ प्रस्थान रद्द गरेको छ । अन्य एयरलाइन्सहरूले ३ आगमन र ३ प्रस्थान रद्द ग

    • प्रकाशित मितिः असार १०, २०८२
    • 271 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.