काठमाडौं— गण्डकी विश्वविद्यालयमा रजिष्ट्रारको रुपमा ५ वर्ष काम गरेपछि यही कात्तिकको अन्तिममा निमित्त उपकुलपति नियुक्त भएका कैलाश तिमिल्सिनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धानमा उजुरी परेको छ।उनले विश्वविद्यालयमा रजिष्ट्रारको रुपमा जागिर खाने बेलामा आफ्नो योग्यताको प्रमाणपत्रमा जालसाजी गरेको उजुरीकर्ताको आरोप छ।उजुरीमा उल्लेख भएअनुसार विश्वविद्यालयको रजिष्ट्रारको रुपमा नियुक्तिका लागि स्नातकोत्तरसहित कम्तीका १० वर्ष अनुसन्धान वा अध्यापनको अनुभव वा ५ वर्ष व्यवस्थापकीय पदमा रही ५ वर्ष काम गरेको अनुभव वा विश्वविद्यालयको बरिष्ठ प्रशासकको रुपमा ४ वर्ष काम गरेको अनुभव आवश्यक हुने कानुनी व्यवस्था छ।उज
दार्चुला— दार्चुला मा प्रहरीले अवैध रूपमा भन्सार छली गरिएका सामानहरू नियन्त्रणमा लिएको छ। प्रहरीले सोमबार साँझ महाकाली नगरपालिका–४ को बसपार्क क्षेत्रबाट उक्त सामान बरामद गरेको हो।जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटिएको टोलीले करिब ४३ हजार ३०० रुपैयाँ बराबरका सामग्री नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी निरीक्षक हेमराज भट्टले जानकारी दिए। उनका अनुसार नियन्त्रणमा लिइएका सामानहरूमा बिँडी, स्विटर, सुटपिस, चप्पल लगायतका सामग्री रहेका छन्।
हेटौंडा । मुलुक गम्भीर आर्थिक सङ्कट, सुस्त विकास निर्माण र राजनीतिक अस्थिरताबाट गुज्रिरहेको बेलामा बागमती प्रदेश सरकारले करिब एक करोड रुपैयाँ लागतको नयाँ ‘राइट ह्यान्ड ड्राइभ जीप’ खरिद प्रक्रिया अघि बढाएपछि आलोचना सुरु भएको छ । श्रम, रोजगार तथा यातायात मन्त्रालय, बागमती प्रदेशले जारी गरेका दुई छुट्टाछुट्टै सूचनाबाट उक्त खरिद प्रक्रिया औपचारिक रुपमा अघि बढाएको सार्वजनिक सूचनामा उल्लेख छ । प्रदेश सरकारले कात्तिक २ गते जारी गरेको पहिलो सूचनामा १ करोड १४ लाख ४० हजार ४ सय ८० रुपैयाँ भ्याटसहित अनुमानित लागतमा जीप खरिदका लागि राष्ट्रिय प्रतिस्पर्धात्मक बोलपत्र आह्वान गरिएको छ ।
काठमाडौं— कुलमान घिसिङको समर्थन रहेको बताइने उज्यालो नेपाल पार्टीसहित तीन राजनीतिक दलबीच एकता प्रक्रियालाई तीव्र बनाइएको छ। उज्यालो नेपाल, नागरिक उन्मुक्ति पार्टी र हाम्रो पार्टी नेपाल एउटै संगठनमा एकीकृत हुने उद्देश्यसहित निरन्तर संवादमा रहेका छन्।नागरिक उन्मुक्ति पार्टीका नेता तथा लुम्बिनी प्रदेश संसदीय दलका नेता धर्मबहादुर चौधरीका अनुसार दलहरूले एकताको अन्तिम चरणमा प्रवेश गरिसकेका छन्। उनका अनुसार मंगलबार मात्र पनि कुलमान घिसिङ सहभागी रहने गरी संयुक्त बैठक बसेको र एकताका प्रमुख बुँदाहरूमा छलफल भएको छ।‘हामी अहिले एकताको बिलकुल नजिक छौँ,’ चौधरीले बताए, ‘फागुन २१ गते हुने निर्वाचनका लागि मर्ज
काठमाडौं— उपरथीमा विशेष बढुवा भएका सहायक रथी कृष्ण प्रसाद भण्डारीलाई प्रधानसेनापति अशोक राज सिग्देलले दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।प्रधानसेनापति सिग्देलले सोही अवसरमा सहायक रथी र महासेनानी दर्जामा पदोन्नति भएका महासेनानी तथा प्राविधिक प्रमुख सेनानीलाई समेत दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।कार्यक्रममा नेपाली सेनाका रथीवृन्द, अधिकृत लगायत पदोन्नति भएका रथीवृन्द तथा अधिकृतहरूको परिवारजनको उपस्थिति रहेको थियो ।
काठमाडौं— यौनिक तथा लैङ्गिक अल्पसंख्यकको पहिलो दल ‘समावेशी समाजवादी पार्टी’का प्रतिनिधिहरु सनाखतका लागि निर्वाचन आयोग पुगेका छन् ।नुमा लिम्बूको अध्यक्षतामा समावेशी समाजवादी पार्टीले आयोगमा यसअघि नै निवेदन दिएको थियो । ‘दल दर्ताका लागि दिएको निवेदनपछि सनाखतका लागि हामी निर्वाचन आयोग आएका हौं, संभवत आज(मंगलबार)नै प्रमाणपत्र पाउने अपेक्षा गरेका छौं,’ उक्त पार्टीका संरक्षक सुनिलबाबु पन्तले भने ।आगामी फागुन २१ गते हुने निर्वाचनमा भाग लिनको लागि समावेशी समाजवादी पार्टीले निर्वाचन आयोगबाट प्रमाणपत्र लिन चाहेको पनि पन्तले जानकारी दिए । यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायकी नुमा लिम्बुको अध्यक्षता
काठमाडौं— ललितपुर महानगरपालिका–१३ कुसुन्तीहाइटस्थित रिङरोडमा ट्रकले ठक्कर दिँदा स्कुटर चालक महिलाको मृत्यु भएको छ ।मंगलबार बिहान पौने १० बजेति ना ६ ख ४९१७ नम्बरको ट्रकले बागमती प्रदेश–०२–०३२ प ४१७५ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो । ट्रकको ठक्करबाट स्कुटर चालक मोरङ घर भइ सितापाइला सिभिल होम बस्ने ३९ वर्षीया पावर्ता लुइँटेल गम्भीर घाइते भएकी थिइन् ।उपचारका लागि पाटन अस्पताल पठाइएकोमा चिकित्सकले मृत घोषणा गरेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका एसपी नरेश राज सुवेदीले बताए ।ट्रक चालक धादिङको धार्के गाउँपालिका–२ का २५ वर्षीय सनम तामाङलाई नियन्त्रणमा लिएरु जिल्ला प्रहरी परिसर लल
चितवन— ग्यास बुलेटको ठक्करबाट आज एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा लमजुङको मध्य नेपाल नगरपालिका-३ की १८ वर्षीया राइना श्रेष्ठ रहेकी छन्।जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार काठमाडौंबाट वीरगन्जतर्फ जाँदै गरेको एनएल ०१ एल २४५३ नम्बरको खाली ग्यास बुलेटले बागमती प्रदेश ०६-००५ प ३०५४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा पछाडि सवार श्रेष्ठको मृत्यु भएको हो।भरतपुर महानगरपालिका-१० मालपोत चोकमा बुलेटले मोटरसाइकललाई ठक्कर दिएको हो। ठक्करबाट घाइते श्रेष्ठको उपचारका क्रममा पुरानो मेडिकल कलेजमा मृत्यु भएको हो।ठक्करबाट मोटरसाइकल चालक मृतकका बुबा ५२ वर्षीय राजकुमार
चितवन। ग्यास बुलेटको ठक्करबाट आज एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा लमजुङको मध्य नेपाल नगरपालिका–३ की १८ वर्षीया राइना श्रेष्ठ रहेकी छन् ।जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार काठमाडौँबाट वीरगञ्जतर्फ जाँदै गरेको एनएल ०१ एल २४५३ नम्बरको खाली ग्यास बुलेटले बागमती प्रदेश ०६–००५ प ३०५४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा पछाडि सवार श्रेष्ठको मृत्यु भएको हो ।भरतपुर महानगरपालिका–१० मालपोत चोकमा बुलेटले मोटरसाइकललाई ठक्कर दिएको होे । ठक्करबाट घाइते श्रेष्ठको उपचारका क्रममा पुरानो मेडिकल कलेजमा मृत्यु भएको हो । ठक्करबाट मोटरसाइकल चालक मृतकका बुबा ५२ वर्षीय र
काठमाडौं— एमाले दोलखाका पूर्वसचिव तथा शैलुङ गाउँपालिकाका पूर्वअध्यक्ष भरतप्रसाद दुलाल नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन्। मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सह–संयोजक माधवकुमार नेपालले दुलाललाई औपचारिक रूपमा पार्टीमा स्वागत गरेका हुन।पार्टी प्रवेशपछि दुलालले वर्तमान राजनीतिक परिस्थितिमा कम्युनिस्ट आन्दोलनलाई एकीकृत रूपमा अघि बढाउनु आवश्यक रहेको बताए । एमालेभित्र सम्भव नदेखिएकाले आफू नेकपा रोज्न बाध्य भएको उनले टिप्पणी गरे। उनका अनुसार देशभरका कम्युनिस्ट शक्तिलाई एउटै धारमा उभ्याउनु अहिलेको आवश्यकता हो, र त्यसैले आफू नेकपामा समाहित भएको हो।
Copyright © 2021 / 2025 / Esoul Media (P) Ltd. / All Rights Reserved.