समाचार

    Showing 1,271-1,280 of 26,787 items.
  • मधेस प्रदेशका ३४ स्थानीय तहमा करदाता सेवा विस्तार

    जनकपुरधाम। मधेस प्रदेशका ३४ स्थानीय तहहरूमा करदाता सेवा विस्तार भएको छ । सङ्घीय सरकारले नागरिकलाई सहज, छरितो र पहुँचयोग्य सेवा प्रदान गर्ने उद्देश्यसहित अघि सारेको ‘स्थानीय तहबाटै करदाता सेवा’ अवधारणाले अब व्यावहारिक रूप लिन थालेको छ ।नेपालमा सङ्घीयता लागू भएको एक दशक पुग्न लाग्दा पनि धेरै सार्वजनिक सेवा अझै केन्द्रित संरचनाबाटै सञ्चालन हुँदै आएका छन् । कर प्रशासन पनि त्यसमध्ये एक थियो । प्यान दर्ता, प्यान रूपान्तरण, आयकर दर्ता तथा अन्तःशुल्कसम्बन्धी विभिन्न प्रक्रियाका लागि सेवाग्राहीले घण्टौँ यात्रा गर्नुपर्ने अवस्था थियो । विशेषगरी ग्रामीण क्षेत्रका नागरिक र साना व्यवसायीका लागि यो झन्झटिलो

    • प्रकाशित मितिः साउन ७, २०८३
    • 215 पटक पढिएको
  • राष्ट्रिय स्वाधीनता र लोकतन्त्रमाथि चुनौती देखिएको छ: झलनाथ खनाल

    काठमाडौं / नेपाली कम्युनिष्ट पार्टीका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले राष्ट्रिय स्वाधीनता, सार्वभौमसत्ता, लोकतन्त्र तथा संविधानद्वारा सुनिश्चित जनअधिकारमाथि विभिन्न चुनौती देखिएको बताएका छन् ।बिहीबार ४८औँ पुष्पलाल स्मृति दिवसको अवसरमा विज्ञप्ति जारी गर्दै उनले सही क्रान्तिकारी कार्यदिशाका आधारमा कम्युनिष्ट आन्दोलनलाई पुनर्गठन, रूपान्तरण र एकताबद्ध बनाउनुपर्ने आवश्यकता रहेको बताए । उनले भने, ‘राष्ट्रिय स्वाधीनता, सार्वभौमसत्ता, लोकतन्त्र र संविधानद्वारा सुनिश्चित जनअधिकारमाथि विभिन्न प्रकारका चुनौतीहरू देखापरिरहेका छन् । यस्तो परिस्थितिमा राष्ट्रको स्वाधीनता, राष्ट्रिय

    • प्रकाशित मितिः साउन ७, २०८३
    • 144 पटक पढिएको
  • प्रधानमन्त्री शाह नेपाल अग्र्यानिक सङ्घका पदाधिकारीसँग छलफल गर्नुहुँदै

    काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाहले आज बिहान ११ः३० बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा नेपाल अग्र्यानिक सङ्घका पदाधिकारी तथा व्यवसायीसँग अग्र्यानिक कृषि उत्पादन, प्रशोधन, व्यापार, बजारीकरण तथा निर्यात प्रवर्द्धनका विषयमा छलफल गर्दै हुनुहुन्छ ।छलफलमा सङ्घका अध्यक्ष दीपक बास्कोटा, उपाध्यक्ष प्रेम लामा, गोर्खा टी इस्टेटका अध्यक्ष उदय चापागाईं, हिमालयन साङ्ग्रिला टी फ्याक्ट्रीका अध्यक्ष कमल मैनाली तथा अन्नपूर्ण अग्र्यानिक एग्रो इन्डस्ट्रिका अध्यक्ष पर्शुराम आचार्य सहभागी हुनुहुनेछ ।नेपाल अग्र्यानिक सङ्घ जैविक (अग्र्यानिक) कृषि उत्पादन, प्रशोधन, व्यापार तथा उपभोगको प्रवर्द्धनमा क्र

    • प्रकाशित मितिः साउन ७, २०८३
    • 147 पटक पढिएको
  • अन्तरराष्ट्रिय उडान आकर्षित गर्न पोखरा विमानस्थलमा छुट

    गण्डकी। सरकारले पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा लाग्ने विभिन्न शुल्क छुट दिने निर्णय गरेपछि यहाँबाट अन्तरराष्ट्रिय उडानका लागि वायुसेवा कम्पनी आकर्षित हुने विश्वास गरिएको छ ।बुधबार बसेको मन्त्रिपरिषद् बैठकले अन्तरराष्ट्रिय वायुसेवा कम्पनीलाई लक्ष्य गरी विसं २०८५ भदौ मसान्तसम्मका लागि विमानस्थलमा ‘पार्किङ’, ‘ल्यान्डिङ’ र ‘नेभिगेसन’ शुल्क पूर्ण रूपमा छुट दिने निर्णय गरेको थियो । यस्तै, ‘ग्राउन्ड ह्यान्डलिङ’ शुल्कमा ५० प्रतिशत छुट दिने निर्णय सरकारले गरेको छ ।पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले सरकारले गरेको उक्त निर्णयले पोखरा–दुबईलगायत अन्य अन्तरराष्ट्रिय गन्तव्यमा नियमित उडान विस्तार ग

    • प्रकाशित मितिः साउन ७, २०८३
    • 208 पटक पढिएको
  • झापा अदालतद्वारा ६० प्रतिशत मुद्दा फछ्र्योट

    भद्रपुर। जिल्ला अदालत झापाले आर्थिक वर्ष २०८२/८३ मा कूल सात हजार ५४९ मुद्दामध्ये चार हजार ५३५ वटा मुद्दा फछ्र्योट गर्दै ६० दशमलव ०२ प्रतिशत प्रगति हासिल गरेको छ ।अदालतले उक्त आर्थिक वर्षमा ६५ प्रतिशत मुद्दा फछ्र्योट गर्ने लक्ष्य राखेको भए पनि विभिन्न कारणले ६० दशमलव ०२ प्रतिशतमा सीमित हुनुपरेको जिल्ला अदालत झापाका प्रमुख न्यायाधीश उमेशप्रसाद लुइँटेलले जानकारी दिनुभयो । उहाँका अनुसार, गत वर्षको जेनजी आन्दोलन, त्यसबाट अदालतको केस म्यानेजमेन्ट प्रणालीमा परेको अवरोध तथा सङ्घीय संसद्को निर्वाचनलगायत कारणले लक्ष्यअनुसार मुद्दा फछ्र्योट गर्न कठिनाइ भएको हो ।अदालतका अनुसार अघिल्लो आवबाट जिम्मेवारी आएक

    • प्रकाशित मितिः साउन ७, २०८३
    • 317 पटक पढिएको
  • साउन १ गतेदेखि बर्डफ्लुको सङ्क्रमण देखिएको छैन : पशु सेवा विभाग

    चितवन। पन्छीमा देखिएको बर्डफ्लुको सङ्क्रमण नियन्त्रणमा आउन थालेको छ । संघीय राजधानी काठमाडौँलगायतका विभिन्न ठाउँमा बर्डफ्लुको सङ्क्रमण देखिएपछि देशभरका पन्छीपालन गर्ने किसान समस्यामा परेका थिए ।पशु सेवा विभागका अनुसार यही साउन १ गतेदेखि बर्डफ्लुको सङ्क्रमण देखिएको छैन । पछिल्लो पटक काठमाडौँको गोकणेश्वर–१ सुन्दरीजलमा सङ्क्रमण देखिएको थियो । विभागका महानिर्देशक डा उमेश दाहालका अनुसार पछिल्लो समय सङ्क्रमण देखिएको छैन । सङ्क्रमण भएका वरपरका क्षेत्रबाट नमुना ल्याएर परीक्षणको काम भइरहेको छ । उहाँले भन्नुभयो, “अहिले नियन्त्रित अवस्थामा छ । बर्डफ्लु देखिएका क्षेत्रको वरिपरिका नमूना ल्याएर परीक्षण गर्द

    • प्रकाशित मितिः साउन ७, २०८३
    • 228 पटक पढिएको
  • पुष्पलाल स्मृति दिवस मनाइँदै

    काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संस्थापक महासचिव पुष्पलालको ४८औँ स्मृति दिवस आज विविध कार्यक्रम गरी मनाइँदैछ ।नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टीलगायतका कम्युनिस्ट पार्टीले विविध कार्यक्रम गरी दिवस मनाउन लागेका छन् ।विसं १९८१ असार १५ गते रामेछापमा पिता भक्तलाल र आमा तुलसीकुमारीका माहिला छोराका रूपमा जन्मिनुभएका पुष्पलालले प्रवासमा बसेर नेकपाका गतिविधि अगाडि बढाउनुभएको थियो । उहाँ सहिद गङ्गालालको भाइ हुनुहुन्छ ।पुष्पलालले कार्लमाक्स र फेडरिक एङगेल्सद्वारा लिखित ‘कम्युनिस्ट मेनिफेस्टो’ को पहिलो पटक नेपाली भाषामा अनुवाद गर्नुका साथै विभिन्न कृति र लेखमार्फत नेपाली समाजको वर्ग विश्

    • प्रकाशित मितिः साउन ७, २०८३
    • 224 पटक पढिएको
  • दुई सय १८ जलविद्युत् आयोजनाको आरसिओडी थप्ने प्रक्रिया सुरु

    काठमाडौँ। नेपाल विद्युत् प्राधिकरणले विद्युत् खरिद–बिक्री सम्झौता (पिपिए) भएका तर विभिन्न कारणले समयमै व्यावसायिक उत्पादन सुरु गर्न नसकेका २१८ जलविद्युत् आयोजनाको व्यावसायिक उत्पादन सुरु गर्नुपर्ने अन्तिम मिति (आरसिओडी) थप्ने प्रक्रिया अघि बढाएको छ ।यसका लागि प्राधिकरणले पहिलो पटक स्पष्ट मापदण्डका आधारमा आयोजनालाई चार समूहमा वर्गीकरण गर्ने नीति लागू गरेको छ ।गत असार ३२ गते बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले आयोजनाको भौतिक प्रगति, पिपिएअन्तर्गतका दायित्वको कार्यान्वयन र आरसिओडीको अवस्थाका आधारमा चार समूहमा वर्गीकरण गर्ने निर्णय गरेको थियो ।सोही निर्णयअनुसार पहिलो चरणमा समूह ‘क’ र ‘ख’ मा परे

    • प्रकाशित मितिः साउन ७, २०८३
    • 303 पटक पढिएको
  • कर्णालीमा सवारी कारबाहीबाट रु तीन करोड ४१ लाख राजस्व सङ्कलन

    कर्णाली। नेपाल प्रहरी कर्णाली प्रदेश राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतले सवारी कारबाहीबाट रु तीन करोड ४१ लाख राजस्व सङ्कलन गरेको छ ।उक्त कार्यालयका प्रमुख प्रहरी उपरीक्षक मुकुन्दप्रसाद रिजालले बुधबार वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा दिनुभएको जानकारीअनुसार आर्थिक वर्ष ०८२÷८३ मा ट्राफिक नियम उल्लङ्घन गर्ने ३८ हजार ८८५ सवारीसाधनलाई कारबाही गरिएको छ ।उहाँका अनुसार आव ०८१÷८२ मा ४९ हजार ९६४ सवारी कारवाही गरी रु तीन करोड ६७ लाख ४३ हजार राजस्व असुली गरिएको थियो । उहाँले भन्नुभयो, “कारबाही सङ्ख्या र राजस्व सङ्कलन घट्नु भनेको ट्राफिक नियम पालना हुनु हो । हामी राजस्व सङ्कलन

    • प्रकाशित मितिः साउन ७, २०८३
    • 275 पटक पढिएको
  • गण्डकीमा विविध कार्यक्रमसहित मनाइयो बिपी स्मृति दिवस

    गण्डकी। नेपाली कांग्रेसका संस्थापक एवं पहिलो जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको ४४औँ स्मृति दिवस बुधबार गण्डकी प्रदेशका कास्कीलगायत जिल्लामा विविध कार्यक्रम गरी मनाइएको छ ।नेपाली कांग्रेस, कास्कीले दिवसका अवसरमा विद्यार्थीबीच वक्तृत्वकला प्रतियोगिता र पोखराको पर्यटनसम्बन्धी नीति लेखन प्रस्तुतीकरण प्रतियोगिता आयोजना गर्यो ।कुल ११ जना सहभागी उक्त प्रतियोगितामा सुशान्त पराजुली प्रथम, इन्जिनियर प्रदीप सिग्देल द्वितीय र सङ्गीता गौतम तृतीय हुनुभएको छ । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः रु २५ हजार, १५ हजार र १० हजारसहित प्रमाणपत्र प्रदान गरिएको थियो ।यस्तै, बिपीबाट

    • प्रकाशित मितिः साउन ७, २०८३
    • 235 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.