समाचार

    Showing 1,261-1,270 of 26,787 items.
  • सबै स्थानीय तहमा भुमि बैंक सञ्चालनको तयारी

    काठमाडौं / देशभरका स्थानीय तहमा भूमि बैंक सञ्चालन हुने भएको छ । उपयोगविहीन तथा बाँझो अवस्थामा रहेका निजी जग्गालाई उत्पादनमूलक क्षेत्रमा प्रयोग गर्ने उद्देश्यले भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले भूमि बैंक सञ्चालनको प्रक्रिया अघि बढाएको हो । मन्त्रालयले सार्वजनिक सूचना जारी गर्दै भूमि उपयोग ऐन, २०७६ तथा भूमि उपयोग नियमावली, २०७९ तेस्रो संशोधन, २०८२ मा भएको व्यवस्थाअनुसार स्थानीय तहबाट प्रयोगमा नरहेका निजी जग्गालाई उत्पादनमूलक काममा लगाउन सकिने जनाएको छ ।मन्त्रालयका अनुसार भूमि बैंक सञ्चालनका लागि ‘भूमि बैंक ९स्थापना तथा सञ्चालन० कार्यविधि, २०८३’ स्वीकृत भइस

    • प्रकाशित मितिः साउन ७, २०८३
    • 160 पटक पढिएको
  • सात बुँदे मागसहित धनगढीमा सत्याग्रह बस्दै डा.केसी

    काठमाडौं / वरिष्ठ चिकित्सक तथा चिकित्सा शिक्षा सुधार अभियन्ता डा।गोविन्द केसी धनगढीमा सत्याग्रह बस्ने भएका छन् । आज बिहीबार दिउँसो ३ बजेबाट धनगढीस्थित कृष्ण मन्दिरको धर्मशालाबाट डा। केसीले सत्याग्रह सुरु गर्ने घोषणा गरेका हुन् । चिकित्सा शिक्षा सुधारको माग गर्दै पटक–पटक सत्याग्रह बस्दै केसीले सात बुँदे माग राख्दै सत्याग्रह बस्ने घोषण गरेका छन् । उनले स्वास्थ्य तथा स्वास्थ्य क्षेत्रलाई सरकारबाटै निजीकरण गर्ने प्रयास भएकाले त्यसलाई रोक्न सत्याग्रह बस्न लागेको बताएका हुन् ।

    • प्रकाशित मितिः साउन ७, २०८३
    • 177 पटक पढिएको
  • शिक्षामन्त्रीविरुद्ध ‘नेपो बेबी’ नाराबाजी, पाँच प्रदर्शनकारी प्रहरी नियन्त्रणमा

    काठमाडौं । त्रिभुवन विश्वविद्यालयको ६७औँ वार्षिक दिवस समारोहका क्रममा शिक्षामन्त्री सस्मित पोखरेल विरुद्ध ‘नेपो बेबी’ भन्दै विरोध प्रदर्शन गरिएको छ।समारोहस्थल बाहिर केही युवाले मन्त्रीको नियुक्तिमाथि प्रश्न उठाउँदै नाराबाजी गरेका थिए। प्रदर्शन चर्किन नदिन प्रहरीले तत्काल हस्तक्षेप गर्दै नाराबाजीमा संलग्न पाँच जनालाई नियन्त्रणमा लिएको जनाएको छ।प्रहरीका अनुसार कार्यक्रमको सुरक्षा व्यवस्थालाई ध्यानमा राखेर उनीहरूलाई नियन्त्रणमा लिइएको हो। पक्राउ परेकामाथि आवश्यक अनुसन्धान भइरहेको बताइएको छ।‘नेपो बेबी’ भन्ने शब्द पारिवारिक वा राजनीतिक पहुँचका आधारमा अवसर प्राप्त गरेको आरोप जनाउन प्रयोग गरिन्छ। प्र

    • प्रकाशित मितिः साउन ७, २०८३
    • 93 पटक पढिएको
  • अफ्रिकामा इबोला प्रकोपबाट मृत्यु हुनेको संख्या १ हजार नाघ्यो

    काठमाडौं । अफ्रिकामा फैलिरहेको इबोला प्रकोपका कारण मृत्यु हुनेको संख्या १ हजार नाघेको छ । प्रजातान्त्रिक गणतन्त्र कंगो र युगान्डाका स्वास्थ्य निकायले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार दुवै देशमा गरी इबोलाबाट मृत्यु हुनेको संख्या १ हजार १ पुगेको हो । कंगोको स्वास्थ्य मन्त्रालयले बुधबार सार्वजनिक गरेको अवस्थिति प्रतिवेदनअनुसार सोमबारसम्म देशमा २ हजार ४७३ जनामा इबोला संक्रमण पुष्टि भएको छ । तीमध्ये ९९९ जनाको मृत्यु भएको छ ।युगान्डामा हालसम्म २० जनामा संक्रमण पुष्टि भएको छ भने दुई जनाको मृत्यु भएको छ । यससँगै दुवै देशमा मृत्यु हुनेको कुल संख्या १ हजार १ पुगेको छ । बुन्डिबुग्यो भाइरसबाट फैलिएको

    • प्रकाशित मितिः साउन ७, २०८३
    • 216 पटक पढिएको
  • गणतन्त्रका उपलब्धिमाथि योजनाबद्ध झुटो प्रचार भइरहेको छ: प्रचण्ड

    काठमाडौं / नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गणतन्त्र स्थापना भएपछि मुलुकले हासिल गरेका उपलब्धिमाथि योजनाबद्ध रूपमा नकारात्मक प्रचार भइरहेको बताएका छन् ।बिहीबार ४८औँ पुष्पलाल स्मृति दिवसका अवसरमा आयोजित श्रद्धाञ्जली कार्यक्रममा बोल्दै उनले गणतन्त्रपछि भएका राजनीतिक, सामाजिक र भौतिक विकासलाई नियोजित रूपमा अवमूल्यन गर्ने प्रयास भइरहेको बताएका हुन् ।उनले भने, ‘नेपालमा गणतन्त्र भएपछि विकसित भएका थुपै सकारात्मक कुराहरू माथि अत्यन्तै नकारात्मक ढङ्गले झुटप्रचारको प्रहार गरिएको छ । भौतिक पूर्वाधारको क्षेत्रमा भएको अभूतपूर्व विकासला

    • प्रकाशित मितिः साउन ७, २०८३
    • 146 पटक पढिएको
  • नयाँ पुस्तालाई सही संस्कार दिनुपर्नेमा माधवकुमार नेपालको जोड

    काठमाडौं / नेपाली कम्युनिस्ट पार्टीका सह–संयोजक माधवकुमार नेपालले नयाँ पुस्तालाई सही संस्कार र संस्कृति दिनुपर्नेमा जोड दिएका छन् ।४८औँ पुष्पलाल स्मृति दिवसका अवसरमा आयोजित श्रद्धाञ्जली कार्यक्रममा बोल्दै उनले ‘जेनजी आन्दोलन’ नयाँ पुस्तालाई कस्तो संस्कार र संस्कृति दिइरहेका छौँ भन्ने कुराको उदाहरण बनेको टिप्पणी गरे ।उनले भने, ‘कस्तो संस्कार, कस्तो संस्कृति हामीले नयाँ पुस्तालाई दिइरहेका छौँ भन्ने कुराको एउटा उदाहरण बन्न पुगेको छ जेनजी आन्दोलन । यस्तो आन्दोलनको निम्ति अगुवाइ गर्ने, आह्वान गर्ने व्यक्ति तथा परिवर्तनका संवाहकहरूले कहिल्यै पनि राज्यका सम्पत्तिमा विध्वंस मच्चाउने वा गौरवशाली व

    • प्रकाशित मितिः साउन ७, २०८३
    • 176 पटक पढिएको
  • शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय

    काठमाडौं / शिक्षा तथा खेलकुद मन्त्रालयले शैक्षिक परामर्श एजुकेसन कन्सल्टेन्सी क्षेत्रका समस्या, चुनौती र नीतिगत सुधारका विषयमा आज सरोकारवालासँग छलफल गर्ने भएको छ ।सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलको उपस्थितिमा मन्त्रालयमा हुने छलफलमा शैक्षिक परामर्श क्षेत्रसँग आबद्ध विभिन्न संघ–संस्थाका पदाधिकारी तथा प्रतिनिधिहरू सहभागी हुनेछन् । मन्त्रालयका अनुसार शैक्षिक परामर्श क्षेत्रलाई व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउने उद्देश्यले आयोजना गरिएको छलफलमा कन्सल्टेन्सी व्यवसायको वर्तमान अवस्था, निजी क्षेत्रले भोगिरहेका समस्या तथा चुनौती, गुणस्तरीय शैक्षिक परामर्श सेवाको प्रवद्र्धन, नी

    • प्रकाशित मितिः साउन ७, २०८३
    • 292 पटक पढिएको
  • थाइल्याण्डमा प्रहरी प्रमुख कार्कीको सम्मानमा ‘मिट एण्ड ग्रीट’, सुरक्षा सहकार्य सुदृढ बनाउन जोड

    बैंकक / संगठित अपराध सम्बन्धी क्षेत्रीय शिखर सम्मेलनमा सहभागी हुन थाइल्याण्ड पुगेका नेपाल प्रहरीका प्रहरी महानिरीक्षक आईजीपी दानबहादुर कार्कीको सम्मानमा गैरआवासीय नेपाली संघ एनआरएनए थाइल्याण्ड र पियानो एल्इको संयुक्त आयोजनामा ‘मिट एण्ड ग्रीट’, कार्यक्रम सम्पन्न भएको छ ।कार्यक्रमका प्रमुख अतिथि थाइल्याण्डका लागि नेपाली राजदूत धनबहादुर ओली रहनुभएको थियो भने वरिष्ठ गायक आनन्द कार्कीको विशेष उपस्थिति रहेको थियो । कार्यक्रममा एनआरएनए थाइल्याण्ड, थाइ नेपाली संघ, मगर गुरुङ संघ, तामाङ संघ, नेवारी संघ, किराँत संघ लगायत थाइल्याण्डस्थित विभिन्न नेपाली संघ–संस्था, समाजसेवी, व्यवसायी, बुद्धिजीवी तथा न

    • प्रकाशित मितिः साउन ७, २०८३
    • 212 पटक पढिएको
  • विद्युत् व्यापारमा नेपालको ऐतिहासिक फड्को, एक वर्षमै १८ दशमलव ७६ अर्ब रुपैयाँ खुद बचत

    काठमाडौं / नेपालले विद्युत् व्यापारमा पहिलो पटक उल्लेखनीय व्यापार बचत हासिल गर्दै ऊर्जा क्षेत्रमा नयाँ कीर्तिमान कायम गरेको छ । नेपाल विद्युत् प्राधिकरणले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/०८३ को क्रस–बोर्डर विद्युत् आयात–निर्यात तथ्यांकअनुसार भारत र बंगलादेशसँगको विद्युत् व्यापारबाट नेपालले १८ अर्ब ७६ करोड ४८ लाख रुपैयाँ खुद व्यापार बचत नेट ट्रेड सरप्लस गरेको छ । यो अघिल्लो आर्थिक वर्ष २०८१/०८२ को तुलनामा ३१३ प्रतिशत बढी हो। आर्थिक वर्ष २०८१/०८२ मा विद्युत् व्यापारबाट नेपालको खुद बचत चार अर्ब ५३ करोड ५७ लाख रुपैयाँ रहेको थियो ।तथ्यांकअनुसार समीक्षा वर्ष २०८२/०८३ मा नेपालले भारत तथा बंगलाद

    • प्रकाशित मितिः साउन ७, २०८३
    • 122 पटक पढिएको
  • आरसीओडी थपका लागि ३२० जलविद्युत् आयोजना चार समूहमा वर्गीकरण

    काठमाडौं / नेपाल विद्युत् प्राधिकरणले निर्माणाधीन जलविद्युत् आयोजनाको ‘रिभाइज्ड कमर्सियल अपरेसन डेट’ आरसीओडी थप्ने प्रक्रियालाई पहिलो पटक स्पष्ट मापदण्डमा आधारित बनाएको छ ।अब आयोजनाको भौतिक प्रगति, पीपीएअन्तर्गतका दायित्व पूरा गरेको अवस्था तथा आरसीओडीको स्थितिका आधारमा चार समूहमा वर्गीकरण गरी फरक–फरक व्यवस्था लागू गरिने भएको छ । यसअघि असार ३२ गते बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले ३२० निर्माणाधीन जलविद्युत् आयोजनालाई ‘क’, ‘ख’, ‘ग’ र ‘घ’ समूहमा वर्गीकरण गर्ने निर्णय गरेको थियो । सोही निर्णयअनुसार पहिलो चरणमा समूह ‘क’ र ‘ख’ मा परेका आयोजनाको आरसीओडी थप्ने प्रक्रिया अघि बढाइएको छ । ऊर्जा, जलस

    • प्रकाशित मितिः साउन ७, २०८३
    • 159 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.