समाचार

    Showing 1,261-1,270 of 19,000 items.
  • लागू औषध ब्राउन सुगर सहित ५ जना पक्राउ

    विराटनगर । झापा, मोरङ र सुनसरीको बिभिन्न स्थानहरुबाट मंसिर ०८ गते लागू औषध ब्राउन सुगर सहित ५ जनालाई पक्राउ गरीएको छ ।मंसिर ०८ गते मोरङको अस्थायी प्रहरी पोष्ट मटेरुवाले विराटनगर-१७ स्थितमा चेकजाँचको क्रममा विराटनगर-१३ का २७ बर्षीय रोजन राईलाई ४६ ग्राम ६७ मिलिग्राम ब्राउन सुगर सहित र इलाका प्रहरी कार्यालय रानी (सिमा) ले सप्तरीको बोधेबर्साइनका दुर्गानन्द यादबलाई ४७ मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ । यसै गरी जिल्ला प्रहरी कार्यालय सुनसरीले रामधुनी-५ का सन्तोष राईलाई ६७ मिलिग्राम ब्राउन सुगर सहित र झापाको वडा प्रहरी कार्यालय भद्रपुरले बिर्तामोड-४ का दिलिप कुमार माझी र उनको श्रीम

    • प्रकाशित मितिः मंसिर ९, २०८२
    • 249 पटक पढिएको
  • प्रतिबन्धित लागू औषध सहित ३ जना पक्राउ

    विराटनगर ।  सुनसरी र मोरङको छुट्टा छुट्टै स्थानहरुबाट मंसिर ०८ गते प्रहरीले प्रतिबन्धित लागू औषध सहित ३ जनालाई पक्राउ गरेको छ ।जिल्ला प्रहरी कार्यालय सुनसरीले भारत बिहारका राजु कुमार सोनीलाई लागू औषध INTRAZEPAM ट्याब्लेट-१४०, Tramadol-८ ट्याब्लेट सहित र सुनसरीको अस्थायी प्रहरी पोष्ट विजयपुरले धरान-१५ का सनम लिम्बुलाई ट्रामाडोल-३०० क्याप्सुल र स्पास्पेन-२४० ट्याब्लेट सहित नियन्त्रणमा लिएको हो । यसैगरी इलाका प्रहरी कार्यालय सिजुवाले मोरङको रतुवामाई नगरपालिका-९ का भिमदेव श्रेष्ठलाई २०६ ग्राम गाँजा सहित नियन्त्रणमा लिएको हो । लागू औषध सहित पक्राउ परेका उनिहरुको थप अनुसन्धा

    • प्रकाशित मितिः मंसिर ९, २०८२
    • 185 पटक पढिएको
  • लागू औषध गाँजा सहित २ जना पक्राउ

    सुनसरी । सुनसरीको धरान-२० स्थित बाट लागू औषध गाँजा सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । मंसिर ०८ गते अस्थायी प्रहरी चौकी बिष्णुपादुकाबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा को. १ ज २१७८ नम्बरको पिकअप गाडीको डालामा ५ वटा कालो झोलामा प्याकिङ गरेर लुकाई छिपाई राखेको ५० किलोग्राम गाँजा बरामद गरेको हो । गाँजा बरामद भए सगै चालक धनकुटा सागुरिगढी-९ का खडग बहादुर मगराती र सह-चालक दुर्गा विश्वकर्मालाई प्रहरीले नियन्त्रणमा लिएको छ । गाँजा सहित पक्राउ परेका उनिहरुको इलाका प्रहरी कार्यालय धरानबाट थप अनुसन्धान भई रहेको छ ।

    • प्रकाशित मितिः मंसिर ९, २०८२
    • 181 पटक पढिएको
  • भारतीय नम्बरको सवारी साधनबाट २० किलो गाँजा बरामद

    सुनसरी । सुनसरीको हरिनगर गाउँपालिका-६ स्थितबाट २० किलो गाँजा सहित WB 02AL0175 नम्बरको कार प्रहरीले नियन्त्रणमा लिएको छ । मंसिर ०९ गते कोशी प्रदेश प्रहरी कार्यालयको प्रादेशिक अनुसन्धान समूह (PIT)  र सुनसरीको प्रहरी चौकी घुस्कीबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा हरिनगर गाउँपालिका-६ स्थित सडक छेउमा बेवारिसे अवस्थामा रहेको कारको डिकीमा कालो प्लास्टिकमा पोका पारी लुकाई छिपाई राखेको २० किलोग्राम लागू औषध गाँजा बरामद गरेको हो । ओसारपसारमा संलग्न ब्याक्तिको खोजि कार्य भईरहेको छ ।  

    • प्रकाशित मितिः मंसिर ९, २०८२
    • 265 पटक पढिएको
  • ६८ वटा दलले दल दर्ता गराए, अन्तिमसम्ममा सबै आउनेछन् : निर्वाचन आयोग

    काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि मंगलबार दिउसोसम्म ६८ वटा दलले दल दर्ता गराएका छन् । निर्वाचन आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले हालसम्म ६८ वटा दलले आगामी प्रतिनिधि सभा निर्वाचनको प्रयोजनका लागि दल दर्ता गराएको बताए । साथै दर्ता कायम भएका दलको संख्या भने १३२ रहेको उनले जानकारी दिए ।निर्वाचनमा सबैको सहभागिता रहने पनि उनले विश्वास व्यक्त गरे । ‘निर्वाचन एउटा राष्ट्रिय पर्व हो । यसमा सामान्य नागरिकहरुले तीन तरिकाले निर्वाचनमा सहभागिता जनाउने छन् । यसमा सबैको सहभागिता हुने भएकाले दल दर्ताको प्रक्रिया चलिरहेको छ र सबै दलहरु दर्तामा आउनु हुनेछ । त्यसैले आयोग

    • प्रकाशित मितिः मंसिर ९, २०८२
    • 190 पटक पढिएको
  • नयाँ पार्टीमा ‘बा’ भन्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : माधव नेपाल

    काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधव नेपालले नयाँ पार्टीमा ‘बा’ भन्ने प्रवृत्ति हाबी हुन दिन नहुने बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित अखिल नेपाल ट्रेड युनियन महासंघमा विभिन्न संगठनबाट प्रवेश कार्यक्रममा उनले इतिहास र सबै नेताहरुले खेलेको महत्वपूर्ण भूमिकालाई स्मरण नगरे पार्टीभित्र ‘बा’ भन्ने प्रवृत्ति हाबी हुने भन्दै यस्तो प्रवृत्तिबाट मुक्त हुनुपर्ने बताए । उनले भने, ‘इतिहासको चर्चा गर्दा पनि ०५२ सालको मात्रै चर्चा गर्ने होइन् ०६ साल, ०२८ सालदेखिको चर्चा हुनुपर्छ । एक नेता मात्रै होइन सबैले खेलेको भूमिकालाई पनि स्मरण गर्नुपर्छ । नभए हामीभित्र पनि ‘बा’ भन्ने प्रवृत

    • प्रकाशित मितिः मंसिर ९, २०८२
    • 170 पटक पढिएको
  • सर्लाही र सिरहामा स्रोत नखुलेको नगदसहित तीन जना पक्राउ

    सर्लाही— सर्लाही र सिरहामा छुट्टाछुट्टै घटनामा ठूलो परिमाणको स्रोत नखुलेको नगदसहित तीन जना पक्राउ परेका छन्।सर्लाहीको मलंगवा–८ मा प्रहरीले भारतका सीतामढी सोनवर्षा–४ का ४६ वर्षीय दिलिप ठाकुर र १९ वर्षीय सोनु शर्मालाई पक्राउ गरेको हो। गोरखकाली प्रहरी चौकीबाट खटिएको टोलीले बा.८९ प ६२५२ नम्बरको मोटरसाइकलमा भारततर्फ जाँदै गरेका उनीहरूबाट १ लाख ९८ हजार रुपैयाँ बरामद गरेको जनाएको छ।यसैगरी सिरहा नगरपालिका–१७ मा इलाका प्रहरी कार्यालय माडरले भारत मधुवनी जयनगरका २५ वर्षीय अरजित कुमार यादव, ४० वर्षीय संजय कुमार साह र ३५ वर्षीय मोहम्मद गुलसाहलाई नियन्त्रणमा लिएको छ। उनीहरू सवार मोटरसाइकल ‘अन टेस्ट’ नम्बरमा

    • प्रकाशित मितिः मंसिर ९, २०८२
    • 399 पटक पढिएको
  • जेनजी आन्दोलनपछि एटीएम तोडफोड प्रकरणमा एक युवक पक्राउ

    काठमाडौं— जेनजी प्रदर्शनका दौरान एटीएम तोडफोड गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। सिन्धुपाल्चोकको बलेफी–८ घर भई भक्तपुर थिमीमा बस्दै आएका २९ वर्षीय बुद्धिमान तामाङलाई पक्राउ गरिएको भक्तपुरका एसपी सूर्यबहादुर खड्काले जानकारी दिए।अनुसन्धानअनुसार तामाङले भदौ २४ गते प्रहरी वृत्त थिमीमा आगजनी भएको केहीबेरपछि सोही परिसरमा रहेको राष्ट्रिय वाणिज्य बैंकको एटीएम क्षति पु¥याएका थिए।हाल उनलाई प्रहरी वृत्त थिमीमै राखेर थप अनुसन्धान प्रक्रिया अघि बढाइएको छ।

    • प्रकाशित मितिः मंसिर ९, २०८२
    • 324 पटक पढिएको
  • घाँस काट्ने क्रममा लडेर १ जनाको मृत्यु

    ताप्लेजुङ— ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–३ लिङखिममा घाँस काट्ने क्रममा लडेर १ जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा स्थानीय बलबहादुर तवेवुङ रहेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।स्थानीय मछिन्द्र तवेवुङ लिम्बूका अनुसार तवेवुङमाझ कटेरी भन्ने स्थानमा घाँस काट्न गएका उनको लडेर मृत्यु भएको प्रहरी जनाएको छ।

    • प्रकाशित मितिः मंसिर ९, २०८२
    • 434 पटक पढिएको
  • रौतहटमा १६ दिने अभियानको पहिलो दिनै बुहारीको हत्या

    रौतहट— लैङ्गिक हिंसा विरोधी १६ दिने अभियानको पहिलो दिन नै रौतहटमा २२ वर्षीया तरिमा खातुनको घरपरिवारकै सदस्यले हत्या गरेका छन्। बृन्दाबन–९ की खातुनलाई चरम रूपमा कुटपिट गरी हत्या गरिएको प्रहरीले जनाएको छ।ससुरा शेष अलि महम्मदसहित घरका सबै सदस्य घटनापछि फरार छन्। उनीहरूलाई तरिमाको भतिजासँग सम्बन्ध रहेको शंकाका आधारमा कुटपिट गरेको बताइएको छ। मृतकको टाउकोमा धारिलो हतियार प्रहार गरिएको र खुट्टामा नीलडाम भेटिएको छ। शव घरकै गोठमा गाडिएको अवस्थामा फेला परेको हो।तरिमाका श्रीमान साउदी अरबमा वैदेशिक रोजगारीमा छन्। डेढ वर्षको छोरा समेत घरपरिवारले लुकाएको प्रहरीले बताएको छ। घटना सम्बन्धी अनुसन्धान जारी रहेको

    • प्रकाशित मितिः मंसिर ९, २०८२
    • 409 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा