समाचार

    Showing 1,231-1,240 of 25,313 items.
  • मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै

    काठमाडौं— एशियन गेम्सको क्रिकेटतर्फको छनौट खेल अन्तर्गत नेपालले आज मलेसियासँग खेल्दैछ ।यस खेलमा नेपालले टस हारेर पहिला ब्याटिंग गर्ने भएको छ ।नेपाल र मलेसिया दुवै एशियन गेम्समा छनौट भएका छन् भने यस खेलको नतिजाबाट समुह विजेता र उपविजेताको टुंगो लाग्ने छ ।आजको खेलमा दिपेन्द्र सिंह ऐरी कप्तान, कुशल भुर्तेल, आसिफ सेख, रोहित पौडेल, सन्दीप जोरा, कुशल मल्ल, शेर मल्ल, लोकेश बम, सन्दीप लामिछाने, करण केसी, सोमपाल कामी खेल्दै छन् ।

    • प्रकाशित मितिः जेठ २१, २०८३
    • 535 पटक पढिएको
  • बालेन सरकारका विश्वासपात्र शाखा अधिकृतमाथि गम्भीर आरोप, सम्पत्ति छानबिनको माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी

    काठमाडौं— प्रधानमन्त्री बालेन निकट मानिएका शाखा अधिकृत संजीव नेपालविरुद्ध गम्भीर आर्थिक अनियमितता, अकुत सम्पत्ति आर्जन तथा कर्मचारी सरुवामा आर्थिक चलखेल गरेको आरोपसहित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा औपचारिक उजुरी दर्ता भएको छ।दर्ता गरिएको उजुरीमा संजीव नेपालले अध्यागमन विभागमा कार्यरत रहँदा भिजिट भिसा प्रकरणसँग सम्बन्धित विभिन्न ट्राभल एजेन्सीहरूसँग आर्थिक लेनदेन गरी गैरकानुनी लाभ लिएको र त्यसैबाट ठूलो सम्पत्ति जोडेको आरोप लगाइएको छ। उजुरीकर्ताले उनको सम्पूर्ण आर्थिक गतिविधि, आयस्रोत तथा सम्पत्तिमाथि निष्पक्ष र विस्तृत छानबिन हुनुपर्ने माग गरेका छन्।उजुरीमा प्रधानमन्त्री तथा मन्त

    • प्रकाशित मितिः जेठ २१, २०८३
    • 415 पटक पढिएको
  • इनरुवामा जुवाको अड्डामाथि प्रहरीको छापा, १२ जना पक्राउ, एक लाखभन्दा बढी नगद बरामद

    सुनसरी— सुनसरीको इनरुवामा जुवा खेलिरहेको सूचनाका आधारमा प्रहरीले छापा मार्दा १२ जना पक्राउ परेका छन्। पक्राउ परेकाहरूको साथबाट नगद रु १ लाख १ हजार ७ सय ३५ र एक बुङ तास बरामद गरिएको प्रहरीले जनाएको छ।जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक केशवकुमार थेवेका अनुसार इनरुवास्थित एक स्थानमा तास खेलिरहेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिइएको हो। प्रहरीले घटनास्थलबाट नगद रकम र तास बरामद गरी थप अनुसन्धान अघि बढाएको छ।पक्राउ पर्नेहरूमा जुनलक राई, ताहिर साफी, रामप्रसाद चौलागाईं, उमेश साह हलुवाई, विनोद बोगटी, सीतल सेकुवा कर्नरका सञ्चालक शुरबहादुर राउत, नजावुल मियाँ, अमिर मियाँ, फारुक अन्सारी, मफू

    • प्रकाशित मितिः जेठ २१, २०८३
    • 452 पटक पढिएको
  • भन्सार छलीको आशंकामा ७७४ विद्युतीय गाडी नियन्त्रणमा, अनुसन्धान जारी

    काठमाडौं— सशस्त्र प्रहरी बल नेपालले मुस्ताङको कोरोला नाकाबाट नेपाल भित्रिएका ७७४ वटा विद्युतीय सवारीसाधन नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ। भन्सार छली भएको आशंकापछि विशेष सुरक्षा अभियान सञ्चालन गर्दै गाडीहरू नियन्त्रणमा लिइएको हो।सशस्त्र प्रहरीका प्रवक्ता विष्णुप्रसाद भट्टका अनुसार जोमसोम, कुस्मा, हेम्जा तथा नुवाकोटको पासाङल्हामु सडकखण्डबाट ती सवारीसाधन नियन्त्रणमा लिइएका हुन्। अधिकांश सवारी बीवाईडी ब्रान्डका रहेको बताइएको छ।भन्सार छलीसम्बन्धी उजुरी प्राप्त भएपछि निगरानी र गस्ती कडा पारिएको तथा सोही क्रममा गाडीहरू फेला पारिएको प्रवक्ता भट्टले जानकारी दिए। उनले कर छली भएको वा नभएको विषय अ

    • प्रकाशित मितिः जेठ २१, २०८३
    • 547 पटक पढिएको
  • मदिरा–सुर्ती बिक्रीमा राजस्व छल्दै रारा क्षेत्रका व्यापारी, अनुगमनपछि दर्ता गर्न निर्देशन

    मुगु— नेपालको प्रमुख पर्यटकीय गन्तव्य रारा ताल आसपासका व्यापारीहरुले मदिरा तथा सुर्तीजन्य वस्तु बिक्री गर्दा आवश्यक अनुमति नलिई राज्यलाई तिर्नुपर्ने अन्तःशुल्क तथा अन्य राजस्व छलिरहेको पाइएको छ ।यस क्षेत्रमा सञ्चालीत अधिकांश होटल तथा पसलहरुले यसरी राजश्व छलेको भन्ने सुचना पाएपछि बिहीवार जिल्ला कोष तथा लेखा नियन्त्रक कार्यालय मुगुले अनुगमन गरेको हो । कार्यालयको वार्षिक कार्यक्रमअन्तर्गत गरिएको संयुक्त अनुगमनका क्रममा रारा क्षेत्रका राल्यरी, टोप्ला, ताल्चा विमानस्थल क्षेत्र र तलितुम आसपास सञ्चालित २१ वटा होटल तथा पसलमा मदिरा र सुर्तीजन्य वस्तु बिक्रीका लागि आवश्यक इजाजतपत्र नलिइएको भेटिएको हो ।ज

    • प्रकाशित मितिः जेठ २१, २०८३
    • 413 पटक पढिएको
  • मधेसका १६ प्रतिशत बालबालिका कुपोषणको जोखिममा

    जनकपुरधाम— मधेस प्रदेशमा बाल कुपोषण गम्भीर चुनौतीका रूपमा देखिएको छ। स्वास्थ्य निर्देशनालयको तथ्याङ्कअनुसार प्रदेशका करिब १६ प्रतिशत बालबालिका कुपोषण वा शीघ्र कुपोषणको अवस्थामा रहेका छन्।प्रदेशका १३३ स्थानीय तहमा सञ्चालन गरिएको पोषण अवस्थाको परीक्षणमा दुई लाख ८३ हजार ३०८ बालबालिकाको स्वास्थ्य मूल्याङ्कन गरिएको थियो। परीक्षणका क्रममा ३५ हजार ८८३ बालबालिका कुपोषित, आठ हजार ७७१ बालबालिका शीघ्र कुपोषित तथा दुई लाख ३३ हजार १८२ बालबालिका सामान्य अवस्थामा रहेको पाइएको छ।अभियानमार्फत गरिएको परीक्षणले प्रदेशमा कुपोषणको अवस्था चिन्ताजनक रहेको देखाएको मिथिला नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख अशोक भण्डारी

    • प्रकाशित मितिः जेठ २१, २०८३
    • 412 पटक पढिएको
  • तनहुँमा एम्बुलेन्स–मिनी ट्रक ठोक्किँदा सात घाइते, एकको अवस्था गम्भीर

    तनहुँ— तनहुँको म्याग्दे गाउँपालिका–६ मनहरीमा बिहीबार बिहान एम्बुलेन्स र मिनी ट्रक एकापसमा ठोक्किँदा सात जना घाइते भएका छन्।पृथ्वीराजमार्गमा पोखराबाट दमौलीतर्फ आउँदै गरेको ग१ख ५६५९ नम्बरको मिनी ट्रक र विपरीत दिशातर्फ गइरहेको लु.प्र.०१–००१ झ ००४६ नम्बरको एम्बुलेन्स दुर्घटनामा परेका हुन्।जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार एम्बुलेन्समा सवार छ जना र मिनी ट्रक चालक गरी सात जना घाइते भएका छन्। घाइतेमध्ये रोल्पाको थवाङ गाउँपालिका–२ की २५ वर्षीया अन्जना बुढा मगरको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।घाइतेहरूको बेलचौतारास्थित जीपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा उपचार भइरहेको छ। दुर्घटनाबारे

    • प्रकाशित मितिः जेठ २१, २०८३
    • 375 पटक पढिएको
  • लोकप्रिय मतका आधारमा उम्मेदवार चयन गर्ने कांग्रेसको तयारी

    विर्तामोड— नेपाली कांग्रेसले आगामी निर्वाचनमा पार्टीभित्र प्रि–इलेक्शन गराएर प्राप्त लोकप्रिय मतका आधारमा उम्मेदवार चयन गर्ने तयारी गरेको जनाएको छ।विर्तामोडमा बुधबार आयोजित नेपाली कांग्रेस झापाका जिल्ला, क्षेत्र, प्रदेशसभा क्षेत्र तथा गाउँ–नगर पदाधिकारीहरूको संयुक्त भेलालाई सम्बोधन गर्दै कांग्रेस सहमहामन्त्री डा. डिला संग्रौलाले यस्तो जानकारी दिइन्।उनले पार्टीको महाधिवेशन निर्धारित समयमै सम्पन्न गर्न ‘जरा अभियान’ अन्तर्गत क्रियाशील सदस्यता अध्यावधिक कार्यलाई तीव्र बनाउनुपर्ने आवश्यकता औंल्याउँदै सबै तहका संगठनलाई सक्रिय हुन आग्रह गरिन्।संग्रौलाले जेठ २० गते एकैदिन ६२ हजारभन्दा बढी सदस्यले क्रि

    • प्रकाशित मितिः जेठ २१, २०८३
    • 425 पटक पढिएको
  • हिमाली तथा पहाडी भागमा वर्षा हुने, तराईमा गर्मी बढ्ने

    काठमाडौँ। मुलुकको पश्चिमी क्षेत्र आसपास उपल्लो वायुमण्डलमा रहेको न्यून चापीय प्रणाली तथा स्थानीय वायुको प्रभावका कारण देशका हिमाली तथा पहाडी भागमा वर्षा हुने तथा तराईका केही क्षेत्रमा गर्मी बढ्ने सम्भावना छ ।जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अनुसार हाल गण्डकी र कर्णाली प्रदेशका हिमाली तथा पहाडी भागमा साधारणतया बदली रहेको छ भने बाँकी पहाडी भागमा आंशिक बदली र तराईका अधिकांश क्षेत्रमा मुख्यतया मौसम सफा रहेको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भागका एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ।आज दिउँसो देशका हिमाली तथा पहाडी भागमा साधारणतया बदली रहने

    • प्रकाशित मितिः जेठ २१, २०८३
    • 289 पटक पढिएको
  • हुलाकमार्फत घरघरमै राहदानी

    चन्द्रपुर। जिल्ला प्रशासन कार्यालय रौतहटले सेवाग्राहीको राहदानी जिल्ला हुलाक कार्यालय रौतहटमार्फत घरघरमा पु¥याउने सेवा सुरु गरेको छ ।जिल्ला प्रशासन कार्यालय रौतहट र जिल्ला हुलाक कार्यालयबीच गत वैशाख २४ गते भएको सम्झौतापछि पहिलो चरणमा २१ राहदानी सम्बन्धित सेवाग्राहीको घरमै पुगेर हस्तान्तरण अभियान सुरु गरिएको हो । प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले बुधबार गौर नगरपालिका–२ महादेवपट्टिस्थित सेवाग्राही राजु राम र विकास पासवानको घरमा पुगेर राहदानी हस्तान्तरण गर्नुभएको हो । राहदानी हस्तान्तरण गर्नुहँुदै प्रजिअ भुसालले सरकारको सेवा जनताको घरदैलोमै पु¥याउने उद्देश्यअनुसार यो अभियान सुरु गरिएको बताउ

    • प्रकाशित मितिः जेठ २१, २०८३
    • 187 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.