समाचार

    Showing 1,231-1,240 of 18,995 items.
  • रास्वपाका प्रदेश इन्चार्जहरु जिम्मेवारीबाट मुक्त

    काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रदेश इन्चार्जहरूलाई जिम्मेवारीबाट मुक्त गरेको छ । मंगलबार बसेको सचिवालय बैठकले आगामी निर्वाचन केन्द्रित गतिविधिको लागि इन्चार्जको भूमिकामा रहेका नेताहरूलाई जिम्मेवारीबाट मुक्त गरेको हो । रास्वपाका महामन्त्री कबिन्द्र बुर्लाकोटीका अनुसार बैठकले प्रदेश इन्चार्जको भूमिका केन्द्रीय सदस्यहरूलाई तोक्ने निर्णय गरेको छ । ‘प्रदेश इन्चार्जको भूमिका निर्वाह गर्दै आउनुभएका सचिवालय सदस्यहरूलाई विशेष धन्यवाद दिँदै, आगामी निर्वाचन केन्द्रित गतिविधिमा जिम्मेवारी प्रदान गर्ने र प्रदेश इन्चार्जको भूमिका केन्द्रीय सदस्यहरूलाई तोक्ने निर्णय गरियो,’ सचिवालय

    • प्रकाशित मितिः मंसिर १०, २०८२
    • 236 पटक पढिएको
  • प्रहरी वृत गौशलाको नवनिर्मित भवनको उद्घाटन

    काठमाडौं— जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापाले प्रहरी वृत गौशलाको नवनिर्मित भवनको उद्घाटन गरेका छन् । प्रहरी वृत गौशालाको हाताभित्र पुर्ननिर्मीत संरचनाहरुको बुधबार बिहान उद्घाटन गरिएको हो ।उद्घाटन कार्यक्रममा थापाले भवन निर्माण कार्यमा सहयोग पु¥याउने विभिन्न व्यक्तिहरूलाई प्रशंसापत्र तथा कदरपत्र समेत प्रदान गरेका हुन् । नवनिर्मित भवनको उद्घाटन समारोहमा बोल्दै उनले जेनजी आन्दोलनपछि जलेर नष्ट भएका प्रहरी वृतहरुको पुर्नसंरचना निर्मांणमा सहयोग पु¥याउने सबैलाई धन्यवाद दिए । उनले भने, ‘भदौ २४ गते सार्वजानिक संरचना तोडफोड, आगजनी हामीले कल्पना पनि नगरेको दिन हो । त्यस

    • प्रकाशित मितिः मंसिर १०, २०८२
    • 232 पटक पढिएको
  • आज बैंकिङ प्रणालीबाट ३० अर्ब रुपैयाँ झिक्दै राष्ट्र बैंक

    काठमाडौं— तरलता व्यवस्थापनका लागि नेपाल राष्ट्र बैंकले आज बैंकिङ प्रणालीबाट ३० अर्ब रुपैयाँ झिक्न लागेको छ । केन्द्रीय बैंकले तरलता व्यवस्थापनका लागि प्रयोग हुने अल्पकालीन उपकरण निक्षेप संकलन मार्फत ४२ दिन का लागि उक्त रकम झिक्ने तयारी गरेको हो ।राष्ट्र बैंकले पछिल्लो समय प्रत्येक आइतबार र बुधबार नियमित रूपमा बजारबाट तरलता झिक्ने कार्य गर्दै आएको छ । सोही क्रममा आज पनि अनलाइन बिडिङ प्रणालीमार्फत पैसा झिक्ने लागिएको हो ।मध्यान्ह २ बजेदेखि अनलाइन बिडिङमा सहभागी भइ बोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ । इच्छुक बैंक तथा वित्तीय संस्थाले न्यूनतम १० करोड रुपैयाँ तथा अधिकतम ५ करोडका दरले भाग जा

    • प्रकाशित मितिः मंसिर १०, २०८२
    • 280 पटक पढिएको
  • ९०० रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुँदै छ कारोबार ?

    काठमाडौं— नेपाली बजारमा बुधबार सुनको मूल्यमा थप ९०० रुपैयाँले बढेको छ । अघिल्लो दिन तोलामा ५ हजार २०० रुपैयाँले बढ्दै सुनको मूल्य २ लाख ४७ हजार ९०० रुपैयाँमा पुगेको थियो । बुधबार थप ९०० रुपैयाँले बढ्दै सुनको मूल्य २ लाख ४८ हजार ८०० रुपैयाँ पुगेको हो ।यस्तै, आज चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले बढ्दै ३ हजार २२० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन चाँदी प्रतितोला ३ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

    • प्रकाशित मितिः मंसिर १०, २०८२
    • 283 पटक पढिएको
  • निर्वाचन आयोगमा दल दर्ता गराउने आज अन्तिम दिन

    काठमाडौं— प्रतिनिधि सभा सदस्य निर्वाचनमा भाग लिनका लागि निर्वाचन आयोगमा दल दर्ता गराउने आज अन्तिम दिन रहेको छ । आगामी फागुन २१ गते हुने निर्वाचनका लागि भाग लिन निर्वाचन आयोगमा राजनीतिक दल दर्ता गराउने समय आजबाट समाप्त हुन लागेको हो । निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार आयोगमा कुल १३४ दल रहेका छन् भने तीमध्ये मंगलबारसम्म ८० दलले दल दर्ता गराएका छन् । पहिले दर्ता भईसकेको राजनीतिक दलहरूले पनि निर्वाचनमा भाग लिन फेरि दल दर्ता गराउनुपर्ने निर्वाचन आयोगको प्रावधान छ । त्यस अनुसार दल दर्ता र नविकरणका लागि आज अन्तिम दिन रहेको छ ।

    • प्रकाशित मितिः मंसिर १०, २०८२
    • 219 पटक पढिएको
  • एआईमा आधारित वैज्ञानिक खोजलाई अघि बढाउन ट्रम्पद्वारा ‘जेनेसिस मिसन’ शुभारम्भ

    काठमाडौं— अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जेनेसिस मिसन नामक ठूलो राष्ट्रिय पहल सुरु गरेका छन् । जसको उद्देश्य एआई–समर्थित वैज्ञानिक अनुसन्धानलाई तीव्र बनाउनु र विश्वमै अमेरिकाको प्रविधि नेतृत्वलाई थप मजबुत पार्नु हो ।ह्वाइट हाउसद्वारा जारी विज्ञप्ति अनुसार, यो मिसनले संघीय निकायहरूमा रहेको दशकौँ लगानीबाट संकलित विश्वकै सबैभन्दा ठूलो वैज्ञानिक डाटासेट प्रयोग गरी एकीकृत एआई प्लेटफर्म निर्माण गर्नेछ ।विज्ञप्तिमा भनिएको छ,“जेनेसिस मिसनले संघीय वैज्ञानिक डाटासेटहरूको उपयोग गरी ठूला वैज्ञानिक फाउन्डेशन मोडेल प्रशिक्षण गर्ने, एआई एजेन्ट विकास गर्ने, नयाँ वैज्ञानिक परिकल्पना परीक्षण गर्ने, अनुसन्ध

    • प्रकाशित मितिः मंसिर १०, २०८२
    • 233 पटक पढिएको
  • बारामा कम्बाइन मेसिनको ठक्करबाट एक जनाको मृत्यु

    रौतहट— बारामा धान झार्ने मेसिनको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मधेस प्रदेश ०३–००१ त ८३२० नम्बरको कम्बाइन मेसिनले मोटरसाईकललाई ठक्कर दिदा मोटरसाईकल चालकको मृत्यु भएको हो ।महागढीमाई नगरपालिका स्थित इनर्वा चोक नजिक भुतही पुलमा सोमबार राति कम्बाइन मेसिनले ठक्कर दिएको प्रहरीले जानकारी दिएको छ । ठक्करबाट मोटरसाईकल चालक रौतहट मौलापुर नगरपालिका–३ गम्हरिया वस्ने अन्दाजी २२ वर्षीय रुपेश साह सोनारको ज्यान गएको हो ।प्रहरीका अनुसार ठक्करबाट सोनारको घटनास्थलमै मृत्यु भएको हो भने उनीसंगै मोटरसाईकलमा पछाडी सवार  बाराको कोल्हवी नगरपालिका वडा नम्बर १ का करिब २६ वर्षीय सुनिल साह सोनार गम्भीर घाइते भएका

    • प्रकाशित मितिः मंसिर १०, २०८२
    • 248 पटक पढिएको
  • सर्लाहीमा आत्मदाहको प्रयास गरेका पुरुषको उपचारका क्रममा मृत्यु

    सर्लाही— सर्लाहीको लालबन्दी नगरपालिका –७ डुमडुमे मन्दिर नजिक शरीरमा पेट्रोल छरेर आगो लगाई आत्मदाह प्रयास गरेका एक पुरुषको मृत्यु भएको छ।घटनामा गम्भीर घाइते भएका ती पुरुषको उपचारको क्रममा जनकपुरमा मृत्यु भएको प्रहरीले जनाएको छ। मृत्यु हुनेमा झापाको गौरादह नगरपालिका – २ निवासी धनपती पोखरेलका छोरा ५५ वर्षीय सूर्य प्रसाद पोखरेल रहेका छन्।प्रहरीका अनुसार गएसाँझ करिब ७ः४० बजे सो स्थानमा उनले आफैं शरीरमा पेट्रोल छरेर आगो लगाएका थिए। स्थानीयले आगो लागेको देखेपछि करिब ७ः५० बजे इलाका प्रहरी कार्यालय लालबन्दीमा खबर गरेका थिए।इलाका प्रहरी कार्यालय लालबन्दीबाट प्रहरी निरीक्षक बिरेन्द्र सिंह जोहारीको कमाण्ड

    • प्रकाशित मितिः मंसिर १०, २०८२
    • 267 पटक पढिएको
  • आज विधायन व्यवस्थापन समितिको बैठक बस्दै

    काठमाडौं— आज राष्ट्रिय सभा अन्तरगतको विधायन व्यवस्थापन समितिको १४० औँ बैठक बस्ने भएको छ । बैठक बुधबार बिहान ११ः३० बजे सिंहदरवारस्थित संघीय संसद सचिवालयको समिति हलमा बस्ने भएको हो । बैठकमा चलचित्र विधेयक, २०८१ मा दफावार छलफल गरिने कार्यसूची रहेको छ । 

    • प्रकाशित मितिः मंसिर १०, २०८२
    • 259 पटक पढिएको
  • लागू औषध ब्राउन सुगर सहित २ जना पक्राउ

    मोरङ । मोरङको विराटनगर-१३ स्थितबाट लागू औषध ब्राउन सुगर सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । मंसिर ०९ गते लागू औषध बेचबिखन भईरहेको छ भन्ने बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय रानी र लागू औषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा जहदा गाउँपालिका-१ का उपेन्द्र यादव र अजय कुमार यादवलाई ७६ ग्राम ५० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो । पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।

    • प्रकाशित मितिः मंसिर १०, २०८२
    • 72 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा