समाचार

    Showing 1,181-1,190 of 25,313 items.
  • जुम्लाको कनकासुन्दरी माविमा अज्ञात समुहद्वारा तोडफोड

    जुम्ला— जुम्लाको कनकासुन्दरी गाउँपालिका–५ लुड्कुस्थित कनकासुन्दरी माध्यमिक विद्यालयमा अज्ञात समूहले मध्यरातमा प्रवेश गरी तोडफोड तथा आगजनीको प्रयास गरेको छ । विद्यालयका डिजिटल उपकरण, शैक्षिक सामग्री तथा पूर्वाधारमा ठूलो क्षति पुगेको विद्यालय प्रशासनले जनाएको छ ।विद्यालयका प्रधानाध्यापक नारायण न्यौपानेका अनुसार जेठ २१ गते राति करिब ९ बजेपछि अज्ञात व्यक्ति वा समूह विद्यालय परिसरमा प्रवेश गरी मुख्य विद्युत् लाइनको एमसीबी बन्द गरेर तारहरू काटेका थिए । त्यसपछि कार्यालय र कक्षाकोठामा रहेका विभिन्न उपकरणहरूमा तोडफोड गरिएको थियो ।विद्यालयका अनुसार तोडफोडबाट १० वटा कम्प्युटर सीपीयू, दुई वटा ल्यापटप, स्म

    • प्रकाशित मितिः जेठ २३, २०८३
    • 403 पटक पढिएको
  • आठ विश्वविद्यालयका उपकुलपतिको सर्टलिस्ट सार्वजनिक

    काठमाडौं—  विभिन्न आठ विश्वविद्यालयका उपकुलपति नियुक्तिका लागि प्राप्त आवेदनमध्ये अल्पसूची (सर्टलिस्ट) मा परेका उम्मेदवारहरूको नामावली सार्वजनिक गरिएको छ । उपकुलपति पदमा नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिको आज बसेको बैठकले त्रिभुवन विश्वविद्यालय, पोखरा विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, लुम्बिनी बौद्ध विश्वविद्यालय, कृषि तथा वन विज्ञान विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय र राजर्षि जनक विश्वविद्यालयकाको उपकुलपतिको उम्मेदवारको सर्टलिस्ट सार्वजनिक गरेको हो ।‘विभिन्न विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिससम्बन्धी एकीकृत का

    • प्रकाशित मितिः जेठ २३, २०८३
    • 435 पटक पढिएको
  • सडक किनारा, पार्क, नदी किनाराहरुमा समी, कपुर, फलफुलका विरुवा रोपिए

    काठमाडौं—  विश्व वातावरण दिवसको अवसरमा पारेको काठमाडौं महानगरपालिकाले ४४९ वटा विरुवा रोपेको छ । उद्यान तथा हरियाली प्रवर्धन आयोजनाले वडा नं. १७ र वडा नं. १९ का नदी किनारा, पशुपति क्षेत्र, कालीमाटी लगायत स्थानमा समी, कपुर, धुपी, फलफूल र फूलका विरुवा रोपेको हो ।लखतीर्थमा आयोजित कार्यक्रममा महानगरको वातावरण समितिका संयोजक बालकृष्ण महर्जन, पूर्वाधार समितिका संयोजक राजेशकुमार श्रेष्ठ, वित्त समितिका संयोजक ईश्वरमान डंगोलसहित स्थानीय संघसंस्था तथा समुदायका अगुवाहरुले विरुवा रोपेका हुन् । लखतीर्थसँगै कंकेश्वरीमा भएको वृक्षारोपणमा वडाका जनप्रतिनिधि, नेपाल खड्गी सेवा समिति, नेपाल ग्रीस मैत्री तथा स

    • प्रकाशित मितिः जेठ २३, २०८३
    • 535 पटक पढिएको
  • यस्तो छ लागि विदेशी मुद्राको विनिमय दर

    काठमाडौं— नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसनुसार आज अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ६२ पैसा र बिक्रीदर १५२ रुपैयाँ २२ पैसा निर्धारण गरिएको छ ।राष्ट्र बैंकका अनुसार युरोपियन युरो एकको खरिददर १७६ रुपैयाँ ४७ पैसा र बिक्रीदर १७७ रुपैयाँ १७ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०४ रुपैयाँ २५ पैसा र बिक्रीदर २०५ रुपैयाँ ०६ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १९२ रुपैयाँ ५१ पैसा र बिक्रीदर १९३ रुपैयाँ २७ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर १०८ रुपैयाँ २९ पैसा र बिक्रीदर १०८ रुपैयाँ ७२ पैसा कायम गरिएको छ ।यस्तै, क्यानेडियन डलर एकको खरिददर १०९ रुपै

    • प्रकाशित मितिः जेठ २३, २०८३
    • 409 पटक पढिएको
  • आजको मौसमः तराई भूभागका केही स्थानमा तातो दिन हुने सम्भावना

    काठमाडौं— हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा तथा स्थानीय वायूको आंशिक प्रभाव रहेको छ ।हाल लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत बाँकी हिमाली तथा पहाडी भूभागमा साधारणतया बादल र तराई भूभागमा मुख्यतया सफा रहेको छ। बागमती र गण्डकी प्रदेशको पहाडी र हिमाली भूभागको थोरै स्थानहरु तथा कोशी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ ।आज दिउँसो देशको हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ तथा तराई भूभागमा आंशिक बादल लाग्नेछ। कोशी, लुम्बिनी, कर्णाली प्रदेश लगायत देशको हिमाली र पहाडी

    • प्रकाशित मितिः जेठ २३, २०८३
    • 455 पटक पढिएको
  • विश्व वातावरण दिवस : विश्वव्यापी वातावरणीय शासनको ऐतिहासिक कोशेढुङ्गा

    देशबन्धु बिश्वामित्र:  विश्व वातावरण दिवसको संस्थागत स्थापना अन्तर्राष्ट्रिय सम्बन्धको इतिहासमा एक महत्वपूर्ण उपलब्धि हो, जसले वातावरण संरक्षणलाई औपचारिक रूपमा विश्व राजनीतिक तथा कूटनीतिक बहसको केन्द्रमा स्थापित गरेको छ। संयुक्त राष्ट्रसंघको महासभाले सन् १९७२ डिसेम्बर १५ मा प्रस्ताव नं. २९९४ पारित गर्दै यसको स्थापना गरेको थियो। यस विश्वव्यापी अभियानको उद्देश्य वातावरणीय सचेतना अभिवृद्धि गर्नु, राजनीतिक प्रतिबद्धता सुदृढ गर्नु तथा प्राकृतिक स्रोतहरूको दिगो व्यवस्थापनका लागि संरचनात्मक परिवर्तनलाई प्रोत्साहन गर्नु थियो। सन् १९७३ जुन ५ मा “ओनली वन ईर्थ ” (हाम्रो एउटै पृथ्वी) भन्ने मूल नारासह

    • प्रकाशित मितिः जेठ २३, २०८३
    • 390 पटक पढिएको
  • नयाँ शक्ति निर्माणको संकेत : भूमिका, दायित्व र जनअपेक्षाको राजनीतिक

    देवेन्द्र किशोर:  नेपालको राजनीतिक इतिहास परिवर्तन, संक्रमण र पुनर्संरचनाका अनेक अध्यायहरूले भरिएको छ। प्रत्येक राजनीतिक चक्रमा जनताले वैकल्पिक नेतृत्व र नयाँ राजनीतिक संस्कृतिको खोजी गरेका छन्। पछिल्लो समय परम्परागत राजनीतिक दलहरूप्रति बढ्दो असन्तुष्टि, सुशासनको अभाव, भ्रष्टाचारका श्रृंखलाबद्ध घटनाक्रम तथा राष्ट्रिय स्वाभिमानसम्बन्धी बहसले नेपाली राजनीतिमा नयाँ ध्रुवीकरणको वातावरण सिर्जना गरिरहेको छ। यही परिवेशमा डा. धवल शम्शेर राणा र दुर्गा प्रसाईँबीच सम्पन्न ११ बुँदे सहमतिले नयाँ राजनीतिक शक्ति निर्माणको सम्भावनालाई औपचारिक आकार दिएको छ।यो सहमति केवल दुई व्यक्तित्वबीचको राजनीतिक सहकार्

    • प्रकाशित मितिः जेठ २३, २०८३
    • 436 पटक पढिएको
  • लिपुलेकको छायाँमा नेपाल: पृष्ठभूमि, वर्तमान र अन्तर्राष्ट्रियकरणको सम्भावना

    देवेन्द्र किशोर:   लिपुलेख, कालापानी र लिम्पियाधुरा क्षेत्रको विवाद नेपाल-भारत सम्बन्धको सबैभन्दा संवेदनशील धागो हो। यो धागोको जरो १८१६ को सुगौली सन्धिमा गाँसिएको छ। २१० वर्षपछि पनि त्यही गाँठो नखुलेकै कारण यो मुद्दा बारम्बार तातिन्छ। हालै नेपालका प्रधानमन्त्री बालेन्द्र शाहले संसदमा यो विषय उठाएर र "बेलायतको संलग्नता" को कुरा गरेर, भारत-चीनबीच लिपुलेकबाट कैलाश मानसरोवर यात्रा तथा व्यापार पुनःसुरु हुने घोषणापछि विवादले नयाँ आयाम पाएको छ।  लिपुलेख विवादको पृष्ठभूमि, वर्तमान अवस्था र यसले दक्षिण एसियाली राजनीतिमा नेपाललाई केन्द्रमा राख्ने सम्भावनालाई नेपाल पक्षलाई केन्द्रमा राखेर

    • प्रकाशित मितिः जेठ २३, २०८३
    • 321 पटक पढिएको
  • खैरो हेरोइन कारोबारमा संलग्न काठमाडौँबाट १० जना पक्राउ

    काठमाण्डौ । खैरो हेरोइन कारोबारमा संलग्न दोलखाका एक सहित १० जना काठमाडौँमा पक्राउ परेका छन् ।उनीहरुलाई काठमाडौं उपत्यकाको विभिन्न क्षेत्रबाट खैरो हेरोइनसहित पक्राउ गरिएको हो ।पक्राउ पर्नेमा दोलखाको कालिन्चोक गाउँपालिका–७ का २१ वर्षीय सागर शिवाकोटी, काठमाडौं महानगरपालिका–१६ का ३० वर्षीय आयुष श्रेष्ठ , ४० वर्षीय सनि श्रेष्ठ र ३५ वर्षीया किभा श्रेष्ठ, वडा नम्वर १९ का ३७ वर्षीय सुरेश शाही खड्गी तथा भक्तपुरको नयाँ ठिमी नगरपालिका–२ का ३५ वर्षीय भगवान् थापामगर लगाएत रहेका छन् ।उनीहरुलाई नेपाल प्रहरीको लागु औषध नियन्त्रण ब्यूरोले लागुऔषध खैरो हेरोइनको कारोबारमा संलग्न रहेको आरोपमा पक्राउ गरेको हो । उन

    • प्रकाशित मितिः जेठ २३, २०८३
    • 249 पटक पढिएको
  • श्रीमतीको हत्या आरोपमा नेपाली ब्रो कुमार थापा पक्राउ

    काठमाडौं । टिकटकमा ‘नेपाली ब्रो’का रूपमा परिचित प्रो रेस्लर कुमार थापा श्रीमतीको हत्या गरेको आरोपमा प'क्राउ परेका छन्। प्रहरीका अनुसार शुक्रबार बेलुका बालाजुस्थित आफ्नै कोठामा धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेको आरोपमा थापालाई नियन्त्रणमा लिइएको हो।घटनापछि गम्भीर घाइते भएकी महिलालाई उपचारका लागि अस्पताल लगिएकोमा उपचारकै क्रममा उनको निधन भएको छ।घटनापछि थापा आफैं बालाजु प्रहरी वृत्तमा आत्मसमर्पण गर्न पुगेका थिए। उनलाई अहिले प्रहरी वृत्त बालाजुमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।स्रोतका अनुसार थापा दम्पतीबीच लामो समयदेखि पारिवारिक वि'वाद थियो र सम्बन्ध विच्छेदको मुद्दा समेत

    • प्रकाशित मितिः जेठ २३, २०८३
    • 345 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.