समाचार

    Showing 1,181-1,190 of 18,990 items.
  • निर्माणको अन्तिम चरणमा ठिनी खोलाको पुल

    मुस्ताङ। घरपझोङ गाउँपालिका–५ भएर बग्ने ठिनी खोलाको निर्माणाधीन मोटरेबल पुल अन्तिम चरणमा पुगेको छ । गण्डकी प्रदेश भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत पूर्वाधार विकास कार्यालयले घरपझोङ चक्रपथ सडक जोड्न यो योजना कार्यान्वयनमा गरेको हो ।यो पुलकोे ८ दशमलव ४ मिटर चौडा र ३५ मिटर लामो हुने पूर्वाधार विकास कार्यालयका इन्जिनियर घनश्याम रोक्कामगरले जानकारी दिनुभयो । पुलको लागत रु चार करोड ४६ लाख छ । पुल आगामी साउन २८ गतेसम्ममा सम्पन्न गर्ने लक्ष्य छ ।  

    • प्रकाशित मितिः मंसिर ११, २०८२
    • 193 पटक पढिएको
  • चितवनको कयरखोलमा पक्की पुल निर्माण हुँदै

    नारायणगढ। कालिका नगरपालिका–१० सिद्धि तिनदोभानस्थित कयर खोलामा पक्की पुल निर्माण सुरु भएको छ । धबार एक विशेष समारोहबीच नगरप्रमुख विनोद रेग्मीले पुलको शिलान्यास गर्नुभयो । पुलका निम्ति रु चार करोड ३८ लाख ६७ हजार ८५५ विनियोजन गरिएको उहाँले बताउनुभयो ।पुल २०८३ पुस ३० गतेभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य छ । पुल प्रि–स्ट्रेस्ड कन्क्रिट ब्रिज, ४० मिटर स्पान, सवारी भाग (डेक) छ मिटर र कूल चौडाइ ८.४ मिटर हुनेछ । पुलका दुवैतर्फ ६०–६० मिटर एप्रोच सडक पनि निर्माण कम्पनीले बनाउने सम्झौता भएको नगरप्रमुख रेग्मीले बताउनुभयो ।

    • प्रकाशित मितिः मंसिर ११, २०८२
    • 166 पटक पढिएको
  • जेनजी आन्दोलनका सहिदः ‘सहिद घोषणा मात्रै होइन, न्याय पनि चाहिन्छ’

    अर्घाखाँची। समयको पाना फेरिँदै गए पनि जेनजी आन्दोलनका क्रममा सहिद भएका व्यक्तिहरुको परिवारको मनमा लागेको घाउ भने अझै पनि रगताम्य छ । आफ्नो परिवारको सदस्य गुमाउनु पर्दाको पीडा एकातिर छभने उनीहरुको बलिदानीअनुसार राज्यमा परिवर्तन आउँदैन कि भन्ने चिन्ता पनि उत्तिकै रहेको छ । जेनजी आन्दोलनका क्रममा गत भदौ २३ गते काठमाडौँको बानेश्वरमा प्रहरीको गोली लागेर मृत्यु हुनुभएका अर्घाखाँची भूमिकास्थान नगरपालिका–४ धारापानीका माधव सारु मगरको परिवारमा पनि यो पीडा र चिन्ता रहेको पाइन्छ ।  परिवारले छोरा गुमाएको दुःखमाथि सरकारले दिएको प्रतीक्षाको बोझ बोकिरहेका छन् । औपचारिक रूपमा सहिद घोषणा भएको सुन्दा ए

    • प्रकाशित मितिः मंसिर ११, २०८२
    • 199 पटक पढिएको
  • वीरगञ्जबाट ३३ अर्ब २१ करोडका उत्पादन निर्यात

    वीरगञ्ज— वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको प्रथम चार महिनामा रु ३३ अर्ब २१ करोड बराबरका उत्पादन निर्यात भएका छन् ।गत आवको सोही अवधिमा रु १३ अर्ब ६४ करोड मूल्य बराबरका उत्पादन निर्यात भएका थिए ।वीरगञ्ज भन्सारका प्रमुख विष्णुप्रसाद ज्ञवालीका अनुसार रु १७ अर्ब ३२ करोडको भटमासको तेल र रु दुई अर्ब ६० करोड बराबरको फलफूलको जुस निर्यात भएको छ ।

    • प्रकाशित मितिः मंसिर ११, २०८२
    • 293 पटक पढिएको
  • मुख्यमन्त्री बानियाँद्वारा बकैया गाउँपालिकाको नयाँ प्रशासनिक भवन उद्घाटन

    हेटौंडा— पूर्वी मकवानपुरको बकैया गाउँपालिका कार्यालयको सुविधा सम्पन्न प्रशासनिक भवन उद्घाटन भएको छ । बुधबार बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले नवनिर्मित प्रशासनिक भवनको  उद्घाटन गरेका हुन् । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले लोकतान्त्रिक व्यवस्थाले नागरिकलाई सही प्रतिनिधि छान्ने मात्र नभइ मन नलागे पार्टी वा उम्मेदवार बदल्नेसमेत स्वतन्त्रता दिएको बताएका छन् । उनले लोकतन्त्र, संघीयता र समावेशी गणतन्त्रले देशका भूगोल, समुदाय र वर्गलाई न्याय दिलाउने संरचना स्थापित गरेको उल्लेख गरे । मुख्यमन्त्री बानियाँले गणतन्त्र र समावेशी संरचना देशभर ल

    • प्रकाशित मितिः मंसिर ११, २०८२
    • 285 पटक पढिएको
  • भीषण आगलागीपछि ठेकेदार पक्राउ, २७९ जनाको अवस्था अज्ञात

    काठमाडौं— हङकङको ताई पोस्थित वाङ फुक कोर्ट हाउजिङ कम्प्लेक्समा लागएको भयानक आगलागीले ४४ जनाको ज्यान लिएको छ । अधिकारीहरूले अहिलेसम्म २७९ व्यक्तिको अवस्थाबारे पुष्टि हुन बाँकी रहेको बताएका छन्।आगो हिजो बिहान पौने ३ बजेतिर शुरू भएको थियो । द्रुतगतिमा फैलिँदै गएपछि आगो  स्थानीय प्रशासनले हङकङको सबैभन्दा उच्च तहको ‘लेभल–फाइभ अलार्म’ जारी गर्यो ।घटनामा ४५ जना गम्भीर घाइते भएका छन् र उनीहरूको उपचार भइरहेको छ । आगलागीको कारणबारे अनुसन्धान जारी छ, तर धेरैले चुरोटको ठुटोबाट आगो लाग्ने सम्भावना व्यक्त गरेका छन्।आगो नियन्त्रणमा लिन ८०० भन्दा बढी अग्नि नियन्त्रकहरू १८ घण्टा सम्म खटिएका थिए। प्रह

    • प्रकाशित मितिः मंसिर ११, २०८२
    • 326 पटक पढिएको
  • आज आठौं सामाजिक सुरक्षा दिवस मनाइँदै

    काठमाडौं— ‘सामाजिक सुरक्षा सर्वव्यापी स्वास्थ्य सेवाको पहुँच, पेन्सनयोग्य समाज र उत्पादकत्व अभिवृद्धिसहित नागरिक जीवनको रक्षा’ भन्ने नारासहित आज देशभर आठौं सामाजिक सुरक्षा दिवस मनाइँदै छ ।‘असल श्रम सम्बन्धको आधार सामाजिक सुरक्षा र रोजगार’ भन्ने मूल मन्त्रसहित आठ वर्षअघि योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम घोषणा भएको दिनको सम्झनामा प्रत्येक वर्ष मङ्सिर ११ मा सामाजिक सुरक्षा दिवस मनाइन्छ  ।नेपालको संविधानमा सुनिश्चित सामाजिक सुरक्षासम्बन्धी मौलिक हक कार्यान्वयन गर्ने उद्देश्यसहित सरकारले २०७५ मङ्सिर ११ गते योगदानमा आधारित सामाजिक सुरक्षा योजना औपचारिक रूपमा घोषणा गरेको थियो ।श्रमिकको

    • प्रकाशित मितिः मंसिर ११, २०८२
    • 321 पटक पढिएको
  • विद्युत नियमन आयोगलाई साफिर सदस्यता दिने सरकारको निर्णय

    काठमाडौं— सरकारले विद्युत नियमन आयोगलाई साउथ एसिया फोरम फर इन्फ्रास्टक्चर रेगुलेशन (साफिर) अर्थात् दक्षिण एसियाली पूर्वाधार नियमन मञ्चको सदस्यता प्राप्त गर्न स्वीकृति दिने निर्णय गरेको छ ।गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले आयोगलाई साफिरको सदस्यताका लागि अनुमति प्रदान गरेको हो । आयोग विगत केही वर्षदेखि सदस्यता प्राप्त गर्ने प्रक्रियामा सक्रिय रूपमा संलग्न हुँदै आएको थियो ।आयोगका अनुसार क्षेत्रीय तथा अन्तरराष्ट्रिय नियामक संस्थाहरूसँग अनुभव साटासाट गर्न, उत्कृष्ट अभ्यास अपनाउन तथा नियामकीय सीप र क्षमता विकास गर्न साफिरको सदस्यता अत्यन्त उपयोगी हुने अपेक्षा गरिएको छ ।सदस्यता प्राप्त भएपछि आयोग

    • प्रकाशित मितिः मंसिर ११, २०८२
    • 332 पटक पढिएको
  • सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दै, गृहमन्त्रीसँग विशेष छलफल हुने

    काठमाडौं— आज राष्ट्रिय सभा अन्तरगतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको ३०८ औँ बैठक बस्ने भएको छ । बैठक बिहीबार दिउँसो १ः३० बजे सिंहदरवारस्थित संघीय संसद सचिवालयको समिति हलमा बस्ने भएको हो । बैठकमा गृहमन्त्रीसँग समसामयिक विषयमा छलफल गरिने कार्यसूचीमा तय गरिएको छ । 

    • प्रकाशित मितिः मंसिर ११, २०८२
    • 344 पटक पढिएको
  • पर्यटकहरूलाई अनावश्यक हैरानी दिने, लुटपाट गर्ने १३ जना पक्राउ

    काठमाडौं— काठमाडौंको ठमेल क्षेत्रमा स्वदेशी तथा विदेशी पर्यटकहरूलाई अनावश्यक हैरानी दिने, लुटपाट गर्ने, जबरजस्ती यौन जन्य क्रियाकलापमा संलग्न गर्ने १३ जना व्यक्तिहरु पक्राउ परेका छन् । पक्राउ पर्नेमा काभ्रेपलान्चोक जिल्लाको मण्डनदेउपुर नगरपालिका– ५ घर भइ हाल ठमेल बस्ने १९ वर्षको बादल तामाङ, बाजुरा २२ वर्षको गणेश नाथ, तनहुँ बन्दिपुर गाउँपालिका २४ वर्ष को बिशाल थापा मगर, सिन्धुलीका २० वर्षीय गणेश तामाङ रहेका छन् । यस्तै, सर्लाहीका १९ वर्षीय सागर मगर, सुनसरीका २२ वर्षीय रमेश क्षेत्री, दोलखाका १९ वर्षीय बिशाल नेपाली, रामेछापका वर्ष २१को मिलन नेपाली, गोरखाका वर्ष २२ को बिवश खनखवास, बाँकेक

    • प्रकाशित मितिः मंसिर ११, २०८२
    • 297 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा