समाचार

    Showing 11,491-11,500 of 25,747 items.
  • क्रेनले फलाम उठाउने क्रममा लागेर अपरेटरको मृत्यु

    बारा— जिल्लाको जीतपुर सिमरा उपमहानगरपालिका–९ स्थित नारायणी स्पार्क प्रालिमा गए राति फलामले लागेर एक ‘क्रेन अपरेटर’को मृत्यु भएको छ ।क्रेनले फलाम उठाउने क्रममा आफैँलाई लागेर भारत उत्तर प्रदेश ननौरा बलियाका ५३ वर्षीय रामभवन यादवको मृत्यु भएको हो ।फलामले टाउकोमा लागेर गम्भीर घाइते भएका यादवको उपचारका क्रममा वीरगञ्जस्थित नारायणी अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक खेम नेपालले जानकारी दिए ।

    • प्रकाशित मितिः साउन २२, २०८२
    • 477 पटक पढिएको
  • कस्तो रहनेछ आजको मौसम

    काठमाण्डौ ।  देशभर मनसुनको प्रभाव रहेता पनि जलवाष्पयुक्त हावाको प्रभाव केही कमजोर देखिएको छ। जसको प्रभावले देशको पहाडी भूभागमा साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहेको छ। बागमती प्रदेशका पहाडी भूभागको थोरै स्थानहरू तथा कोशी, मधेस, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी र तराई भूभागका केहि स्थानमा मध्यम वर्षा भइरहेको छ।दिउँसो कोशी र लुम्बिनी प्रदेशलगायत देशको पहाडी भूभागमा साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ। कोशी र लुम्बिनी प्रदेशको पहाडी र तराई भूभागका केही स्थानहरू तथा बाँकी प्रदेशका पहाडी र तराई भूभागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमत

    • प्रकाशित मितिः साउन २२, २०८२
    • 296 पटक पढिएको
  • यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

    काठमाण्डौ । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ०८ पैसा र बिक्रीदर १४० रुपैयाँ ६८ पैसा निर्धारण गरिएको छ ।युरोपियन युरो एकको खरिददर १६२ रुपैयाँ ६६ पैसा र बिक्रीदर १६३ रुपैयाँ ३६ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८६ रुपैयाँ ७१ पैसा र बिक्रीदर १८७ रुपैयाँ ५१ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १७३ रुपैयाँ ६६ पैसा र बिक्रीदर १७४ रुपैयाँ ४० पैसा कायम गरिएको छ ।अष्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ १४ पैसा र बिक्रीदर ९१ रुपैयाँ ५३ पैसा, क्यानेडियन डलर एकको खरिददर १०१ रुपैयाँ ८९ पैसा र

    • प्रकाशित मितिः साउन २२, २०८२
    • 491 पटक पढिएको
  • श्रीलंकाका कार्यवाहक राजदूतद्वारा गृहमन्त्री लेखकसँग भेटवार्ता

    काठमाडौं । गृहमन्त्री रमेश लेखकलाई नेपालका लागि श्रीलंकाका कार्यवाहक राजदूत चामीरा मुनासिंघेले शिष्टचार भेट गरेका छन् । बुधबार गृह मन्त्रालयमा गृहमन्त्री लेखकसँग श्रीलंकाका कार्यवाहक राजदूत मुनासिंघेले भेटवार्ता गरेका हुन् ।उक्त अवसरमा गृहमन्त्री लेखकले नेपाल–श्रीलंकाबिच मित्रवत् सम्बन्धको चर्चा गर्दै बुद्ध भगमानको जन्मस्थल लुम्बिनीको विकासमा श्रीलंकाले पुर्याएको योगदानका लागि धन्यवाद दिए । साथै आगामी दिनमा नेपाल– श्रीलंकाबिचको दुई पक्षीय सम्बन्धलाई थप मजबुत बनाउँदै जानुपर्नेमा जोड दिए । यस्तै कार्यवाहक राजूदतले पनि नेपाल–श्रीलंकाबिचको सम्बन्ध थप प्रगाढ भएर जाने विश्वास व्यक्त गरे । श्रील

    • प्रकाशित मितिः साउन २१, २०८२
    • 439 पटक पढिएको
  • संघीयताको बारेमा नीतिगत रुपमा गम्भिर हुनुपर्छ : मन्त्री न्यौपाने

    काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले संघीयताको बारेमा नीतिगत रुपमा के समस्याहरु छन् भन्ने विषयमा गम्भिर हुनुपर्ने बताएकी छन् । बुधबार काठमाडौंमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले संघीयतालाई सुदृढ बनाउनको लागि तीन तहको बीचमा समन्वय हुनुपर्ने भन्दै यसमा नीतिगत रुपमा के समस्याहरु छन् त्यसमा गम्भिर हुनुपर्ने बताईन् । उनले भनिन्, ‘प्रशासनिक संघीयतालाई सुदृढ बनाउनुपर्ने छ । हाम्रो संघीयतालाई सुदृढ बनाउनुपर्ने छ त्यसको लागि तीन तहको बीचमा समन्वय गर्नुपर्ने छ । कर्मचारी समायोजन, व्यवस्थापनका कुराहरु छन् । यी सबै पाटोलाई राम्रो गरि अध्यन गर्नुपर्छ भन्ने म

    • प्रकाशित मितिः साउन २१, २०८२
    • 311 पटक पढिएको
  • चिनी मिलको गेट अगाडि किसानहरुको विरोध प्रदर्शन

    रौतहट –  रौतहटको कटहरियामा रहेको बाबा बैजुनाथ सुगर एण्ड केमिकल इण्डष्ट्रिज (चिनी मिल) को मुलगेट अगाडि उखु किसानहरूले विरोध प्रदर्शन गरेका छन् ।उखु उत्पादक संघ रौतहटको अगुवाइमा मंगलबार किसानहरूले टायर बालेर विरोध प्रदर्शन गरेका हुन् । उखु उत्पादक संघ रौतहटका अध्यक्ष अशोक यादवले सरकारले दिने भनिएको अनुदान रकम तुरुन्त उपलब्ध गराउनु पर्ने बताए । उनले ७० रूपैयाँ प्रतिक्विन्टल अनुदान पूर्ण रूपमा दिनुपर्ने  र ३५ रूपैयाँ कटौती खारेज गर्नुपर्ने लगायत आफूहरुको मुख्य माग भएको जानकारी दिए । उनका अनुसार ८१÷८२ मा बाँकी रहेको १ अर्ब ६० करोड रुपैयाँभन्दा बढी अनुदान रकम अझै किसानले पाए

    • प्रकाशित मितिः साउन २१, २०८२
    • 473 पटक पढिएको
  • देशका सबै संघीय अस्पतालमा डिजिटल भुक्तानी हुने

    काठमाडौं— अब देशका सबै संघीय अस्पतालमा डिजिटल भुक्तानी हुने भएको छ । संघीय अस्पतालको सेवा डिजिटल बनाउने मन्त्री प्रदीप पौडेलको योजनाअनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै संघीय अस्पताल तथा प्रतिष्ठानलाई बुधबार पत्र पठाएर बिलको भुक्तानी अनलाइन तथा क्यूआरमार्फत् डिजिटल भुक्तानीको व्यवस्था मिलाउन भनेको हो ।मन्त्री पौडेलले अस्पतालमा हुने भीड व्यवस्थापनका लागि नौ बुँदे सुधार योजना कार्यान्वयनमा लैजान पहल गरेका थिए । मन्त्री पौडेलले नागरिकलाई टिकट लिन तथा भुक्तानीका लागि सकेसम्म कम सास्ती र भीड कम हुने गरी काम अघि बढाउन अधिकारीहरूलाई भनेका थिए ।यसअन्तर्गत डिजिटल पेमेन्टलाई समेत अघि

    • प्रकाशित मितिः साउन २१, २०८२
    • 702 पटक पढिएको
  • गायक पशुपति शर्मा चढेको कार दुर्घटना

    काठमाडौं— गायक पशुपति शर्मा सवार कार दुर्घटना भएको छ । बुधबार दिउँसो सिद्धार्थ राजमार्गअन्तर्गत स्याङ्जाको भीरकोट नगरपालिका–२ मा कार दुर्घटना भएको हो ।जिल्ला प्रहरी कार्यालय स्याङ्जाका डीएसपी बाबुराम न्यौपानेले सामान्य दुर्घटना भएको जानकारी दिए।उनका अनुसार पोखराबाट वालिङ जाँदै गरेको ग १ च ४१७१ नम्बरको कार अनियन्त्रित भएर कल्भर्टमा ठोक्किएको थियो ।कारमा सवार ४ जनालाई ठूलो चोट नलागेको डीएसपी न्यौपानेले जनाए । गायक शर्माको देब्रे हातको कान्छी औंला भाँचिएको छ । कारमा सामान्य क्षति पुगेको छ ।गायक शर्मा सांगीतिक कार्यक्रमको लागि स्याङ्जा पुगेका हुन् ।

    • प्रकाशित मितिः साउन २१, २०८२
    • 860 पटक पढिएको
  • सात रोपनी ट्राफिक कार्यालयको जमिन साट्ने तयारी, बालेनले मागे साइबर व्युरो भवन

    काठमाडौं –  नेपाल प्रहरीको साइबर व्युरो कार्यालय रहेको भोटाहिटीस्थित भवनमा काठमाडौं महानगरपालिकाको वडा कार्यालय राख्नका लागि मेयर बालेन्द्र साह (बालेन) ले माग गरेका छन् । त्यसको बदलामा रामशाहपथस्थित उपत्यका ट्राफिक प्रहरी महाशाखा रहेको सात रोपनी जमिनमध्ये पाँच रोपनी प्रहरीकै स्वामीत्वमा रहने गरी दिन उनी तयार भएका छन् ।प्रहरी महानिरीक्षक दीपक थापासहितको प्रहरी टोलीसँग मंगलबार भएको भेटका क्रममा बालेनले भोटाहिटीको भवन मागेका हुन् । प्रहरी टोली भने महानगरको स्वामीत्वमा रहेको रामशाहपथस्थित घोडा तवेलाको जमिनमा रहेको ट्राफिक कार्यालयको जमिनको स्वामीत्व माग गर्न बालेनलाई भेट्न पुगेको थियो ।सात रो

    • प्रकाशित मितिः साउन २१, २०८२
    • 696 पटक पढिएको
  • ‘बझाङको बाघ’ रविन्द्र ढाँटलाई राष्ट्रपति पौडेलको सम्मान

    काठमाडौं –  राष्ट्रपति रामचन्द्र पौडेलले भारतमा भएको ‘म्याट्रिक्स फाइटर नाइट’ को उपाधि विजेता एमएमए फाइटर रविन्द्र ढाँटलाई सम्मान गरेका छन्।‘बझाङको बाघ’ उपनामले परिचित ढाँटलाई बधाई दिँदै राष्ट्रपति पौडेलले उनको जितले देशकै गौरव बढाएको बताए।सो अवसरमा राष्ट्रपति पौडेलले खेलाडीहरूको भविष्य खेलकुद क्षेत्रमै सुरक्षित गर्नेतर्फ सरकारको ध्यानाकर्षण गराए।उनले भने, ‘देश विदेशका प्रतियोगितामा प्रतिस्पर्धा र प्रशिक्षणको अवसरसँगै आवश्यक सुविधा दिएर खेलाडीको सम्मान गर्न सके मात्रै हाम्रा खेलाडीहरूले कीर्तिमान र सफलता हासिल गर्न सक्दछन्।’खेलकुदले व्यक्तिको शारीरिक, मानसिक र समग्र व्यक्तित्व विकासमा महत

    • प्रकाशित मितिः साउन २१, २०८२
    • 633 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.