समाचार

    Showing 11,491-11,500 of 19,794 items.
  • सरकारी जग्गा हडपेको विवरण सङ्कलन गर्न गृहको निर्देशन

    काठमाडौँ ।  गृह मन्त्रालयले सार्वजनिक एवं सरकारी स्वामित्वको जग्गा कसैले हडपेको भए त्यसको यकिन विवरण मन्त्रालयसमक्ष पेस गर्न ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ ।मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले सरकारी जग्गा अतिक्रमण हुन नदिन देशभरका प्रशासन कार्यालयलाई उक्त निर्देशन दिइएको जानकारी दिए । उनले पूर्ववत् सरकारी, सार्वजनिक, सन्धिसर्पन, ऐलानी कायम गर्ने प्रयोजनका लागि सोसम्बन्धी सत्य तथ्य सूचनासहितको विवरण सङ्कलन गरी गृह मन्त्रालयमा पठाउन भनिएको बताए ।त्यस्तो कार्य गर्नेउपर प्रचलित कानुनबमोजिम कारबाही प्रक्रिया अघि बढाउन सम्बन्धित सरोकारवाला निकायसँग समन्वय गर्न

    • प्रकाशित मितिः फागुन ११, २०८०
    • 184 पटक पढिएको
  • नेपाल-भारत बोर्डरमा कडाइ, लाखौंको समान बरामद

    सर्लाही  । धनुषामा सशस्त्र प्रहरीले नेपाल-भारत सीमामा कडाई गरेको छ । धनुषाको नयाँ सशस्त्र प्रहरी उपरीक्षक (एसपी)मा दर्शन गिरी आएलगत्तै सशस्त्र प्रहरीले अवैधरुपमा चोरी पैठारी गरी ल्याइएको खाद्यान्न सामग्रीहरुमा कडाई गरेको हो ।सशस्त्र प्रहरी बल धनुषाले अवैध चोरी पैठारी गरी आवतजावतमा कडाइ गरेको छ । सशस्त्र प्रहरी बल, नेपाल नम्बर ८ गण हेडक्वार्टर धनुषाका गणपति एसपी गिरीले नेतृत्व सम्हाले पछि अवैध चोरी पैठारीमा कडाइ गरिएको जनाइएको छ । सीमावर्ती क्षेत्रमा कडाई भएसँगै तीन दिनमा १० लाख २० हजार रुपैयाँ मूल्य बराबरको तस्करीका अवैध सामग्रीहरु बरामद गरिएको सशस्त्र प्रहरी बल धनुषाले जनाएको छ ।बरामद गर

    • प्रकाशित मितिः फागुन ११, २०८०
    • 285 पटक पढिएको
  • गृह मन्त्रालयका सहसचिव सिआईबीको छानबिनमा तानिए

    काठमाडौं । नेपाल सरकारका सहसचिव नारायण प्रसाद भट्टराई प्रहरीको छानबिनमा तानिएका छन् । भट्टराई गृह मन्त्रालयका प्रवक्ता समेत हुन् । स्रोतका अनुसार केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) ले नक्कली लाइसेन्स प्रकरणमा सहसचिव भट्टराईमाथि समेत छानबिन थालेको हो ।भट्टराईमाथि यातायात व्यवस्था विभागको महानिर्देशक हुँदा यातायात कार्यालयबाट नक्कली लाइसेन्स जारी गरेको आरोप छ ।सवारी दुर्घटना गराएर हिरासतमा रहेका व्यक्तिलाई उनकै कार्यालयमा गाडीको लाइसेन्स बनाइएको बताइएको छ । मोटरसाइकलको मात्र लाइसेन्स भएका शशांक बस्यालले चलाएको गाडीको ठक्करबाट एक व्यक्तिको मृत्यु भएपछि उनले ५ लाख खर्च गरी हिरासतमै रहेका बेला यात

    • प्रकाशित मितिः फागुन ११, २०८०
    • 158 पटक पढिएको
  • कृषि विकास बैंकमा खुल्यो जागिर, माग्यो ठुलोमात्रामा कर्मचारी

    काठमाण्डौ  ।  कृषि विकास बैंकले विभिन्न पदमा ११२ जना कर्मचारी मागेको छ। शनिबार सूचना प्रकाशन गर्दै बैंकले शाखा अधिकृतदेखि लेखापाल सम्म ११३ जना कर्मचारी पदपूर्ति गर्न दरखास्त आह्वान गरेको हो।बैंकले २ जना शाखा प्रमुख, २ जना वरिष्ठ लेखा अधिकृत, ३२ जना व्यवसाय अधिकृत, २ जना कम्प्युटर अधिकृत, १ जना आइटी इन्जिनियर, ६ जना कर्जा अधिकृतका लागि आवेदन खुलाएको हो।त्यस्तै १६ जना व्यवसाय सहायक, एकजना कानुन सहायक, ३ जना कर्जा सहायक, १ जना ओभरसियर र ४६ जना लेखापाल मागेको छ।ती पदहरूका लागि योग्यता पुगेका नेपाली नागरिकहरूले आजदेखि चैत १ गतेसम्म अनलाइनमार्फत आवेदन फाराम भर्न सक्नेछन्।दरखास्त शुल्क विभि

    • प्रकाशित मितिः फागुन ११, २०८०
    • 168 पटक पढिएको
  • त्रिभुवन विमानस्थलबाट एक किलो सुनसहित एकजना पक्राउ

    काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब एक किलो सुनसहित बिहिबार एक भारतीय नागरिक पक्राउ परेका छन् ।पक्राउ पर्नेमा भारतीय नागरिक मोहमद जेसन रहेका विमानस्थल सुरक्षा प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक कृष्णहरि शर्माले जानकारी दिएका छन । पक्राउ परेका जेसनले लगाएको पाइन्ट र भित्री वस्त्रमा लेपन गरी ल्याइएको अवस्थामा सुनसहित पक्राउ परेका हुन। लुगासहित करिब दुई किलो पाँच सय ग्राम छ । पक्राउ परेका ब्याक्तिले दिएको बयान अनुसार सुन मात्रै करिब एक किलो छ ।पक्राउ परेका जेसन दोहाबाट मुम्बइ हुँदै इण्डिगो एयरलाइन्सबाट बिहिबार अपराह्न ४ बजे काठमाडौँ आएका प्रहरी वरिष्ठ उपरीक्षक शर्माले बताए ।

    • प्रकाशित मितिः फागुन ११, २०८०
    • 173 पटक पढिएको
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाडौँ । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । जसको प्रभावले देशभर मौसममा आंशिकदेखि साधरणतया बदली रहेको छ। दिउँसो कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ। कोशी र गण्डकी प्रदेशको पहाडी भूभागको एक-दुई स्थानमा छिटपुट देखि हल्का वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।राति कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ। कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च

    • प्रकाशित मितिः फागुन ११, २०८०
    • 187 पटक पढिएको
  • २३ दिन पैदल हिँडेर राजधानी आइपुगे मिटरब्याजपीडित

    काठमाडौं । न्यायको माग गर्दै पूर्वको झापा र पश्चिमको कञ्चनपुरबाट एकसाथ पैदलमार्चमा निस्किएका चार हजार मिटरब्याजपीडितहरू बुधबार काठमाडौं आइपुगेका छन्।मिटर ब्याजी साहूको पासोबाट छुटकारा पाउन माग गर्दै २३ दिनको पैदल यात्रापछि बुधबार साँझ थानकोटबाट काठमाडौं प्रवेश गरेका हुन्। माघ १६ मा यात्रा थालेयता निरन्तर सडकमै गाँसबास गरेर आएका उनीहरूले बुधबार राति त्रिभुवन पार्कमा चिसो भुँइमा रात कटाए।उनीहरूले आज बिहीबार सिंहदरबार मार्च गर्दैछन्। सरकारलाई झक्झकाउन र न्यायका लागि दबाब दिन थानकोटदेखि सिंहदरबारसम्म पैदलमार्च गर्ने कार्यक्रम रहेको मिटरब्याज तथा ठगीविरुद्ध किसान संघर्ष समितिका प्रवक्ता नीर्ग

    • प्रकाशित मितिः फागुन १०, २०८०
    • 224 पटक पढिएको
  • नेपाल प्रहरीका असईसहित १८ जना कर्मचारी सम्पर्कविहीन

    काठमाडौं । प्रहरी प्रधान कार्यालयले आफूखुशी गैरहाजिर रहेका १८ जना प्रहरीलाई सात दिनभित्र सम्पर्कमा आउन भनेको छ ।एक जना प्रहरी सहायक निरीक्षक, एक प्रहरी वरिष्ठ हवलदार, ३ जना प्रहरी सहायक हवलदार र १३ जना प्रहरी जवान एक महिनाभन्दा बढी समयदेखि गैरहाजिर रहेपछि प्रहरी प्रधान कार्यालयले बिहीबार सूचना प्रकाशन गरेर उनीहरूलाई सम्पर्कमा आउन निर्देशन दिएको हो ।केही प्रहरी मंसिरदेखि गैरहाजिर छन् । खोजी गर्दा र प्रक्रिया पूरा गरी सूचना टाँस भइसक्दा समेत कार्यालयको सम्पर्कमा नआएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।बिहीबार अर्को सूचना प्रकाशन गर्दै प्रहरी प्रधान कार्यालयले उनीहरूलाई सात दिनभित्र चित्तबुझ्दो

    • प्रकाशित मितिः फागुन १०, २०८०
    • 165 पटक पढिएको
  • त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गाँजा सहित एक जना पक्राउ

    काठमाडौँ । अचार भनेर गाँजा लैजान लाग्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक जना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा धनुषाका अशोककुमार मण्डल रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा प्रहरी स्रोतले जानकारी दिएको छ । स्रोतका अनुसार, नेपाल एयरलाइन्सको विमानमार्फत बुधबार साँझ ६ बजे साउदी जान लागेका मण्डलको नियमित जाँच गर्ने क्रममा शंका लागेपछि थप सोधपुछ गरिएको थियो ।प्रारम्भिक सोधपुछपछि थप अनुसन्धान गर्न विमानस्थल प्रहरीले मण्डल र बरामद सामानलाई लागूऔषध नियन्त्रण ब्युरोको जिम्मा लगाएको छ ।

    • प्रकाशित मितिः फागुन १०, २०८०
    • 189 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा