समाचार

    Showing 1,111-1,120 of 18,969 items.
  • चिस्यान केन्द्र सञ्चालनमा

    तनहुँ। जिल्लाको व्यास नगरपालिका–११ स्थित गैह्राबारीमा रु एक करोड ९१ लाख ३२ हजार ७२२ को लागतमा  चिस्यान केन्द्र निर्माण गरिएको छ । केन्द्र सफल परीक्षणपछि सञ्चालनमा आएको छ । तीन रोपनी क्षेत्रफलमा १३० मेट्रिक टन क्षमताको केन्द्र गण्डकी प्रदेश सरकार र व्यास नगरपालिकाको संयुक्त लगानीमा निर्माण भएको हो ।किसानका उत्पादन निःशुल्क भण्डारण गरिने तथा जोखिम नगरपालिकाले बेहोर्ने जनाइएको छ । नगरपालिकामा चिस्यान केन्द्र निर्माण भएपछि जिल्लाका किसानको वार्षिक रु पाँच करोड बचत भएको व्यास नगरका प्रमुख वैकुण्ठ न्यौपानेले राससलाई बताउनुभयो । 

    • प्रकाशित मितिः मंसिर १२, २०८२
    • 196 पटक पढिएको
  • पर्यटन प्रवर्द्धन गर्न जोड्न पोखरामा दाइँ महोत्सव

    गण्डकी । कृषिलाई पर्यटनसँग जोड्ने लक्ष्यका साथ भोलि पोखरा महानगरपालिका–१९ पुरनचौरको चुरुङ्गामा दोस्रो संस्करणको दाइँ महोत्सव हुने भएको छ । पोखरा पर्यटन परिषद्ले स्थानीय चुरुङ्गा टोल विकास विकास संस्थासँगको सहकार्य एवं पोखरा महानगरपालिका र नेपाल पर्यटन बोर्डको प्रवर्द्धनमा महोत्सव गर्न लागेको हो । कृषि पर्यटनमार्फत देशको पर्यटन क्षेत्रलाई अझै फराकिलो बनाउन, नयाँ पुस्तालाई परम्परागत कृषि प्रणालीबारे जानकारी गराउनुुका साथै आन्तरिक तथा बाह्य पर्यटनको प्रवर्द्धनमा टेवा पुु¥याउन महोत्सव आयोजना गरिएको परिषद्का अध्यक्ष तारानाथ पहारीले जानकारी दिनुुभयो ।कृषिका माध्यमबाट पर्यटन प्रवर्द्धन, कृषकलाई

    • प्रकाशित मितिः मंसिर १२, २०८२
    • 167 पटक पढिएको
  • सेबोनद्वारा भुजुङ्ग हाइड्रोपावरलाई २० लाख कित्ता आईपीओ निष्कासन अनुमति

    काठमाडौं—  नेपाल धितोपत्र बोर्ड (सेबोन) ले भुजुङ्ग हाइड्रोपावर लिमिटेडलाई सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्ने अनुमति दिएको छ । सेबोनले कम्पनीलाई प्रति कित्ता १०० रुपैयाँ अंकित मूल्यका २० लाख कित्ता शेयर जारी गर्न स्वीकृति प्रदान गरेको हो ।उक्त आईपीओ आयोजना प्रभावित स्थानीयसमेत सर्वसाधारणका लागि खुला गरिनेछ । यस आईपीओको निष्कासन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेड रहेको छ । हाल भुजुङ्ग हाइड्रोपावरमा संस्थापक समूहको ८० प्रतिशत शेयर स्वामित्व छ । कम्पनीको हालको ८० करोड रुपैयाँ चुक्तापूँजी आईपीओपछि बढेर १ अर्ब रुपैयाँ पुग्नेछ ।कम्पनीले लमजुङ जिल्लामा ७.५

    • प्रकाशित मितिः मंसिर १२, २०८२
    • 236 पटक पढिएको
  • ह्वाइट हाउसमा भएको गोलीकाण्डमा नेशनल गार्डका एक सैनिकको मृत्यु

    काठमाडौं— ह्वाइट हाउसबाट केही ब्लक पर भएको हालैको गोलीकाण्डमा घाइते दुई नेशनल गार्डमध्ये एकको मृत्यु भएको अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणा गरेका छन् । मृत्यु भएकी सैनिक अमेरिकी सेनाकी स्पेशलिस्ट साराह बेक्स्ट्रोम हुन् ।राष्ट्रपति ट्रम्पले धन्यवाद दिवस (थ्याङसगिभिङ) का अवसरमा सेनाका सदस्यहरूसँग गरेको फोन कुराकानीका क्रममा बेक्स्ट्रोमको निधन भएको जानकारी दिएका थिए । “वेस्ट भर्जिनियाकी साराह बेक्स्ट्रोम एक असाधारण, सम्मानित र अद्भुत व्यक्तित्व थिइन् । उनले २०२३ जूनमा सेवा सुरु गरेकी थिइन् । अहिले उनी हामीलाई छोडेर गएको समाचार अत्यन्त दुःखद छ,“ ट्रम्पको भनाइलाई सीएनएनले उद्धृत गरेको छ ।

    • प्रकाशित मितिः मंसिर १२, २०८२
    • 251 पटक पढिएको
  • मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

    वाग्मती । पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको हेटौँडा उपमहानगरपालिका–४ कर्रा चोकमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।पशुपतिनगरबाट हेटाँैडा बजारतर्फ आउँदै गरेको ना३८प ५८५० नम्बरको मोटरसाइकलले गए राति ठक्कर दिँदा पैदलयात्री पर्साको वीरगञ्ज महानगरपालिका–१६ नागुवा घर भई हेटौँडा उपमहानगरपालिका–१० मा डेरा गरी बस्ने ५५ वर्षीया खुइली डोमको मृत्युु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिनुभयो ।मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते डोमको उपचारको क्रममा हेटौँडा अस्पताल मृत्युु भएको हो । ठक्कर दिने मोटरसाइकल र चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धा

    • प्रकाशित मितिः मंसिर १२, २०८२
    • 189 पटक पढिएको
  • हेटौंडामा मोटरसाइकलले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु

    हेटौंडा— हेटौंडा उप–महानगरपालिका–४, कर्रा चोकस्थित पूर्व–पश्चिम राजमार्गमा भएको सवारी दुर्घटनामा एक पैदल यात्रीको मृत्यु भएको छ । हिजो साँझ करिब ६ः३० बजे पशुपतिनगरतर्फबाट हेटौंडा बजारतर्फ जाँदै गरेको ना ३८ प ५८५० नम्बरको मोटरसाइकलले पैदल यात्रीलाई ठक्कर दिँदा घटना भएको हो ।दुर्घटनामा पर्सा, वीरगञ्ज महानगरपालिका–१६ नागुवा घर भई हाल हेटौंडा–१० कर्रा बस्दै आएकी ५५ वर्षीया खुइली डोम गम्भीर घाइते भएकी थिइन्। उनलाई स्थानीयले तत्कालै उद्धार गरी सोही दिन साँझ ६ः४२ बजे उपचारका लागि हेटौंडा अस्पताल पु¥याए पनि उपचारकै क्रममा ६ः५० बजे मृत्यु भएको अस्पतालका चिकित्सकले जानकारी दिएका छन्।दुर्घटना स्थलमा

    • प्रकाशित मितिः मंसिर १२, २०८२
    • 285 पटक पढिएको
  • डिआइजी घिमिरेले सम्हाले कोशी प्रदेश प्रहरीको कमाण्ड

    विराटनगर— कोशी प्रदेश प्रहरी प्रमुखको रूपमा प्रहरी नायव महानिरीक्षक (डिआइजी) विनोद घिमिरेले औपचारिक रूपमा कार्यभार सम्हालेका छन् । गृह मन्त्रालयको मंसिर ८ गतेको निर्णयअनुसार कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरमा सरुवा भएका डिआइजी घिमिरेले पदभार ग्रहण गरेका हुन् ।सो अवसरमा उनले ‘जस्तोसुकै विषम परिस्थिति आए पनि प्रहरी पछाडि हट्दैन’ भन्ने सन्देश दिएका छन् । पदभार ग्रहणपछि कार्यालयको सभाहलमा बसेको विशेष कार्यक्रममा उनले भर्चुअलमार्फत सहभागी जिल्ला प्रहरी प्रमुख र मुद्दा चल्ने इकाई प्रमुखलाई समेत  निर्देशन दिए ।नेपाल प्रहरी सङ्गठन आरोह–अवरोहबीच पनि कानून कार्यान्वयन र जनसेवामा समर्पित रहँदै आ

    • प्रकाशित मितिः मंसिर १२, २०८२
    • 242 पटक पढिएको
  • धनुषाको कमला नगरपालिकाका तत्कालीन नगर प्रमुखसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

    जनकपुर— धनुषाको कमला नगरपालिकाका तत्कालीन नगर प्रमुख राम उदगार गोइतसहित १० जनाविरुद्ध  गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर भएको छ ।नगर प्रमुख गोइतसहित इन्फ्रास्ट्रक्चर एस एन्ड बी बिल्डर्स प्रालिविरुद्ध सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा बिहीबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ ।आयोगले जनाए अनुसार नगर प्रमुख गोइतसहित तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रकुमार सढान, लेखापाल सञ्जीनकुमार महतो, जिन्सी शाखा प्रमुख जुगलकिशोर यादव, कार्यपालिका सदस्यहरू धनेश्वर यादव, धर्मनाथ मण्डल, पल्टु कवारी, विनोद राम र समसुल मियाँ मोमिन विरुद्ध मुद

    • प्रकाशित मितिः मंसिर १२, २०८२
    • 242 पटक पढिएको
  • बाजुराका एक बालक धनगढीबाट बेपत्ता, खोजीकार्यका लागी आग्रह

    बाजुरा— बाजुराका एक बालक धनगढीबाट बेपत्ता भएका छन्। बाजुराको बुढिनन्दा नगरपालिका वडा नम्बर ७ स्यालकाटियाका अन्दाजी १६ वर्षीय लोकराज जैशी बेपत्ता भएका हुन् ।अध्यनको सिलसिलामा प्रदेश राजधानी धनगढी बस्दै आएका जैशी धनगढी उपमहानगरपालिका १ शिवनगर बस्दै आएकोमा गत मंसिर ९ गते मध्यान्ह १२ बजे कोठाबाट निस्किएका थिए। कोठाबाट निस्किएको दिनदेखि उनी बेपत्ता छन्। उनी धनगढी स्थिति पन्चोदय माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्ययरत थिए । उनको खोजीकार्य भैरहेको भएपनी कुनै अत्तोपत्तो छैन । हराएको दिन देखि खोजिरहेको भए पनि फेला नपरेको वेपत्ताका आफन्त महेश जैशीले बताए । उनका अनुसार वेपत्ता बालकको खोजीको लागी

    • प्रकाशित मितिः मंसिर १२, २०८२
    • 286 पटक पढिएको
  • हेटौंडा–९ मा स्थानीयको अवरोधपछि सडक नापजाँच रोकियो, पुरानो सडक कायम गर्न माग

    हेटौंडा— २५/२५ मिटर सडक विस्तारको तयारी स्वरूप डिभिजन सडक कार्यालय र जिल्ला प्रशासन कार्यालयको संयुक्त टोलीले बिहीबार हेटौंडा–९ क्षेत्रमा सडक नापजाँच तथा रेखाङ्कन गर्ने कार्य अघि बढाएपछि स्थानीय बासिन्दाले अवरोध गरेपछि काम रोकिएको छ । मास्टरचोकबाट कर्रा पुलसम्मको क्षेत्रमा हिजो बिहान सुरु गरिएको रेखाङ्कन कार्यलाई स्थानीयले रोक्का लगाएका थिए । उनीहरूले क्षतिपूर्ति बिना संरचना हटाउन नहुने, पुरानो नक्साअनुसार सडक पुनस्र्थापना हुनुपर्ने, तथा सडक नापजाँच अघि स्पष्ट मुब्जा (मोहडा) नदिइएको भन्दै आपत्ति जनाए।स्थानीय बासिन्दाहरूले आफूहरू ‘विकास विरोधी होइन’ तर वैधानिक प्रक्रिया र क्षतिपूर्तिको व्य

    • प्रकाशित मितिः मंसिर १२, २०८२
    • 234 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा