काठमाण्डौ । राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं सिंहदरबार पुगेका छन् ।गत सोमबार थुनामुक्त भएका राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं र गृहमन्त्री ओमप्रकाश अर्यालबीच गृह वार्ता सुरु भएको छ । उनीहरुबीच गृह मन्त्रालयमा औपचारिक वार्ता प्रारम्भ भएको हो । अभियन्ता प्रसाईंको समूहसँग सरकारले यसअघि दुई चरणमा वार्ता गरिसकेको थियो ।प्रसाईंले ७ मंसिरदेखि देशभर बन्द आह्वान गर्दै पत्राचार गरेका थिए। तर ६ मंसिरको राति बालुवाटारमा प्रसाईं समूह र सरकारबीच सहमति जुटेपछि आन्दोलन स्थगित गरिएको थियो।यसअघि मंसिर १ गते राति
काठमाण्डौ । नेपाल प्रहरीका पूर्वएआइजी विश्वराज पोखरेल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेका छन् ।पार्टी कार्यालय बनस्थलीमा शुक्रबार भएको एक कार्यक्रममा पोखरेल रास्वपा प्रवेश गरेका हुन् । पोखरेलले २०७७ मंसिर २५ गते एआइजी भएर २०७९ साउन २ गते पदबाट राजीनामा दिएका थिए । पोखरेललाई रास्वपा कार्यवाहक सभापति डीपी अर्यालले पार्टीमा स्वागत गरेका छन् ।
काठमाडौँ। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतदान केन्द्र र निर्वाचन सुरक्षाका लागि म्यादी (अस्थायी) प्रहरीको सङ्ख्या यकिन गरी आवश्यक प्रक्रिया सुरु गर्न सम्बद्ध निकाय तयारीमा जुटेका छन् । यसअघिको पूर्वानुमानभन्दा नयाँ मतदाता थप भई सङ्ख्या बढेकाले एकीकृत निर्वाचन सुरक्षा योजनामा प्रक्षेपित एक लाख ३२ हजार म्यादी प्रहरी बढाउनुपर्ने आवश्यकता देखिएपछि सम्बद्ध निकाय तयारीमा जुटेका हुन् ।गृह मन्त्रालयका सहसचिव एवं प्रवक्ता आनन्द काफ्लेले निर्वाचन सुरक्षा योजना कार्यान्वयनका क्रममा नेपाल प्रहरीले म्यादी प्रहरीको भर्ना प्रक्रिया सुरु गर्ने बताए । नयाँ मतदाताको सङ्ख्यालाई आकलन
सुनसरि । मिनि ट्रक सहित लत्ताकपडाहरु बरामद गरेको छ। सुनसरी ईटहरी उ.म.न.पा. १५ झोराहाट स्थित सशस्त्र प्रहरी बल, नेपाल नं. ४ गण हे.क्वा. सुनसरीबाट सप्रनाउ मातृका पौडेलको कमाण्डमा खटिएको १० जनाको मोवाईल गस्ती टोलीले भारतबाट अवैध रुपमा भन्सार छली अन्दाजी मुल्य रु२३,००,०००।- (तेईस लाख) बरावरको मिनि ट्रकमा लोड गरी नेपालतर्फ ल्याउदैँ गरेको अन्दाजी मुल्य. ७,१५,३६०।- (सात लाख पन्ध्र हजार तिन सय साठी) बरावरको लत्ताकपडाहरु सहित जम्मा अन्दाजी मुल्य. ३०,१५,३६०।- (तिस लाख पन्ध्र हजार तिन सय साठी) बरावरको मिनी ट्रक र लत्ताकपडाहरु बरामद गरी भन्सार बुझाउने प्रकृयामा रहेको जनाएको छ।
काठमाण्डौ । उडान सञ्चालनसम्बन्धी नियम उल्लंघन गरेको आरोपमा नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले नेपाल वायुसेवा निगमका दुई पाइलटलाई कारबाहीस्वरूप ग्राउन्डेड गरेको छ। क्यानले शुक्रबार निगमलाई लिखित पत्राचार गर्दै वाइडबडी जहाजका क्याप्टेन विजय लामा र क्याप्टेन सोनी राणालाई उडानमा रोक लगाउन निर्देशन दिएको हो।प्राधिकरणले दिएको निर्देशनअनुसार उडानमा रहेको अवस्थामा फोटो वा भिडियो खिच्नु उड्डयन सुरक्षा मापदण्डविपरीत हुने उल्लेख गरिएको छ। सोही आधारमा दुवै पाइलटलाई ‘अर्को सूचना नआएसम्म’ का लागि रोस्टर-अफ (उडान तालिकाबाट हटाइएको) गरिएको हो ।
काठमाडौँ। नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएसनले वैदेशिक रोजगारमा जाने कामदारको स्वास्थ्य परीक्षण शुल्क बढाएकामा आपत्ति जनाएको छ ।एशोसियसनले आज एक विज्ञप्ति जारी गरी मङ्सिर १० देखि लागू हुनेगरी वैदेशिक रोजगारमा जाने कामदारका लागि एकैपटक ठूलो भार पर्नेगरी स्वास्थ्य शुल्क बढाएकामा आपत्ति जनाएको हो ।सरकारले युएई मुलुकका हकमा रु चार हजार ५०० बाट दोब्बर बढाएर रु नौ हजार ५०० र अन्य मुलुकको हकमा रु छ हजार ५०० बाट रु नौ हजार ५०० पु¥याएको छ । शुल्क वृद्धिले वैदेशिक रोजगारमा जाने गरिबी र विपन्न अवस्थाका कामदारमाथि निकै भार परेको एशोसिएसनको बुझाइ रहेको एशोसियसनका अध्यक्ष दीपक थापाद्वारा जा
विराटनगर । भोजपुर र धनकुटा जिल्लाका बिभिन्न स्थानका डाँडा पाखामा प्राकृतिक रुपमा आफै उम्रिएका तथा लगाएका गाँजाको बोट तथा बिरुवाहरु प्रहरीले फडानी गरी नष्ट गरेको छ । मंसिर ११ गते भोजपुरको इलाका प्रहरी कार्यालय घोडेटार, बोयाङ, प्रहरी चौकी हसनपुर र अस्थायी प्रहरी चौकी दुम्मानाबाट खटिएको प्रहरी टोलीले हतुवागडी र आमचोक गाउँपालिकाका बिभिन्न स्थानका करिव ४२ रोपनी क्षेत्रफलमा रहेका ४ हजार ७ सय वटा गाँजाको बोट तथा बिरुवाहरु फडानी गरि नष्ट गरेको छ।धनकुटाको इलाका प्रहरी कार्यालय छिन्ताङ र राजानरीबाट खटिएको प्रहरी टोलीले सहिदभुमी र चौबिसे गाँउपालिकाका डाँडापाखामा करिव ७.५ रोपनी क्षेत्रफलमा रहेको १ हजार ९
काठमाडौं— काठमाडौं महानगरपालिका–१०, देवीनगरमा सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका संरचना भत्काइएको छ । देवीनगरमा भद्रकुमारी स्पोर्ट्स पार्क बनाउने स्थानमा सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचनालाई शुक्रबार महानगरले डोजर लगाएर भत्काएको हो ।देवीनगर (धोबीखोला करिडोरखण्ड)स्थित सार्वजनिक जग्गामा भद्रकुमारी घले स्पोर्ट्स पार्क बनाउन केही दिनअघि शिलान्यास गरिएको थियो । पार्क बनाउने स्थानलाई खाली गर्न ती संरचना हटाइएको काठमाडौं महानगर प्रहरी बलका एसपी मनोजप्रसाद लामिछानेले जानकारी दिए ।पार्क बनाउन लागिएको जमिनको क्षेत्रफल पाँच रोपनी १० आना दुई पैसा अर्थात् दुई हजार ८८० वर्गमिटर रहेको महान
काठमाडौं— नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन २ हजार २ सयले बढेर २ लाख ५० हजार ६ सय कायम भएको हो । बिहीबार प्रतितोला सुनको मूल्य २ लाख ४८ हजार ४ सयमा कारोबार भएको थियो । यस्तै, चाँदी प्रतितोला ६५ रुपैयाँ बढेको छ । बिहीबार चाँदी प्रतितोला ३ हजार २ सय ८० मा कारोबार भएको चाँदी आज ३ हजार ३ सय ४५ मा कारोबार भईरहेको छ ।
काठमाडौं— कम्प्युटर एसोसिएसन नेपाल (क्यान) ले नेपाल–भारत डिजिटल करिडोरको अवधारणागत ढाँचा औपचारिक रूपमा सार्वजनिक गरेको छ ।दक्षिण एसियाको डिजिटल रूपान्तरणलाई तीव्र गतिमा अघि बढाउने उद्देश्यसहित तयार गरिएको यो फ्रेमवर्क क्यान फेडरेसनका वरिष्ठ उपाध्यक्ष तथा आइसीटी नीति विशेषज्ञ चिरन्जिबी अधिकारीको नेतृत्वमा विकसित गरिएको हो ।अधिकारी विगत तीन दशकदेखि नेपालमा डिजिटल नीति निर्माण, आइटी कानून, इ–शासन (ई–गर्भनेन्स), एआई नीति तथा डिजिटल सरकारका लागि रणनीति निर्माणमा महत्वपूर्ण योगदान पु¥याउँदै आएका वरिष्ठ आइसीटी नीति विशेषज्ञ हुन् ।डिजिटल करिडोरले नेपालको आइटी दशक २०२४–२०३४ को लक्ष्यलाई भारतको डिजिटल प
Copyright © 2021 / 2025 / Esoul Media (P) Ltd. / All Rights Reserved.