समाचार

    Showing 1,051-1,060 of 18,965 items.
  • नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिका बैठक सोमबारका लागि सर्यो

    काठमाडौं— आज बस्ने भनिएको नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिका बैठक स्थगित गरिएको छ । आइतबार दिनको २ बजे बस्ने भनिएको बैठक स्थगित गरी सोमबार दिनको २ बजेका लागि बोलाइएको कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । उनका अनुसार बैठक सोमवार दिउँसो २ः०० बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ भने बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र सातै प्रदेश कार्यसमितिका सभापतिहरूको उपस्थितिको रहनेछ । 

    • प्रकाशित मितिः मंसिर १४, २०८२
    • 389 पटक पढिएको
  • बस्तीपुर–भुन्द्रुङ जोड्न राप्तीखोलामा पुल

    मकवानपुर। हेटौँडा उपमहानगरपालिका–१९ बस्तीपुरबाट मनहरी गाउँपालिका–३ भुन्द्रुङलाई जोड्ने राप्तीखोलामा १७० मिटर लामो पुल निर्माण गरिएको छ ।बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको पूर्वाधार विकास कार्यालयले निर्माण गरेको पुल बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ, भौतिक पूर्वाधार विकासमन्त्री डा दिनेशचन्द्र देवकोटा तथा १०३ वर्षीया स्थानीय वृद्धा सरस्वती अर्यालले संयुक्त रूपमा उद्घाटन गरे । उद्घाटन समारोहमा मुख्यमन्त्री बानियाँले सङ्घीय व्यवस्थाले जनताका लागि धेरै काम गर्न थालेको चर्चा गर्नुभयो । निर्वाचन घोषणा भइसकेको अवस्थामा मतदाताले आफूलाई मन परेका पार्टी र उम्मेदवा

    • प्रकाशित मितिः मंसिर १४, २०८२
    • 173 पटक पढिएको
  • नेवारी कला, संस्कृति जोगाउन यःमरी महोत्सव

    तानसेन। तानसेनस्थित टक्सारटोलमा यःमरी महोत्सव मनाइएको छ । तानसेन नगरपालिका र वडा कार्यालयको सहयोगमा मैत्री क्लब टक्सारले नेवारी कला, संस्कृति जोगाउन एकदिने महोत्सव आयोजना गरेको हो ।पछिल्लो समय स्थानीय परिकार, वेशभूषा कला, संस्कृति, परम्परा, संस्कार हराउँदै गएको अवस्थामा पहिचान जोगाउँदै इतिहासबारे युवापुस्तामा जानकारी गराउन महोत्सव गरिएको क्लबले जनाएको छ । नेवारी परम्पराअनुसार मङ्सिर पूर्णिमाका दिन नयाँ धान भित्र्याएपछि घरभित्र धानको भकारी बनाउने, धानको भकारीलाई विधिवत रूपमा गशेण, शिवलगायत भगवान्को स्वरुप बनाएर पूजाआजा गर्ने र नयाँ धानको यःमरी बनाएर खाने र खुवाउने चलन रहेकाले नेवारी कला, संस्कृ

    • प्रकाशित मितिः मंसिर १४, २०८२
    • 253 पटक पढिएको
  • आज एनपिएल अन्तर्गत कर्णाली याक्स र काठमाडौँ गोर्खाज

    काठमाण्डौ । त्रिभुवन विश्वविद्यालयको क्रिकेट रंगशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज कर्णाली याक्स र काठमाडौँ गोर्खाज भिड्दै छन् ।आजको खेल अपराह्न ३:३० बजे हुनेछ । सोमपाल कामीको कप्तानीमा चार वटा प्रतियोगितामा सहभागी कर्णाली याक्सले एउटा मात्र जितेको छ । दुई अंकका साथ कर्णाली छैटौँ स्थानमा छ । प्लेअफको यात्रामा रहिरहन उसलाई आज जित्नैपर्ने बाध्यता छ ।करण केसीको नेतृत्वमा रहेको काठमाडौँ पाँच खेलमा विजयी भएर  तेस्रो स्थानमा छ । प्लेअफको यात्रामा पुग्न काठमाडौँका लागि पनि यो खेल महत्त्वपूर्ण छ । 

    • प्रकाशित मितिः मंसिर १४, २०८२
    • 208 पटक पढिएको
  • कस्तो रहनेछ आजको मौसम

    काठमाण्डौ  ।  मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्चपहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ।दिउँसो कोशी प्रदेशको पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ ।राति कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ । 

    • प्रकाशित मितिः मंसिर १४, २०८२
    • 162 पटक पढिएको
  • यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

    काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४२ रुपैयाँ ८४ पैसा र बिक्रीदर १४३ रुपैयाँ ४४ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १६५ रुपैयाँ ११ पैसा र बिक्रीदर १६५ रुपैयाँ ८० पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८८ रुपैयाँ ६७ पैसा र बिक्रीदर १८९ रुपैयाँ ४६ पैसा, स्वीस फ्रयांक एकको खरिददर १७७ रुपैयाँ ०२ पैसा र बिक्रीदर १७७ रुपैयाँ ७७ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ९३ रुपैयाँ २० पैसा र बिक्रीदर ९३ रुपैयाँ ५९ पैसा, क्यानेडियन डलर एकको खरिददर १०१ रुपैयाँ ७१ पैसा र बि

    • प्रकाशित मितिः मंसिर १४, २०८२
    • 182 पटक पढिएको
  • आज २०८२ साल मंसिर १४ गते आइतबारको राशिफल

    मेष - Aries(चु, चे, चो, ला, लि, लु, ले, लो, अ)मन भावुक र उत्ताउलो बन्न सक्ने समय हो। अनावश्यक खर्च बढ्ने सम्भावना छ। हठीपनाले कार्यमा बाधा आउने डर रहन्छ। सरकारी निकायसँग सावधानी अपनाउनु हितकर हुनेछ।वृष - Taurus(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)शुभकार्यको चर्चा हुनेछ। आँट र परिश्रमले महत्वपूर्ण कार्य सफल बन्नेछ। आदर्श व्यक्तिको सहयोगले नयाँ अनुभव मिल्नेछ। अध्ययनमा प्रगति हासिल हुनेछ।मिथुन - Gemini(का, कि, कु, घ, ङ, छ, के, को, ह)आँटेका कामहरू सम्पन्न हुनेछन्। आकस्मिक धनलाभको सम्भावना छ। महिला वर्गको सहयोग प्राप्त हुनेछ। पारिवारिक सम्बन्धमा आत्मीयता बढ्नेछ।कर्कट - Cancer(हि, हु, हे, हो, डा, डि, डु,

    • प्रकाशित मितिः मंसिर १४, २०८२
    • 267 पटक पढिएको
  • जयवागेश्वरी क्षेत्रमा नवदुर्गा भवानीको जात्रा

    काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष आशामान संगतले वर्षमा एकपटक आउने नवदुर्गा भवानीको जात्रालाई सक्दो सहज र भव्य बनाउने पहल गरिरहेको बताएका छन् । शनिबार वडामा भएको जात्राको क्रममा उनले काठमाडौं महानगरपालिका वडा नम्बर ८ को कार्यालयले जात्रालाई सहयोग र समर्थन गरिरहेको भन्दै यसको पूरै जिम्मेवारी भने जयवागेश्वरी युवा क्लबले गरिरहेको बताए । उनले भने, ‘भक्तपुरबाट जयवागेश्वरी पशुपति क्षेत्रमा ल्याउने यो नवदुर्गा भवानीको जात्रा वर्षमा एकपटक मात्र यहाँ आउने गरेको छ । काठमाडौं महानगरपालिका वडा नम्बर ८ को कार्यालयले यसलाई सहयोग र समर्थन गरिरहेको अवस्था छ । त्यसैगरि यसको प

    • प्रकाशित मितिः मंसिर १३, २०८२
    • 102 पटक पढिएको
  • दलित, आदिवासी, पिछडिएका वर्गहरुलाई शिक्षित र संगठित हुन जसपा अध्यक्ष उपेन्द्र यादवको आग्रह

    जनकपुर । जनता समाजवादी पार्टी नेपाका अध्यक्ष उपेन्द्र यादवले दलित, पिछडावर्ग, थारु, आदिवासी र अल्पसंख्यक समुदायहरुलाई शिक्षित र संगठित हुन आग्रह गरेका छन् ।शनिबार जनकपुरधाममा आयोजित दलित , पिछडावर्ग, थारु आदिवासी र अल्पसंख्यक (डोओटिआईएम) परिसंघको धनुषा जिल्ला स्तरीय वृहत अन्तरक्रिया कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष यादवले सम्पूर्ण पिछडिएका वर्गहरुलाई शिक्षित र संगठित हुन आग्रह गरेका छन् । अध्यक्ष यादवले सम्पूर्ण जातजाती भाषाभाषी, धनी, गरीबले समान अधिकार पाउनु पर्ने बताएका छन् । सरकारले कर लिने बेला भेदभाव नगर्ने तर सुविधा दिने बेला भेदभाव गर्ने गरेको अध्यक्ष यादवले बताए । उनले हरेक जात ह

    • प्रकाशित मितिः मंसिर १३, २०८२
    • 105 पटक पढिएको
  • एनपीएलमा सुदूरपश्चिम रोयल्सको लगातार पाँचौ जित

    काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को आजको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले ६ विकेटले जित हासिल गरेको छ । शनिबार त्रिवि क्रिकेट मैदानमा भएको दोस्रो खेलमा सुदूरपश्चिमले १७.४ ओभरको खेलमा ४ विकेट गुमाउदैँ १४८ रन बनाएर जित हासिल गरेको हो । जनकपुर बोल्ट्सले निर्धारित २० ओभारको खेलमा ८ विकेट गुमाउदैँ १४६ रनको मात्र लक्ष्य दिएको थियो । जनकपुर बोल्ट्सले टस जितेर सुदूरपश्चिमलाई बलिङको निम्तो दिएको थियो । सुदूरपश्चिम रोयल्स हालसम्म अपराजित रहेको छ । सुदूरपश्चिमले ५ खेलमा ५ जितसहित अंक तालिकाको शिर्ष स्थानमा रहेको छ ।सुदूरपश्चिम रोयल्सले पहिलो खेलमा काठमान्डु गोर्खाजलाई २९

    • प्रकाशित मितिः मंसिर १३, २०८२
    • 103 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा