समाचार

    Showing 1,041-1,050 of 26,787 items.
  • ‘सभामुखज्यू, सरकार कहाँ छ ?’

    काठमाडौं / श्रम संस्कृति पार्टीका सांसद आर्यन राईले सरकारले देशको सुरक्षा अवस्था र राष्ट्रियताका विषयमा गम्भीर ध्यान दिनुपर्ने बताएका छन् ।बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद राईले देशमा हत्या, हिंसा तथा गोली चल्ने घटनाहरू बढ्दासमेत सरकार मौन रहेको आरोप लगाए । ‘देशमा आज जताततै हिंसा हुने अवस्था छ । तर सरकार बेखबर छ । सरकार कहाँ छ भनेर सोध्न चाहन्छु । सरकार अव तपाई बाहिर निस्कनुपर्छ,’ उनले भने, ‘किनकी दिनदहाडै देशमा गोली चलेको छ । हत्या हिंसा भएको छ । देशमा संकट हुने अवस्था छ । तर सरकार बेखबर छ ।’ उनले सरकार जनताको वास्तविक अवस्था बुझ्न बाहिर निस्किनुपर्ने भन्दै देशको

    • प्रकाशित मितिः साउन १४, २०८३
    • 120 पटक पढिएको
  • कप्तानगञ्ज घटनाबारे प्रधानमन्त्रीले संसद्लाई जानकारी गराउनुपर्छ: गोपाल शर्मा

    काठमाडौं / नेपाली कम्युनिस्ट पार्टी नेकपाका सांसद गोपाल शर्माले प्रधानमन्त्रीको विवादित अभिव्यक्ति नसच्याएसम्म आफ्नो दलको विरोध जारी रहने बताएका छन् ।प्रतिनिधिसभाको बिहीबार बसेको बैठकमा बोल्दै सांसद शर्माले प्रधानमन्त्रीले संसद्को मर्यादा कायम गर्न नसकेको आरोप लगाए । उनले लामो समयदेखि प्रधानमन्त्रीलाई आफ्नो विवादित अभिव्यक्ति सच्याउन आग्रह गर्दै आएको उल्लेख गर्दै त्यसलाई तत्काल सच्याउन पुनः अनुरोध गरे । प्रधानमन्त्रीले उक्त अभिव्यक्ति नसच्याएसम्म आफ्नो दलको विरोध जारी रहने उनले बताए ।उनले भने,‘ हामीले लामो समयदेखि प्रधानमन्त्रीज्यूलाई आफ्नो विवादित अभिव्यक्ति सच्याउन भनी नै रहेका छौँ । तर

    • प्रकाशित मितिः साउन १४, २०८३
    • 110 पटक पढिएको
  • प्राविधिक शिक्षा परिषद्का करार तथा ज्यालादारी कर्मचारीद्वारा चरणबद्ध आन्दोलन घोषणा

    भक्तपुर / प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् अन्तर्गत कार्यरत करार, मासिक तथा दैनिक ज्यालादारी श्रमिकहरूको केन्द्रीय संघर्ष समितिले आफ्ना मागहरू सम्बोधन नभएको भन्दै चरणबद्ध आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ ।समितिले बिहीबार जारी गरेको अपिलमा कर्मचारीहरूको हकहित, सामाजिक सुरक्षा तथा सेवाको सुनिश्चितताका लागि परिषद् व्यवस्थापनसमक्ष ९ बुँदे मागपत्र पेश गरिएको उल्लेख गर्दै २०७७ सालदेखि विभिन्न चरणमा आन्दोलन तथा वार्ताका प्रयास भए पनि हालसम्म कुनै ठोस सम्बोधन नभएको जनाएको छ । समितिका अनुसार यसअघि दिइएको २४ घण्टे अल्टिमेटमको अवधि समाप्त हुँदा पनि व्यवस्थापन पक्षबाट मागप्रति सकारात

    • प्रकाशित मितिः साउन १४, २०८३
    • 138 पटक पढिएको
  • सांसद थापाको प्रश्नः ‘नागरिकको मृत्युमा सरकार किन मौन ?’

    काठमाडौं / नेपाली कांग्रेसकी सांसद बासना थापाले प्रतिनिधिसभाको बिहीबार बसेको बैठकमा सुनसरीको देवानगञ्ज नगरपालिका–३ कप्तानगञ्जमा भएको घटनाबारे सरकारसँग जवाफ माग गर्दै निष्पक्ष छानबिनको माग गरेकी छन् ।सांसद थापाले घटनामा ज्यान गुमाएका ओमप्रकाश मेहताप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरिन् । साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिन् । उनले नेपालको विविधताभित्रको एकता राष्ट्रिय शक्ति भएको उल्लेख गर्दै कुनै पनि बहानामा साम्प्रदायिक द्वन्द्व फैलाउने प्रयास संविधान, लोकतान्त्रिक मूल्य र नेपाली समाजको आत्मामाथिको आक्रमण भएको बताइन् ।नागरिकको ज्यान जाने गर

    • प्रकाशित मितिः साउन १४, २०८३
    • 136 पटक पढिएको
  • प्रतिनिधिसभामा विपक्षी दलहरुले गरे विरोध

    काठमाडौं / प्रतिनिधिसभाको बैठकमा विपक्षीहरूले विरोध गरेका छन् । बिहीबार सिंहदरबारस्थित संसद् भवनमा बसेको प्रतिनिधिसभाको बैठकमा विपक्षीहरूले विरोध उठेर विरोध गरेका हुन् । सभामुख डोलप्रसाद अर्यालले बैठक सुरु गर्ने वितिक्कै विपक्षी दलहरूले बैठकमा आ–आफ्नो स्थानबाट उठेर विरोध गरे । नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरूले उठेर विरोध गरेका हुन् । 

    • प्रकाशित मितिः साउन १४, २०८३
    • 102 पटक पढिएको
  • सुनको मूल्य बढ्दा चाँदी घट्यो

    काठमाडौं / नेपाली बजारमा आज बिहीबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेर २ लाख ८४ हजार रुपैयाँमा कारोवार भैइरहेको छ । बुधबार सुनको मूल्य प्रतितोला २ लाख ८३ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।यस्तै, चाँदीको मूल्य भने आज घटेको छ । चाँदी तोलामा १० रुपैयाँले घटेर ४ हजार ३१० रुपैयाँमा कारोवार भैइरहेको छ । बुधबार चाँदी प्रतितोला ४ हजार ३२० रुपैयाँमा कारोबार भएको थियो ।

    • प्रकाशित मितिः साउन १४, २०८३
    • 149 पटक पढिएको
  • प्रधानमन्त्रीले बोलाए राष्ट्रिय सुरक्षा परिषद् बैठक

    काठमाडौं / प्रधानमन्त्री बालेन शाहले सुरक्षा परिषद्को बैठक बोलाएका छन् । परिषद्का अध्यक्ष समेत रहेका प्रधानमन्त्री शाहले आज बिहान साढे ११ बजे बैठक बोलाएका हुन् । बैठकमा सुनसरी घटनासहित देशको समग्र शान्ति सुरक्षाको अवस्थाबारे छलफल हुने छ । नेपालको संविधान भाग २८ मा भएको व्यवस्था अनुसार राष्ट्रिय सुरक्षा परिषदमा प्रधानमन्त्री, रक्षामन्त्री, गृहमन्त्री, परराष्ट्रमन्त्री, अर्थमन्त्री, मुख्य सचिव र नेपाली सेनाका प्रधान सेनापति रहन्छन् । परिषद्मा रक्षा सचिवले सदस्य सचिवको रुपमा काम गर्छन् ।

    • प्रकाशित मितिः साउन १४, २०८३
    • 100 पटक पढिएको
  • राष्ट्रपति पौडेल र सभामुख अर्यालले गरे भेटवार्ता

    काठमाडौं / राष्ट्रपति रामचन्द्र पौडेलसँग सभामुख डोलप्रसाद अर्यालले भेट गरेका छन् । सभामुख आर्यालले बिहीबार राष्ट्रपति भवन शीतल निवास पुगेर राष्ट्रपति पौडेलसँग भेट गरेका हुन् । सभामुख अर्यालले राजनीतिक परिस्थिति र संसदीय गतिविधिबारे जानकारी गराएको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।

    • प्रकाशित मितिः साउन १४, २०८३
    • 96 पटक पढिएको
  • ऋण असुलीबाट शिव शिखरका बचतकर्तालाई रकम फिर्ता जारी, थप ५६ जनाले पाए रकम

    काठमाडौं / समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले शिव शिखर सहकारीका साना बचतकर्ताको बचत फिर्ता गरेको छ ।समितिका अनुसार शिव शिखर सहकारीका ५६ जना पिडितले बचत फिर्ता पाएका हुन् । हालसम्म शिव शिखर सहकारीका करिब १४०० जना बचतकर्ताले रकम फिर्ता पाएका छन् । पहिलो चरणमा थोरै बचत रकम भएका बचतकर्ताहरूलाई रकम फिर्ता गरिएको समितिले जनाएको छ । यसरी नै क्रमश बचतकर्ताको रकमका आधारमा वर्गीकरण गरेर रकम फिर्ता गरिने छ ।सरकारले समस्याग्रस्त सहकारीको ऋण असुलीबाट प्राप्त भएको रकम नै पीडित बचतकर्तालाई फिर्ता गरिएको स्पष्ट पारेको छ । समस्याग्रस्त सहकारी संस्थाहरुबाट ऋण असुली र सम्पत्ति व्यवस्थापनबाट प्राप्त रकमब

    • प्रकाशित मितिः साउन १४, २०८३
    • 124 पटक पढिएको
  • विराटनगर विमानस्थलबाट काठमाडौं पठाइँदै गरेको जुत्ताभित्र ब्राउन सुगर

    विराटनगर / विराटनगर विमानस्थलको नियमित सुरक्षा जाँचका क्रममा काठमाडौं पठाउन लागिएको स्पोट्र्स जुत्ताभित्र लुकाइएको ब्राउन सुगर बरामद भएको छ । घटनामा संलग्न आरोपमा एक युवक पक्राउ परेका छन् ।जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार गएराती विराटनगर महानगरपालिका–९ महेन्द्रचोकस्थित एक्स्पो एक्सप्रेस कुरियरमार्फत काठमाडौं पठाउन लागिएको कार्गो सामान विमानस्थलको प्रस्थान केन्द्रमा एक्स–रे मेसिनबाट जाँच गर्दा शंकास्पद वस्तु देखिएको थियो ।त्यसपछि जुत्ता खोलेर जाँच गर्दा जुत्ताको सोलभित्र कालो प्लास्टिकमा पोको पारेर लुकाइएको अवस्थामा १८ दशमलव ४८ ग्राम ब्राउन सुगरजस्तो देखिने खैरो पदार्थ फेला परेको प्रहर

    • प्रकाशित मितिः साउन १४, २०८३
    • 138 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.