राजनीति

    Showing 2,791-2,800 of 10,305 items.
  • प्रतिनिधिसभा निर्वाचन सुरक्षाका लागि देशभर सुरक्षा संयन्त्र सक्रिय

    काठमाडौं— आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सरकार देशव्यापी सुरक्षा तयारीमा जुटेको छ। निर्वाचन लक्षित सुरक्षा रणनीतिलाई प्रभावकारी बनाउन प्रदेशस्तरीय सुरक्षा गोष्ठी सम्पन्न भएसँगै सुरक्षा संयन्त्र पूर्ण रूपमा सक्रिय बनेको हो।लुम्बिनी प्रदेशको रुपन्देहीबाट मङ्सिर ९ गते सुरु भएको प्रदेशस्तरीय सुरक्षा गोष्ठी मङ्गलबार मधेस प्रदेशको जनकपुरमा पुगेर सम्पन्न भएको छ। सङ्घीय गृह मन्त्रालय र प्रदेश सरकारको संयुक्त आयोजनामा हरेक वर्ष आयोजना हुँदै आएको यस गोष्ठीमा यसपटक आन्तरिक सुरक्षा भन्दा बढी निर्वाचन सुरक्षालाई प्राथमिकता दिइएको छ।मधेस प्रदेशस्तरीय सु

    • प्रकाशित मितिः माघ १, २०८२
    • 401 पटक पढिएको
  • आज माघे सङ्क्रान्ति, घिउ,चाकु,तरुल खाएर मनाइँदै

    काठमाडौं— आज माघ महिनाको पहिलो दिन अर्थात् माघे सङ्क्रान्ति पर्व देशभर हर्षोल्लासका साथ मनाइँदै छ। सूर्य आज धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने भएकाले यस पर्वलाई मकर सङ्क्रान्ति, तिलुवा सङ्क्रान्ति तथा माघी पनि भनिन्छ।माघे सङ्क्रान्तिमा घिउ, चाकु, तरुल, तिलको लड्डु, सेलरोटी, ढिक्री र खिचडीजस्ता परिकार खाने प्रचलन छ। जाडो मौसममा शरीरलाई न्यानो र सुदृढ राख्न यी परिकार उपयोगी हुने आयुर्वेद चिकित्सकहरू बताउँछन्।नेपालका विभिन्न जातजातिले माघे सङ्क्रान्तिलाई आ–आफ्नै संस्कार र परम्पराअनुसार मनाउने गर्छन्। विशेष गरी थारू समुदायले यस दिनलाई नयाँ वर्ष (माघी) का रूपमा मनाउने परम्परा छ।आजको दिन घिउ, चाकु,

    • प्रकाशित मितिः माघ १, २०८२
    • 416 पटक पढिएको
  • जनताको विश्वास जित्न सबैलाई उचित तरिकाले सम्बोधन गर्नुपर्छः माधव नेपाल

    काठमाडौं— नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधव कुमार नेपालले सबैलाई उचित तरिकाले सम्बोधन गरेर अगाडि बढ्न सके जनताको विश्वास जित्न सक्ने बताएका छन् ।बुधबार काठमाडौंमा आयोजित पार्टी समायोजन कार्यक्रममा बोल्दै उनले सबैको साझा भएर मन जितेर अगाडि बढ्नुपर्ने भन्दै पार्टीलाई सिंगो नेपालको एकताको एउटा अभियन्ताका रुपमा अगाडि बढाउनुपर्ने बताए ।उनले भने, ‘हामी एकल काँटे भएर जाने होइन, सबैको साझा भएर मन जितेर अगाडि बढ्ने हो । सबैलाई उचित तरिकाले सम्बोधन गरेर अगाडि बढ्न सक्यौँ भने हामी नेपाली जनताको विश्वास जित्न सक्छौँ । सिंगो नेपालको एकताको एउटा अभियन्ता भएर अगाडि बढ्न सक्छौँ ।’यस्तै, उनले पुराना दल

    • प्रकाशित मितिः पुस ३०, २०८२
    • 514 पटक पढिएको
  • निष्कासनमा परेका महामन्त्री शर्मा भन्छन्– महामन्त्रीको पद बिहानै त्यागिसके

    काठमाडौं— नेपाली कांग्रेसको संस्थापनबाट निष्कासनमा परेका महामन्त्री विश्वप्रकाश शर्माले आफूले बिहानै महामन्त्रीको पद त्यागिसकेको बताएका छन् ।बुधबार विशेष महाधिवेशनको बन्द सत्रमा बोल्दै उनले बिहान नै आफूले महामन्त्री पद त्यागेको भन्दै महामन्त्रीको लागि प्रदीप पौडेल र गुरुराज घिमिरेले मनोनयन दर्ता गरिसकेको जानकारी दिए ।उनले भने, ‘केन्द्रीय समिति बैठकले कारबाही गरेको भन्ने सुनेँ । जिन्दगीमा पहिलो चोटि कारबाही भन्ने शब्दमा परियो । बद्लिएको समय अनुसार कांग्रेस चलाउँ भन्दा कारबाहीमा परिँदो रहेछ । एकजना साथीले फोन गरेर दाई कारबाहीमा पर्नुभएछ भन्नुभयो । महामन्त्री त मैले बिहानै छोडिसकेँ भनिदिएँ । बिहा

    • प्रकाशित मितिः पुस ३०, २०८२
    • 535 पटक पढिएको
  • एकताबद्ध भएर संकल्पका साथ अगाडि जाँदा राष्ट्रको स्वाधिनता रक्षा गर्न सकिन्छः प्रचण्ड

    काठमाडौं— नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल (प्रचण्ड)ले एकताबद्ध भएर संकल्पका साथ अगाडि बढे राष्ट्रको स्वाधिनता, जनताको आत्मसम्मान, जनताको आत्म निर्णयको अधिकार नेपाल र नेपालीको पहिचानको रक्षा गर्न सकिने बताएका छन् ।बुधबार काठमाडौंमा आयोजित पार्टी समायोजन कार्यक्रममा उनले एकताबद्ध भएर अगाडि बढ्न सकेनौं भने फेरि दुर्घटनामा पर्न सक्ने भन्दै त्यो घटना नदोहोराउनको लागि अहिलेसम्म २० वटा राजनीतिक दल र समूहहरुसँग एकता भएको बताए ।उनले भने, ‘हामी इतिहासको एकदमै महत्वपूर्ण मोडमा छौं । हामी एकताबद्ध भएर संकल्पका साथ अगाडि जाँदा यो राष्ट्रको स्वाधिनता, जनताको आत्मसम्मान, जनताको आत्म निर्णयको

    • प्रकाशित मितिः पुस ३०, २०८२
    • 439 पटक पढिएको
  • महामन्त्रीद्वय ५ वर्षका लागि पार्टीबाट निष्कासित

    काठमाडौं— नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई ५ वर्षका लागि पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासित गरेको छ ।बुधबार सानेपामा बसेको केन्द्रीय समिति बैठकले महामन्त्रीद्वय सहित सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई ५ वर्षका लागि साधारण सदस्यसमेत नरहने गरी निष्कासित गरेको प्रचारप्रसार विभाग प्रमुख मिन विश्वकर्माले जानकारी दिए ।उनले भने, ‘उहाँहरुलाई ५ वर्षका लागि साधारण सदस्यसमेत नरहने गरी आजैदेखि लागू हुनेगरी निष्कासित गर्ने निर्णय भएको छ ।’पार्टी निर्णयविपरीत विशेष महाधिवेशन आव्हान गरेकोले उनीहरूलाई केन्द्रीय कार्य समिति बैठकबाट निष्कासन ग

    • प्रकाशित मितिः पुस ३०, २०८२
    • 495 पटक पढिएको
  • अपराधविरुद्ध सरकार कटिबद्ध छः अर्याल

    जनकपुर— गृहमन्त्री ओमप्रकाश अर्यालले वर्तमान सरकार कुनै पनि प्रकारका अपराध हुन नदिन पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका छन्। बुधबार जनकपुरधाममा सम्पन्न मधेश प्रदेश स्तरीय सुरक्षा गोष्ठिको उद्घाटन गर्दै उनले अपराध रोकथाम र अपराधीलाई कानुनी दायरामा ल्याउने कामलाई सरकारले उच्च प्राथमिकतामा राखेको स्पष्ट पारे।उनले अभिव्यक्ति स्वतन्त्रताको नाममा धार्मिक सद्भाव बिगार्ने, हिंसा फैलाउने वा राजनीतिक अस्थिरता सिर्जना गर्ने कार्यलाई सरकारले कडाइका साथ नियन्त्रण गर्दै आएको र आगामी दिनमा पनि यस्ता गतिविधिमा संलग्नलाई कारबाही गरिने बताए।गृहमन्त्री अर्यालले प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायका प्रमुखहरूलाई

    • प्रकाशित मितिः पुस ३०, २०८२
    • 449 पटक पढिएको
  • विशेष महाधिवेशनले पदभन्दा माथि उठेर कांग्रेस परिवर्तनको स्पष्ट सन्देश दिनुपर्छः महामन्त्री विश्वप्रकाश शर्मा

    काठमाडौं— नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीको दोस्रो विशेष महाधिवेशनले पदभन्दा माथि उठेर कांग्रेस परिवर्तनको स्पष्ट सन्देश दिनुपर्ने बताएका छन्।मंगलबार साँझ विशेष महाधिवेशनको बन्दसत्रलाई सम्बोधन गर्दै महामन्त्री शर्माले बन्दसत्रमा उठेका सबै सुझाव समेटेर पार्टीको दृष्टिकोण दस्तावेजलाई अझ परिमार्जन र परिपक्व बनाएर पारित गरिने प्रतिबद्धता व्यक्त गरे।उनले महाधिवेशन प्रतिनिधिहरूका सुझाव मात्र नभई पार्टी बाहिर रहेका नेता–कार्यकर्ता, बुद्धिजीवी तथा सञ्चारमाध्यममार्फत आएका सुझावसमेत दस्तावेजमा समेटिने बताए।‘यो दस्तावेज केवल केही हजार शब्दको पुस्तिका होइन, आजको नेपाललाई कांग्रेसले

    • प्रकाशित मितिः पुस ३०, २०८२
    • 435 पटक पढिएको
  • कांग्रेस विशेष महाधिवेशन : उम्मेदवारहरूको नामावली १ बजे सार्वजनिक गरिने

    काठमाडौँ । नेपाली कांग्रेस विशेष महाधिवेशन अन्तर्गत मनोनयन दर्ताको समय सकिएको छ । मनोनयन दर्ताको समय सकिएसँगै उम्मेदवारहरूको नामावली १ बजे सार्वजनिक गरिने भएकाे छ । ‘मनोनयन दर्ताको समय सकियो । अब उम्मेदवारहरूको नामावली १ बजे सार्वजनिक गर्छौं’ निर्वाचन समितिका संयोजक सीताराम केसीले भने ।क–कसको उम्मेदवार उम्मेदवारी पर्‍यो भन्नेबारे नामावलीमा मात्रै जानकारी हुने उनले बताए । अहिले महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा भने कानुनी परामर्शमा लागिरहेको उनले जानकारी दिए ।भोटिङ हुने पदहरूमा विद्युतीय मतदान हुने समेत उनले बताए । मनोनयन पत्र दर्ताको समय ११ :१५ सम्म रहेको थियो । 

    • प्रकाशित मितिः पुस ३०, २०८२
    • 265 पटक पढिएको
  • सभापतिमा गगनको उम्मेदवारी दर्ता

    काठमाडौँ । नेपाली कांग्रेसको सभापति पदमा महामन्त्री गगन थापाको उम्मेदवारी दर्ता भएको छ । भृकुटीमण्डपस्थित विशेष महाधिवेशनस्थलमा थापाले सभापति पदमा उम्मेदवारी दर्ता गराएका हुन् । निर्वाचन समितिका अनुसार सभापति पदमा उनको एकल मनोनयन दर्ता भएको हो ।यस्तै महामन्त्रीसहितका पदाधिकारीका पदमा पनि मनोयन दर्ता भएको निर्वाचन समितिका संयोजक सीताराम केसीले बताए ।  यस्तै संस्थापन पक्षबाट ३० जना केन्द्रीय समिति सदस्य लिएर विशेष महाधिवेशनमा सहभागी हुने पुष्पा भुसालले सहमहामन्त्री पदमा उम्मेदवारी दिएकी छन् । यसैबीच विशेष महाधिवेशनस्थलमा मनोनयन दर्ताका साथसाथै उम्मेदवारी फिर्ताको फाराम समेत सँगसँगै भर्

    • प्रकाशित मितिः पुस ३०, २०८२
    • 322 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.