राजनीति

    Showing 2,791-2,800 of 6,738 items.
  • प्रधानमन्त्रीलाई विश्वासको मत : राप्रपाले नदिने, एसले दिने

    काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने निर्णय गरेको छ। आज बसेको संसदीय दलको बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने निर्णय गरेको प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले बताए।एमालेसहित सरकारमा सहभागी साना दलले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्रीले भोलि विश्वासको मत लिँदैछन्। यता, नेकपा एकीकृत समाजवादीले प्रधानमन्त्री प्रचण्डको विश्वासको मतको पक्षमा मतदान गर्ने निर्णय गरेको छ ।संसद भवन बानेश्वरमा बिहीबार बसेको नेकपा एकीकृत समाजवादी संसदीय दलको बैठकले शुक्रबार संसदमा प्रधानमन्त्री प्रचण्डको विश्वासको मतको प्रस्तावका पक्षमा मतदान गर्ने निर्णय गरेको हो ।बैठ

    • प्रकाशित मितिः असार २७, २०८१
    • 348 पटक पढिएको
  • मन्त्री अनुपस्थित भएपछि प्रतिनिधिसभा बैठक स्थगित

    काठमाडौँ- प्रतिनिधिसभाको बैठक स्थगित भएको छ।  बिहीबार साँझ ढिलो गरी बसेको बैठकमा मन्त्रीहरू अनुपस्थित भएपछि सभामुख देवराज घिमिरेले बैठक स्थगित गरेका हुन् । प्रतिनिधिसभा बैठकको सुरुमै समय लिएर बोल्दै कांग्रेस सांसद रामहरि खतिवडाले प्रधानमन्त्री र मन्त्रीहरू कोही पनि बैठकमा उपस्थित नभएको भन्दै सभामुख घिमिरेको ध्यानाकर्षण गराएका थिए।प्रतिनिधिसभा नियमावली अनुसार प्रतिनिधिसभा बैठक चलाउन एक जना मन्त्री भए पनि उपस्थित हुनुपर्छ । तर, बिहीबारको बैठकमा कुनै पनि मन्त्री उपस्थित भएनन् । त्यसपछि सभामुख घिमिरेले बैठकमा शुक्रबार बिहान ११ बजेसम्मका लागि स्थगित गरेका हुन् । 

    • प्रकाशित मितिः असार २७, २०८१
    • 450 पटक पढिएको
  • विधेयक 'फेल' हुने बुझेपछि राष्ट्रियसभा बैठक स्थगित, विपक्षीको असन्तुष्टि

    काठमाडौँ- राष्ट्रियसभाबाट पारित हुन लागेको विधेयक फेल गराउने बुझेपछि आज बस्ने भनिएको बैठक स्थगित भएको छ।  बिहीबार दिउँसो सवा १ बजेका लागि निर्धारण गरिएको राष्ट्रिय सभाको बैठक विशेष कारणवश भन्दै आइतबारसम्मका लागि स्थगित गरिएको हो। राष्ट्रियसभाको बैठक स्थगित हुनुका पछाडि बजेट आश्रित विधेयक मुख्य कारण रहेको छ । बिहीबार राष्ट्रियसभामा बजेट आश्रित आर्थिक विधेयक निर्णयार्थ पेस गर्ने कार्यसूची थियो । यो विधेयकमा कांग्रेस र एमालेले राखेको संशोधन पारित हुने अवस्था देखिएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको संकेतपछि राष्ट्रियसभा अध्यक्ष नारायण दाहालले बैठक नै स्थगित गरिदिएका हुन् । ब

    • प्रकाशित मितिः असार २७, २०८१
    • 256 पटक पढिएको
  • राई नेतृत्वको जसपाले प्रचण्डलाई विश्वासको मत नदिने

    काठमाडौँ- अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत नदिने निर्णय गरेको छ। आज बिहीबार बसेको जसपा संसदीय दलको बैठकले प्रधानमन्त्री दाहालका विपक्षमा मतदान गर्ने निर्णय गरेको प्रमुख सचेतक वीरेन्द्रप्रसाद महतोले जानकारी दिए।प्रधानमन्त्री दाहालले असार २८ गते प्रतिनिधिसभामा विश्वासको मत लिँदैछन्। उपेन्द्र यादव नेतृत्वको जसपा नेपालबाट हालै अलग भएको जसपाका प्रतिनिधि सभामा ७ जना सांसद छन्।नेकपा एमाले, जसपा, नागरिक उन्मुक्तिलगायत पार्टी सरकारबाट बाहिरिएसँगै दाहालले विश्वासको मत लिन लागेका हुन्। 

    • प्रकाशित मितिः असार २७, २०८१
    • 271 पटक पढिएको
  • महाधिवेशन सकिएको महिनादिनपछि उपेन्द्रले बनाए 'अपूर्ण केन्द्रीय समिति'

    काठमाडौं- जनता समाजवादी पार्टी (जसपा) नेपालले २१५ सदस्यीय केन्द्रीय समिति घोषणा गरेको छ । जेठ अन्तिममा भएको महाधिवेशनले अध्यक्षमा उपेन्द्र यादवलाई सर्वसम्मत चयन गरेको थियो।महाधिवेशनबाट निर्विरोध चयन भएका अध्यक्ष यादवले आज २१५ सदस्यीय केन्द्रीय समिति घोषणा गरेको प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले बताए । विधान अनुसार केन्द्रीय समिति २४१ जना हुनुपर्ने त्यसमध्ये उनले २१५ जनाको नाम मात्र सार्वजनिक गरेका छन् ।बाँकी पदाधिकारी अब केन्द्रीय समितिको बैठक बसेर चाँडै टुंग्याउने तयारी रहेको उनले बताए । अहिले जसपामा अध्यक्ष यादवमात्रै पदाधिकारी छन् भने ९ कार्यकारिणी सदस्य रहेका छन् ।्जसपामा अध्यक्षसहित

    • प्रकाशित मितिः असार २७, २०८१
    • 233 पटक पढिएको
  • विष्णु पौडेललाई रोक्न आफै अर्थमन्त्री बन्न चाहन्छन् शंकर पोखरेल

    काठमाडौं- नयाँ बन्ने सरकारमा मन्त्री बन्न नेकपा एमाले र नेपाली कांग्रेसभित्र तीब्र लबिङ चलिरहेको छ। कांग्रेसमा कसले नेतृत्व गरेर सरकारमा जानेबारे तीब्र छलफल चलिरहेको छ। हालसम्म कांग्रेसबाट रमेश लेखक, गगन थापा, प्रकाशमान सिंहलगायतले नेतृत्व गरेर सरकारमा जाने आकांक्षा व्यक्त गरेका छन्। यता एमालेबाट भने प्रधानमन्त्रीमा केपी शर्मा ओलीपछि को जान्छ चासोको विषय बनेको छ। ओलीले हालका पदाधिकारीमध्येबाट घटिमा दुईजनालाई मन्त्री बनाउने चाहना गरेका छन्। ओलीनिकट स्रोतका अनुसार उपाध्यक्ष विष्णु पौडेल र उपमहासचिव पृथ्वी सुब्बा गुरुङलाई सरकारमा लाने तयारी छ। विष्णुलाई अर्थ मन्त्रालयको जिम्मेवारी दिने ओलीको तयार

    • प्रकाशित मितिः असार २७, २०८१
    • 272 पटक पढिएको
  • गृहमन्त्रीको नाम लिएर पैसा उठाउने गृहमन्त्रालयका कर्मचारी पक्राउ

    काठमाडौं- गृहमन्त्री र गृहसचिवको नाम लिएर भिजिट भिसामा मान्छे विदेश पठाउन दबाब दिने गृहमन्त्रालयका कर्मचारी निर्मल विष्ट पक्राउ परेका छन्।विष्टले ‘गृहमन्त्री रवि लामिछाने, उनको सचिवालय र गृहसचिव एकनारायण अर्याललगायतसँग कुरा भइसकेको छ’ भन्दै गत शुक्रबार ९असार २१० थाइल्याण्ड हुँदै तेस्रो मुलुक जान लागेका २० जनालाई नरोक्न त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका प्रमुख अध्यागमन अधिकृत सुरेश पन्थीलाई टेलिफोनबाट दबाब दिएको स्रोत बताउँछ ।प्रमुख अध्यागमन अधिकृत पन्थीले मन्त्रालयमा सोधखोज गरेपछि विष्टको धन्दा खुलेको बताइएको छ । गृह मन्त्रालयमा रहेर भिजिट भिसामा विदेश पठाउने धन्दामा संलग्न रहेको पाइएपछि

    • प्रकाशित मितिः असार २७, २०८१
    • 309 पटक पढिएको
  • माओवादी बैठकमा प्रचण्डको ब्रिफिङ : ओलीले ढाटे

    काठमाडौं– सत्तारूढ दल नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता यात्रामा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले ढाटेको गुनासो गरेका छन्। बैठकमा प्रचण्डले बिहान कुराकानी गर्दा समेत स्वर्ग र नर्क सँगै जाउँ भनेर प्रस्ताव गरेको बताएका छन्। माओवादीले अन्य दलसँग पनि प्रधानमन्त्रीमा विश्वासको मत लिने दाबी गरेको छ। आउँदो असार २८ मा प्रधानमन्त्री समेत रहेका प्रचण्डले विश्वासको मत लिँदैछन्। माओवादीले विश्वासको मत दिन ह्वीप जारी गरेको छ। साथै, माओवादीले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन अन्य दल तथा स्वतन्त्र सांसदहरूसँग संवाद गर्ने तयारी गरेको छ। माओवादीको पहिलो उद

    • प्रकाशित मितिः असार २६, २०८१
    • 403 पटक पढिएको
  • रवि लामिछानेका दुईवटा पासपोर्ट छन् : मुकुल ढकाल (भिडियो)

    काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री मुकुल ढकालले रवि लामिछानेसँग दुईवटा पासपोर्ट रहेको खुलाएका छन्। रास्वपाको बर्खास्तीपछि ढकालले पत्रकार सम्मेलन गर्दै आफू लामिछानेको पासपोर्ट काण्ड लुकाउन लागेको स्वीकारेका छन्। उनले रविले देशमा केही गर्छन् भन्ने अपेक्षाले सोही काम गरेको बताएका छन्।  यस्तै, पार्टी सभापति रवि लामिछानेसँगकै सल्लाहमा समीक्षा प्रतिवेदनबारे सञ्चार माध्यममा बोलेको बताएका छन्।उनले देशका विभिन्न जिल्ला घुमेर ल्याएको समीक्षा प्रतिवेदनबारे के कुरा बोल्ने र के कुरा नबोल्ने भनेर सभापति लामिछानेसँग सल्लाह गरेरै मिडियामा प्रतिवेदनका केही अंश भनेको दाब

    • प्रकाशित मितिः असार २६, २०८१
    • 715 पटक पढिएको
  • अध्यक्ष ओलीको ब्रिफिङ : अस्थिरता, बार्गेनिङ र दलगत स्वार्थ अन्त्य गर्न कांग्रेस र हामी मिल्यौं

    काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा अ‍ोलीले कुन व्यक्तिको नेतृत्वमा संविधान संशोधनका लागि आयोग बनाउने भन्नेबारे ठोस निर्णय नभएको बताएका छ्न्।बुधबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकलाई सम्बोधन गर्दै उनले संविधान संशोधनका लागि आयोग बनाउने सहमति नभएको बताएका हुन्। अनुभवबाट प्राप्त परिवर्तन, परिमार्जन, सुधार आवश्यक भए त्यसमा आधारित रहेर संविधान संशोधन गर्ने सहमति भने भएको उनको भनाइ छ।‘अनुभवहरूले के कस्ता परिवर्तन, परिमार्जन, सुधार आवश्यक छन्, त्यसमा आधारित भएर संशोधन गर्ने हो।  यो बुँदामा भन्ने निस्कर्षमा पुगिसकेका छैनौँ, कसैको नेतृत्वमा आयोग बनेको छैन । कसैको नेतृ

    • प्रकाशित मितिः असार २६, २०८१
    • 330 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा