कृषि

    Showing 31-40 of 463 items.
  • महबाटै करोडको कारोबार गर्नुहुन्छ विनोद हमाल

    भजनी (कैलाली)। परिश्रम गरे स्वदेशमै मनग्य आम्दानी गर्न सकिन्छ भन्ने एक उदाहरण हुनुहुन्छ दाङको तुलसीपुर उपमहानगरपालिका–६ मदन नगरका विनोद हमाल । व्यावसायिक माहुरीपालनबाट बर्सेनि करोडौँको कारोबार गर्दै आउनुभएका हमाल व्यवसायीमात्र होइन समाजका लागि एक प्रेरणा पनि हुनुहुन्छ ।विसं २०५५ देखि माहुरीपालन व्यवसाय गर्दै आउनुभएका उहाँबाटै सिकेको सीपबाट कैयौँ युवाहरू माहुरीपालन व्यवसायमा संलग्न हुनुभएको छ । त्यो समयमा १२–१५ जना माहुरीपालक किसान रहेका दाङमा अहिले चार–पाँच सय युवा त्यसैमा भविष्य खोजिरहेको हमाल बताउनुहुन्छ । “सुरुमा सीमित व्यक्ति मौरीपालनमा थियौँ । अहिले दाङमा मात्र चार–पाँच सय जना पुगिसक्नुभए

    • प्रकाशित मितिः मंसिर २९, २०८२
    • 231 पटक पढिएको
  • सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर

    भोजपुर। यहाँका किसानका लागि सुन्तला खेती आम्दानीको भरपर्दो आधार बन्दै गएको छ । व्यावसायिक रूपमा सुन्तला उत्पादन गर्दै आएका यहाँका किसानले बजार विस्तारसँगै राम्रो मूल्य पाउन थालेपछि आर्थिक रूपमा सबल बन्दै गएका छन् । सडक पहुँच विस्तार भएपछि स्थानीय बजारमा मात्र सीमित रहेको सुन्तला अहिले बाहिरी जिल्लासम्म पुग्न थालेको हो ।विगतमा यातायात सुविधा नहुँदा स्थानीय बजारमै भर पर्नु परेकोमा अहिले बगानमै ठेकेदार आएर सुन्तला खरिद गर्ने अवस्था बनेको टेम्केमैयुङ गाउँपालिका–५ खावा केराबारीका किसान देवराज राईले बताउनुभयो । हाल २२ रोपनी क्षेत्रमा करिब २०० वटा सुन्तलाका बोट लगाएर व्यावसायिक खेती गर्दै आउनुभएका रा

    • प्रकाशित मितिः मंसिर २९, २०८२
    • 201 पटक पढिएको
  • भेडाच्यांग्रा खोरमा हिउँ चितुवाको आक्रमणः १९ भेडा मरे

    मुस्ताङ— मुस्ताङको घरपझोङ—२ मार्फास्थित शीतोष्ण बागवानी विकास केन्द्र नजिकै  गएराति हिउँ चितुवाको आक्रमणमा परी १६ भेडा र ३ च्यांग्रा मरेका छन् । स्थानीयवासी सन्तोष परियारको भेडाच्यांग्रा खोरमा हिउँ चितुवा पसेर भेडाच्यांग्रा मारेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्याप जोमसोमले जानकारी दिएको छ ।किसान परियारको मार्फास्थित गाउँ भित्रको भेडाच्यांग्रा  खोरमा ४५ भेडाच्यांग्रा रहेका थिए । ती मध्ये चितुवाको आक्रमणबाट १९ भेडाच्यांग्रा मृत्यु भएको एक्याप जोमसोमका कार्यालय प्रमुख राजेश गुप्तले जानकारी दिए। यसबाट करिव ६ लाख बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।उनले अन्नपूर्ण संरक्षण क्

    • प्रकाशित मितिः मंसिर २६, २०८२
    • 377 पटक पढिएको
  • सिन्धुलीमा जुनार प्रवद्र्वन मेला, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा चिनाउने लक्ष्य

    सिन्धुली— सिन्धुलीमा जुनार प्रवद्र्वन मेला २०८२ प्रारम्भ भएको छ । ‘गोलन्जोरको सान जुनार हाम्रो पहिचान ,गोलन्जोरको जुनार समृद्विको आधार’ भन्ने नाराका साथ प्रवद्र्वन मेला आयोजना भएको हो ।मौलिक फलको रुपमा परिचित गोलन्जोर गाउँपालिकामा अवस्थित जुनार बगैंचामा कृषि पर्यटन प्रवद्र्वन गर्ने तथा स्थानीय रुपमा उत्पादित जुनारलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा चिनाउने उद्देश्यले मेलाको आयोजना गरिएको हो ।मंसिर २३ गते देखि २५ गतेसम्म बगैचा स्थलमै पहिलो पटक जुनार प्रवद्र्वन मेला २०८२ भव्यताका साथ आयोजना हुन गइरहको हो ।पूर्वाधार विकास कार्यालय सिन्धुलीका कार्यालय प्रमुख लक्ष्मी प्रसाद सापकोटाले सिन्धुलीक

    • प्रकाशित मितिः मंसिर २५, २०८२
    • 389 पटक पढिएको
  • किसानलाई दूधमा दश रुपैयाँ अनुदान

    दमौली। भिमाद नगरपालिकाले दूध उत्पादक किसानलाई प्रोत्साहनस्वरुप रु १० अनुदान दिने निर्णय गरेको छ । दूध उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रम सञ्चालन कार्यविधि, २०८२ अनुसार किसानलाई प्रतिलिटर रु १० अनुदान दिने निर्णय भएको नगरप्रमुख दधिराज सुवेदीले राससलाई जानकारी दिनुभयो ।  नगरपालिका र भिमाद कृषि उद्यम सहकारी संस्थाबीच त्यससम्बन्धी सम्झौता भएको छ । सम्झौताअनुसार दूध उत्पादन गर्ने किसानलाई भिमाद कृषि उद्यम सहकारीले उक्त रकम प्रदान गर्नेछ । नगरपालिकाले दूधको मूल्य पनि निर्धारण गरेको छ । भदौ १ गतेदेखि माघ मसान्तभित्र खरिद मूल्य प्रतिलिटर रु ११०, थोक बिक्री मूल्य प्रतिलिटर रु १२०

    • प्रकाशित मितिः मंसिर २५, २०८२
    • 215 पटक पढिएको
  • याकका डमि बनाउँदै शोलुखुम्बुका कालीगढ

    काठमाडौं— शोलुखुम्बुका कुशल कालीगढ मिङ्मा शेर्पाले हिमाली जिल्ला मुस्ताङको जोमसोममा घर सजावट तथा चढ्नका लागि प्रयोग हुने याकको डमि तयार गरेका छन् ।लदाकमा विशेष सिप सिकेपछि उनले मुस्ताङ आएर आफ्नै कला र सीपलाई प्रयोग गर्दै याकका यथार्थजस्ता डमिहरू बनाइरहेका हुन् ।उनका अनुसार, हालसम्म उनले मुस्ताङमै १० वटा याकको डमि निर्माण गरिसकेका छन् ।

    • प्रकाशित मितिः मंसिर २५, २०८२
    • 362 पटक पढिएको
  • बर्दियामा साढे ४ क्विन्टल अवैध टिमुरसहित ट्रक चालक पक्राउ

    बर्दिया— बर्दियाको बाँसगढीबाट प्रहरीले ठूलो परिमाणको अवैध टिमुर बरामद गरेको छ। प्रहरीले ४ क्विन्टल ६२ किलो अवैध टिमुरसहित ट्रक चालक तेजबहादुर जाग्रीलाई पक्राउ गरेको हो।उक्त टिमुर बाजुराबाट नेपालगञ्जतर्फ बिना अनुमति ल्याइँदै गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ। पक्राउ परेका चालक र बरामद गरिएको टिमुरलाई राजस्व अनुसन्धान कार्यालय, कोहलपुरमा बुझाइएको प्रहरीले जानकारी दिएको छ।घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

    • प्रकाशित मितिः मंसिर २४, २०८२
    • 388 पटक पढिएको
  • लाटोकोसेरो संरक्षित क्षेत्र बन्यो बास्कुना

    म्याग्दी— बेनी नगरपालिका–४ बास्कुनामा रहेको देउरालीपाखा सामुदायिक वनलाई सङ्कटापन्न पन्छी लाटोकोसेरो संरक्षण क्षेत्र बनाइएको छ । करिब २१ दशमलव ६५ हेक्टर क्षेत्रफलमा फैलिएको वनमा पाइने लाटोकोसेरो जोगाउन र पर्यापर्यटनको उद्देश्यले संरक्षण क्षेत्र बनाइएको हो । देउरालीपाखा सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष भीम थापाले संरक्षण क्षेत्र घोषणा र सचेतनामूलक कार्यक्रमका सञ्चालन भएपछि लाटोकोसेरो प्रशस्त देखिन थालेका बताए। “वयट्ली फण्ड फर नेचर (डब्लुएफएन) अवार्डको सहयोगमा प्रकृतिका साथी संस्थाले डिभिजन वन कार्यालयसँगको समन्वयमा एक वर्षअघि घोषणा गरेको देउरालीपाखा सामुदायिक वनलाई लाटोकोसेरो संरक्

    • प्रकाशित मितिः मंसिर २४, २०८२
    • 353 पटक पढिएको
  • अण्डाको मूल्य हालसम्मकै उच्च

    चितवन। विगत लामो समयदेखि नोक्सान बेहोर्दै आएका नेपालका लेयर्स कुखुरापालक किसानले नाफा हुनेगरी अण्डाको मूल्य पाएका छन् । पछिल्ला वर्षहरुमा लागत मूल्य नपाउँदा ७५ प्रतिशतभन्दा बढी किसान विस्थापित भएपछि किसानलाई नाफा हुनेगरी मूल्य पाएका हुन् ।देशभरका पोल्ट्री फार्महरुको मूल्यलाई आधार मानेर समर्थन मूल्य जारी गर्दै आएको नेपाल लेयर्स कुखुरा पालक सङ्घले मङ्गलबारदेखि लागू हुनेगरी नयाँ मूल्य कायम गरेको छ । त्यसअनुसार ठूलो (एक्सएल) अण्डा प्रतिक्रेट (३० को) रु ५८०, ठूलो अण्डा रु ५६५ र मिडिएम रु ५५० कायम गरिएको छ । यसअघि गएको साउनमा हालसम्मकै सबैभन्दा बढी ठूलो अण्डाको प्रतिक्रेट रु ५६० पुगेको थियो । क्रमशः

    • प्रकाशित मितिः मंसिर २२, २०८२
    • 202 पटक पढिएको
  • एक दिने पशु स्वास्थ्य शिविरमा १४ सयभन्दा बढी पशुपंक्षीको उपचार

    बर्दिया— बारबर्दिया नगरपालिका–९, कतर्नियामा सञ्चालन एक दिने पशु स्वास्थ्य शिविरमा २०३ जना किसानका १,४३५ वटा पशुपंक्षीको उपचार गरिएको छ।शिविरमार्फत ५०३ वटा बाख्रा, ६५ वटा गाई–भैँसी, ४० वटा बंगुर र ८२७ वटा कुखुरा तथा हाँसको स्वास्थ्य जाँच तथा उपचार गरिएको पशुसेवा शाखाका प्रमुख दीपक राज थापाले जानकारी दिए। उनका अनुसार पशु स्वास्थ्य परीक्षणसँगै परजीवी नियन्त्रण, खोपलगायतका सेवा पनि प्रदान गरिएको थियो।किसानलाई घरदैलोमै सेवा पुर्‍याउने उद्देश्यले शिविर आयोजना गरिएको बारबर्दिया नगरप्रमुख छविलाल थारूले जानकारी दिए । उनले नगरपालिकाले स्थापना गरेका पशु उपचार केन्द्रमार्फत नियमित सेवा लिन किसानलाई आग्रह

    • प्रकाशित मितिः मंसिर २२, २०८२
    • 374 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा