कृषि

    Showing 1-10 of 501 items.
  • कृषिमन्त्री चौधरीद्वारा कालीमाटी बजारको अनुगमन

    काठमाडौं— कृषि तथा पशुपन्छी विकास र वन तथा वातावरणमन्त्री गिता चौधरीले कालीमाटीस्थित फलफूल तथा तरकारी बजारको स्थलगत निरीक्षण गरेकी छन् ।बजार व्यवस्थापनमा कमजोरी भएको बारे गुनासो आएपछि मन्त्री चौधरी आज कालीमाटी पुगेर तरकारी बजारको अनुगमन गरेकी हुन् । बजार अनुगमनका क्रममा इजाजतपत्र लिएका व्यवसायीको नाममा अन्य व्यक्तिले भाडामा लिएर पसल सञ्चालन गरेको पाइएको मन्त्री चौधरीको सचिवालयले जनाएको छ । साथै, विषादी परीक्षण नभई तरकारी उपभोक्तासम्म पुग्ने गरेको, बिलविजकमा अनियमितता, इजाजतपत्र नवीकरण नगरेका पसल सञ्चालनमा रहेको जस्ता समस्या भेटिएका छन् ।मन्त्री चौधरीले कालीमाटी बजारअन्तर्गत थोक बजारका ६१०, ६४५

    • प्रकाशित मितिः चैत २६, २०८२
    • 399 पटक पढिएको
  • बाजुराको हिमालीमा कृषकलाई आधुनिक मिल वितरण

    बाजुरा— बाजुराको दुर्गम हिमाली गाउँपालिकामा कृषकलाई आधुनिक मिल वितरण गरिएको छ । रिरास परियोजना मार्फत उक्त मिल वितरण गरिएका हुन् । हिमाली गाउँपालिका वडा नं. ४,५,६ र ७ अगुवा कृषकहरूलाई विद्युतीय पल्टिक्रस प्रेसर, कम्बाइन राइस मिल र विद्युतीय घट्ट मेसिन कृषकलाई हस्तान्तरण गरिएको गाउँपालिकाले जनाएको छ ।मिल वितरणले कृषकहरूलाई राहत मिल्ने रिरास परियोजना कृषि प्राविधिक खेम ओलीले बताए । कृषकलाई गाउँ घरमा घण्टौँ समय लागेर धान, गहुँ, मकै र कोदो पिस्न सजिलो हुने भएको हो ।विगत लामो समयदेखि कुटानी पिसानी विभिन्न समस्या झेल्दै आइरहेका कृषकलाई आधुनिक मिल पाएपछि सहज हुने गाउँपालिका अध्यक्ष गोविन्द्र बहादुर म

    • प्रकाशित मितिः चैत २५, २०८२
    • 428 पटक पढिएको
  • ‘काचाल्का’ अर्थात् थोरै पानीले धेरै सिँचाइ गर्ने प्रविधि

    नारायणगढ । कृषिलाई व्यावसायिक बनाइ कम लागतमा बढी उत्पादन सुनिश्चित गर्नु अहिलेको आवश्यकता हो । नेपालका विभिन्न कृषि विश्वविद्यालय र अनुसन्धान केन्द्रले कृषिमा अध्ययन अनुसन्धान गर्दै आएका छन् । तर अधिकांश अनुसन्धानका परिणाम व्यवहारमा लागु नहुँदा ती अनुसन्धानमै सीमित भएका पनि छन् ।कृषि उत्पादनका लागि मल र बिउ उपलब्ध भएपनि सिँचाइ प्रणालीको उपयुक्त प्रयोग बिना उत्पादन सम्भव छैन । यसका लागि पानीको मात्रा, माटोको प्रकार, र बालीअनुसार सिँचाइ गर्ने तरिका निर्धारण गर्नु आवश्यक हुन्छ । कृषिलाई व्यावसायिक बनाउने उद्देश्यले, उपलब्ध प्रविधि र उपकरणलाई स्थानीय स्तरमा प्रयोगयोग्य र व्यवहारमै आधारित बनाउनु जर

    • प्रकाशित मितिः चैत २३, २०८२
    • 237 पटक पढिएको
  • असिना पानीले भित्र्याउने समयको बाली नष्ट, कृषकहरू चिन्तित

    सुर्खेत— शुक्रबार साँझ परेको असिना पानीले दैलेखमा भित्र्याउने अवस्थाको हिउँदे बालीमा क्षति पुर्याए पछि कृषकहरू चिन्तित भएका छन् । चामुण्डा बिन्द्रासैनी नगरपालिकाको विभिन्न स्थानहरूमा असिना पानीले क्षति पु¥याएको छ ।शुक्रबार साँझ तीन घण्टासम्म लगातार परेको असिनाले पाक्नै लागेको गहुँ, जौ, केराउ, तोरी लगायतका बाली पूर्ण रूपमा नष्ट गरेको स्थानीय तिलक तिमिल्सेनाले जानकारी दिए ।लगातारको असिना एक फिटसम्म बाक्लो भई जम्मा भएको र त्यसले पुरै बाली नष्ट गरेको बताए । असिनाले सुन्तला, कागतीलगायत फलफूलका बिरुवाहरूमा समेत क्षति पु¥याएको छ । चामुण्डा बिन्द्रसैनीको वडा नम्बर १, २ र ३ मा धेरै क्षति भएको स्थानीयले

    • प्रकाशित मितिः चैत १५, २०८२
    • 418 पटक पढिएको
  • जुम्लामा धान दिवस :‘काली मार्सी’ संरक्षण र प्रवद्र्धनमा जोड

    मुगु । कर्णाली प्रदेश सरकारद्वारा चैत १२ गतेलाई ‘धान दिवस’ का रूपमा सार्वजनिक बिदा दिइएको अवसरमा जुम्लामा ‘धान दिवस २०८२’ विविध कार्यक्रमका साथ सम्पन्न भएको छ ।‘जुम्लाको मूल्यवान धानखेती संरक्षण र प्रवद्र्धन हाम्रो अभियान’ भन्ने मूल नारासहित कार्यक्रम आयोजना गरिएको हो ।कार्यक्रमको आयोजना कृषि विकास कार्यालय जुम्लाले गरेको थियो भने किर्डाक नेपाल, पेस नेपाल, वल्भिजन र लिबोड चन्दननाथ बहुउद्देश्यीय सहकारी संस्था लगायतका निकायहरूले समन्वय गरेका थिए ।त्यस्तै कार्यक्रममा चन्दननाथ नगरपालिकाका शिक्षा शाखा प्रमुख खडानन्द चौलागाईं सामाजिक संञ्जालमा लेखेका छन, कर्णाली प्रदेशमा चैत १२ लाई सार्वजनिक बिदा दि

    • प्रकाशित मितिः चैत १२, २०८२
    • 79 पटक पढिएको
  • सुनसरीमा चैते धान रोपाइँ

    धरान। सुनसरीका किसान यतिबेला चैते धान रोप्न व्यस्त छन् । पर्याप्त सिँचाइ सुविधा पुगेका र सिमसार क्षेत्रका किसानलाई हाल धान रोपाइँ गर्न भ्याइनभ्याइ छ । जिल्लामा चैते (हिउँदे) र बर्खे गरी दुईपटक धान उत्पादन हुने गरेको छ । मकैभन्दा धानबाट राम्रो उत्पादन हुने र दुईपटक धान लगाउँदा एक बाली बिक्री गरेर आम्दानी गर्न सकिने भएकाले यसतर्फ किसानको आकर्षण छ ।  सुनसरीको रामधुनी नगरपालिका–६ का किसान भावना माझीका अनुसार एउटै खेतमा वर्षमा तीनपटकसम्म बाली लगाउन सकिन्छ । चैते धान समयमा रोपाइँ गर्न सकियो भने उत्पादन पनि राम्रो हुन्छ । एउटै खेतबारीमा बर्खे धान, चैते धानका साथै फापर÷तोरी लगाइने गरेको उहाँले बत

    • प्रकाशित मितिः चैत १२, २०८२
    • 211 पटक पढिएको
  • बाँदरका कारण बाँझिदै खेतीयोग्य जमिन

    भोजपुर। बाँदरले दुःख दिन थालेपछि भोजपुरमा खेतीयोग्य जमिन बाँझो हुने क्रम बर्सेनि बढेको छ । बाँदरबाट अन्नबाली जोगाउन नसक्ने अवस्था भएपछि किसानहरू खेतीपाती छाड्न बाध्य भएका छन् भने कतिपय परिवारले वैकल्पिक रोजगारी र सुरक्षित बसोबासको खोजीमा बसाइँसराइ रोजेका छन् । बाँदरको दुःख कम नभएपछि ग्रामीण बस्तीहरू क्रमशः सुनसान बन्दै गएका छन् ।स्थानीय कृषकका अनुसार बाँदर समूहमा आउने र पाक्नै लागेको बाली लक्षित गरी आक्रमण गर्ने गर्छन् । खेत वरिपरि कराउँदै हल्ला गरे पनि केही समयपछि पुनः फर्किने भएकाले नियन्त्रण गर्न झन् कठिन भएको छ । कतिपयले डर देखाउने आकृति बनाएका छन् । खेतबारीको डिलमा कटेरा बनाएर पालैपालो खे

    • प्रकाशित मितिः चैत ११, २०८२
    • 224 पटक पढिएको
  • बाजुराको स्वामिकार्तिकमा कृषि जैविक विविधता मेला, रैथाने बालीनालीको उत्पादनमा जोड

    बाजुरा— बाजुराको कर्णाली पारीको एक मात्र स्थानीय तह स्वामिकार्तिक खापर गाउँपालिकामा कृषि जैविक विविधता मेला भव्य रूपमा सम्पन्न भएको छ । सोही पालिकाको ४ देउरामा बुधबार कृषि जैविक विविधता मेला भव्य रूपमा सम्पन्न भएको हो ।‘कृषि जैविक विविधता तथा खाद्य परिकार प्रदर्शनी मेला–२०८२’ स्थानीय बालीको संरक्षण, प्रवद्र्धन र बजारीकरणलाई मुख्य लक्ष्य बनाउँदै सम्पन्न भएको गाउँपालिका कृषि शाखाले जनाएको छ ।गाउँपालिकाको आयोजना तथा परियोजनाको सह–आयोजनामा सञ्चालन गरिएको कृषि मेला प्रदर्शनी कार्यक्रमले अग्रानीक बस्तुहरूको उत्पादन,प्रशोधन र बजारीकरणमा सहज पुर्याउने भएको छ । उक्त कार्यक्रमले कृषकलाई प्रोत्साहन मिल्न

    • प्रकाशित मितिः चैत ५, २०८२
    • 391 पटक पढिएको
  • बुबाको पेसालाई पछ्याउँदै सफल डेरी उद्यागी बनेका योगेन्द्र

    भद्रपुर। झापाको मेचीनगर–१२ धाइजनस्थित ‘ऋतिका डेरी उद्योग प्रालि’ पूर्वी नेपालको डेरी क्षेत्रमा एक सफल र उदाहरणीय उद्योगका रूपमा स्थापित छ । यो सफलताका पछाडि वर्षौंदेखिको सङ्घर्ष, निरन्तर मेहनत र दूरदर्शी सोच जोडिएको छ । उद्योगका सञ्चालक योगेन्द्र चिमोरियाले पारिवारिक कठिनाइबाट सुरु गरेको सानो प्रयासलाई आज ठूलो उद्योगमा रूपान्तरण गर्नुभएको छ । विसं २०५० तिर उहाँका बुबा घनश्याम चिमोरियाले गाउँघरमा सङ्कलन भएको दूध साइकलबाट भारतको सिलिगुडी बजार पु¥याउने काम गर्नुहुन्थ्यो । त्यसबेला नेपालमा दूधको बजार सीमित थियो, जसका कारण उत्पादन भएको दूध भारतीय बजारमा बेच्नुपर्ने बाध्यता थियो । केही वर्षपछि योगेन

    • प्रकाशित मितिः चैत ५, २०८२
    • 231 पटक पढिएको
  • हावाहुरीको वितण्डाः रौतहटमा पकेट क्षेत्रकै मकै बाली सखाप, किसान मर्कामा

    रौतहट— सोमबार बेलुका आएको विनाशकारी हावाहुरीले रौतहटका विभिन्न स्थानमा लगाइएको मकै बालीमा व्यापक क्षति पु¥याएको छ । घोगा लाग्ने बेलाको मकै बोटै ढलेर सोत्तर भएपछि यहाँका किसानहरू निकै चिन्तित बनेका छन् ।विशेष गरी जिल्लाको मकै पकेट क्षेत्र मानिने चन्द्रपुर, गुजरा र बृदावन नगरपालिकामा हुरीले बढी क्षति गरेको छ । सोमबार बेलुका करिब १० मिनेटसम्म चलेको तीव्र गतिको हावाहुरीले खेतमा हरियाली छाएको मकै बालीलाई क्षणभरमै काम नलाग्ने गरी ढालेको हो ।चन्द्रपुर नगरपालिका वडा नं. २ का पीडित किसान सुब्बा कार्कीले यस वर्ष मकैबाट राम्रो आम्दानी हुने आशा राखेका थिए। तर हुरीले सपना चकनाचुर पारेको उनी बताउँछन् । ‘महँ

    • प्रकाशित मितिः चैत ४, २०८२
    • 402 पटक पढिएको

सुचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४ / ९८५११६७५५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.