आर्थिक

    Showing 581-590 of 4,291 items.
  • नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदका लागि आवेदन खुला

    काठमाडौं— नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्ष पद पूर्तिका लागि आवेदन खुला गरिएको छ । अर्थ मन्त्रालयले सूचना जारी गर्दै योग्य नेपाली नागरिकबाट सात दिनभित्र व्यक्तिगत विवरण (बायोडाटा) पेश गर्न आह्वान गरेको हो । सूचनाअनुसार इच्छुक उम्मेदवारहरूले सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र (वैशाख २१ गतेसम्म) सिंहदरबारस्थित अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखामा आवेदन दिनुपर्नेछ ।अध्यक्ष पदका लागि मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरेको र धितोपत्र बजार व्यवस्थापन, पूँजी बजार विकास, आर्थिक, वित्तीय, वाणिज्य, व्यवस्थापन वा कानून क्षेत्रमा

    • प्रकाशित मितिः वैशाख १५, २०८३
    • 393 पटक पढिएको
  • संघीय निजामती सेवा विधेयकको मस्यौदामा ३ हजार ५ सयभन्दा बढी सुझाव प्राप्त

    काठमाडौं— सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सङ्घीय निजामती सेवा विधेयकको प्रारम्भिक मस्यौदामाथि हालसम्म ३ हजार ५ सयभन्दा बढी राय, सुझाव तथा पृष्ठपोषण प्राप्त भएको जनाएको छ ।सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सोमबार एक सूचना जारी गरी विधेयकको प्रारम्भिक मस्यौदामाथि राय, सुझाव प्राप्त भइरहेको जानकारी गराएको हो ।मन्त्रालयले संघीय शासन प्रणालीलाई सुदृढ र संस्थागत बनाउने उद्देश्यसहित तर्जुमा गरिरहेको उक्त विधेयकको प्रारम्भिक मस्यौदा मिति २०८३ वैशाख ११ गते मन्त्रालयको आधिकारिक वेबसाइटमा सार्वजनिक गरेको थियो।सरोकारवाला निकाय, राष्ट्रसेवक कर्मचारी तथा आम नागरिकबाट प्राप्त सुझावह

    • प्रकाशित मितिः वैशाख १५, २०८३
    • 401 पटक पढिएको
  • यस्तो छ, मंगलबार विदेशी मुद्राको विनिमय दर

    काठमाडौं— नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजानिक गरेको छ । सार्वजानिक गरिएको विनिमयदर अनुसार आज अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ४१ पैसा र बिक्रीदर १५१ रुपैयाँ ०१ पैसा निर्धारण गरिएको छ ।यस्तै, युरोपियन युरो एकको खरिददर १७६ रुपैयाँ ६४ पैसा र बिक्रीदर १७७ रुपैयाँ ३५ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०३ रुपैयाँ ९५ पैसा र बिक्रीदर २०४ रुपैयाँ ७६ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १९१ रुपैयाँ ७४ पैसा र बिक्रीदर १९२ रुपैयाँ ५० पैसा, अष्ट्रेलियन डलर एकको खरिददर १०८ रुपैयाँ १० पैसा र बिक्रीदर १०८ रुपैयाँ ५३ पैसा, क्यानेडियन डलर एकको खरिददर ११० रुपैयाँ ४९ पैसा र बिक्

    • प्रकाशित मितिः वैशाख १५, २०८३
    • 400 पटक पढिएको
  • ६५ मेगावाट क्षमताको म्याग्दीखोला जलविद्युत् आयोजना निर्माण सुरु

    म्याग्दी— धवलागिरि गाउँपालिका–४ बगरमा ६५ मेगावाट क्षमताको म्याग्दीखोला जलविद्युत् आयोजना निर्माण सुरु भएको छ ।हाइड्रो भिलेज प्रालि प्रर्वद्धक रहेको आयोजनाले पहुँचमार्ग (सडक), विद्युत्गृह, सुरुङ र प्रसारण लाइन निर्माणलाई समानान्तर रुपमा अघि बढाएको हो ।बगर गाउँदेखि बाँध निर्माणस्थल दोभानसम्म डाइभर्सनबाट सडक र बगरमा कार्यालय स्थापना गरेको आयोजनाका प्रमुख उत्तम पौडेलले विद्युत्गृहबाट निस्कने पानी फाल्न एक हजार १३० मिटर लामो ‘टेलरेस’ सुरुङ निर्माण थालिएको जानकारी दिए ।

    • प्रकाशित मितिः वैशाख १४, २०८३
    • 455 पटक पढिएको
  • सुनको मूल्य ३ लाख नाघ्यो कतिमा हुँदैछ कारोवार ?

    काठमाडौं— साताको सुरुवातसँगै स्थानीय बजारमा सुन-चाँदीको मूल्य उकालो लागेको छ। सोमवार सुनको मूल्य एकैदिन तोलामा १,३०० रुपैयाँले बढेको छ ।छापावाल सुनको मूल्य बढेर प्रतितोला ३ लाख ५०० रुपैयाँ पुगेको नेपाल सुन–चाँदी व्यवसायी महासंघले जनाएको छ । आइतवार भने यही सुन २ लाख ९९ हजार २०० रुपैयाँमा कारोबार भइरहेको थियो ।सुनसँगै चाँदीको मूल्यमा पनि सामान्य वृद्धि देखिएको छ। चाँदी प्रतितोला ५० रुपैयाँले बढ्दै ५ हजार ४५ रुपैयाँमा कारोबार भइरहेको छ।

    • प्रकाशित मितिः वैशाख १४, २०८३
    • 450 पटक पढिएको
  • अर्थ समितिको बैठक बस्दै

    काठमाडौं— अर्थ समितिको बैठक आज बस्ने भएको छ ।बैठक सिंहदरबारस्थित समितिको सभाकक्षमा ११ः३० बजे बस्ने भएको् हो ।बैठकमा समितिको कार्यक्षेत्रका बारेमा छलफल हुनेछ । यस्तै, समितिको आगामी कामकारबाही सम्बन्धी छलफल हुनेछ ।

    • प्रकाशित मितिः वैशाख १४, २०८३
    • 392 पटक पढिएको
  • स्नो रिभर्सको आईपीओ बैशाख २९ देखि सर्वसाधारणका लागि खुल्ने

    काठमाडौं— स्नो रिभर्स लिमिटेडले बैशाख २९ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले दोस्रो चरणमा ७ लाख ७८ हजार १२५ कित्ता साधारण शेयर प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा बिक्री गर्न लागेको हो ।यसअघि कम्पनीले आयोजना प्रभावित स्थानीय, वैदेशिक रोजगारीमा रहेका नेपाली, कर्मचारी तथा सामूहिक लगानी कोषका लागि छुट्याइएको शेयर बाँडफाँट गरिसकेको छ ।लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । छिटोमा जेठ १ गते र ढिलोमा जेठ १२ गतेसम्म आवेदन दिन सकिनेछ । इक्रा नेपालले कम्पनीलाई ‘डबल बी प्लस’ रेटिङ दिएको छ, जसले मध्यम जोखिम संकेत गर्दछ । आईपीओ निष्क

    • प्रकाशित मितिः वैशाख १४, २०८३
    • 403 पटक पढिएको
  • विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दै

    काठमाडौं— राष्ट्रियसभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बौठक आज बस्ने भएको छ ।बैठक सिंहदरबारस्थित संघीय संसद सचिवालयमा विहान ११ः३० बजे बस्ने भएको हो ।बैठकमा उपसमिति गठन सम्बन्धमाको विषयमा छलफल हुनेछ ।

    • प्रकाशित मितिः वैशाख १४, २०८३
    • 420 पटक पढिएको
  • गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

    रौतहट— कुनै समय रौतहटको गरुडा बजारको रौनक नै बेग्लै थियो। श्रीराम सुगर मिल्सको चिम्नीबाट निस्कने धुवाँले यहाँका हजारौँ किसानको घरमा खुसीको रङ्ग भथ्र्यो। तर आज, त्यही मिलको गेटमा खिया लागेको छ, मेसिनहरू मौन छन् र हजारौँ उखु किसानका सपनाहरू उखुबारीमै ओइलाएका छन् ।पहिले(पहिले मङ्सिर लाग्नासाथ गरुडा क्षेत्रमा उखु बोकेका ट्याक्टर र गोरु गाडाको ताँती लाग्थ्यो । ‘नगदे बाली’ भनिएको उखु आज किसानका लागि ‘निल्नु न ओकल्न’ भएको छ । २०७७ साउन ११ गते मिल सञ्चालक समितिले घाटा देखाउँदै स्थायी रूपमा बन्द गरेको घोषणा गरेपछि यहाँका उखु खेती गर्ने किसानको उत्साह हराएको हो । मिल चल्ने आस मरेपछि धेरैले उखु खेती छाडे

    • प्रकाशित मितिः वैशाख १४, २०८३
    • 424 पटक पढिएको
  • रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

    धुञ्चे। उत्तरी नाका रसुवागढीबाट चालु आर्थिक वर्षको नौ महिनामा रु ३१ अर्ब ३० करोड बराबरका बस्तु भित्रिएको छ ।नेपाल–चीन व्यापारको महत्वपूर्ण नाकाका रुपमा रसुवागढी रहेको छ । रसुवा भन्सार कार्यालय टिमुरेका प्रमुख भन्सार अधिकृत तुलसीप्रसाद भट्टराईका अनुसार आयातित सामग्रीको मूल्याङ्कनबाट नौ महिनाको अवधिमा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन भएको हो । कठिन भौगोलिक अवस्था र पटक–पटक आउने प्राकृतिक अवरोधबीच पनि नाकाबाट व्यापार सञ्चालन भइरहेको उहाँले जानकारी दिनुभयो ।नाकाबाट आयात हुने सामग्रीमा रोलकपडा, तयारी पोसाक, विद्युतीय इभी गाडी, जलविद्युत् तथा पूर्वाधार विकास आयोजनाका निर्माण सामग्री, स्याउ, लसुन, औद्

    • प्रकाशित मितिः वैशाख १४, २०८३
    • 245 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.