काठमाण्डौ । कांग्रेस नेता तथा पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ परेका छन् । खड्कालाई आज बिहान महाराजगन्जबाट CIB ले पक्राउ गरेको छ। खड्का ओली सरकारमा उर्जामन्त्री रहेका थिए ।
सम्पत्ति शुद्धीकरण मुद्दाको अनुसन्धानका क्रममा उनी पक्राउ परेको स्रोतको दाबी छ ।उनी लैनचौरस्थित स्काउटको जग्गा विवादमा मुछिएका छन् । जेनजी आन्दोलनका बेलामा उनको निवासमा आगजनी हुँदा पैसा उडेको भन्दै एक भिडियो भाइरल भएको थियो ।स्रोतका अनुसार, CIB ले यस घटनालाई उच्च प्राथमिकतामा राख्दै थप अनुसन्धान अगाडि बढाइरहेको छ। यससँगै, सम्बन्धित कागजात संकलन र अन्य व्यक्तिहरूमाथि पनि छानबिन हुन सक्ने संकेत गरिएको छ।
ओली र लेखकपछि अब अर्का हाइ-प्रोफाइल नेतालाई लागेको यो कानुनी हतकडीले, देशमा अब भ्रष्टाचारीका दिन साँच्चै सकिएको संकेत गर्न थालेको छ ।





































