रुपन्देही— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट रुपन्देही–३ को उपनिर्वाचनमा उम्मेदवार बन्न ९ जनाले आवेदन दिएका छन् । बिहीबार रास्वपाले फेसबुक पेजमार्फत रुपन्देही–३ को उपनिर्वाचनमा उम्मेदवार बन्न ९ जनाले आवेदन दिएको बताएको हो ।
रास्वपाबाट उम्मेदवार बन्न सुलभ खरेल, पाथवेन्द्र उपाध्याय, डा. लेखजंग थापा, ज्ञानु पौडेल, जितबहादुर गुप्ता, कुसुम महर्जन, रचना क्षेत्री, पुन अग्रवाल र मधु अर्यालले आवेदन दिएका छन् ।
आवेदनकहरूको नाममाथि २३ र २४ साउनमा दाबी विरोध गर्ने समय रास्वपाले दिएको छ । १२ भदौसम्म प्रारम्भिक निर्वाचन हुने रास्वपाले जनाएको छ । रुपन्देही–३ मा १७ कात्तिकमा उपनिर्वाचन हुँदै छ ।