काठमाडौं— उपभोक्ता अदालतले चिकित्सकीय अभ्याससम्बन्धी मुद्दामा गरेको कारबाहीको निर्णयप्रति गम्भीर असहमति जनाउँदै नेपाल चिकित्सक संघले  असार २३ गतेदेखि देशभरका अस्पताल तथा स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका सम्पूर्ण सेवा बन्द गरेका छन् । बिरामीहरुलाई देशभरका अस्पताल बन्द हुने जानकारी नहुँदा टाढाबाट फ्लोअपमा आउने बिरामीहरुलाई समस्या झेल्नु परेको छ ।

देशकै सबैभन्दा पुरानो (जेठो( वीर अस्पताल, नयाँ बानेश्वरमा रहेको सिभिल सर्भिस, ट्रमा सेन्टर, कान्तिबाल अस्पताल, टिचिङ् अस्पताललगायत अस्पतालमा   ‘फलोअप’का बिरामीबाहेक अरूले सेवा पाउनबाट बञ्चित भएका छन् । आकस्मिक र अत्यावश्यक सेवाबाहेकको सेवा दिन नसकिएको वीर अस्पतालका निर्देशक डा. दिलीप शर्माले जानकारी दिए ।

‘संघको आह्वानमा सेवा बन्द भएको, आंशिक सेवा मात्र दिइरहेको र आकस्मिक सेवा भने दिइरहेका शर्माको भनाइ छ । 

संघले देशभरका चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलाई असार १७ गतेदेखि कालोपट्टी बाँधेर सेवा दिन आह्वान गरेकामा असार २३ गतेदेखि आकस्मिक बाहेकका सेवा ठप्प पारेको शर्माले बताए। 

उपभोक्ता अदालतले बिरामीको उपचारमा लापरबाही गरेको भन्दै पछिल्लो समय ग्रान्डी अस्पताल र चिकित्सकमाथि रु ५७ लाख १९ हजार क्षतिपूर्तिसहित कारबाहीको फैसला गरेको थियो ।

उपभोक्ता अदालतले गरेको फैसलामा हिमाल अस्पताल र सो अस्पतालमा कार्यरत चिकित्सकलाई रु एक करोड ४५ लाख क्षतिपूर्ति तिराउने, ओम अस्पताललाई रु ५० लाख ७० हजार तिर्नुपर्ने भनी फैसला गरेको थियो । चिकित्सा पेसालाई अत्यन्त संवेदनशील, वैज्ञानिक र नैतिक सेवा भएको बताउँदै यसलाई अन्य व्यवसायजस्तो मूल्याङ्कन गरी निर्णय गर्नु अस्वीकार्य हुने चिकित्सक संघका महासचिव डा. सञ्जीव तिवारीको भनाइ छ । 

कान्तिबाल अस्पतालको सुनसान दृश्य

1000031429