काठमाडौँ / गृह मन्त्रालयले प्रहरी निरीक्षक राजकुमार कुर्मीलाई बर्खास्त गरेको छ । 

प्रहरी संगठनको आचरणविपरीत काम गरेको पाइएपछि निलम्बनमा परेका प्रहरी निरीक्षक कुर्मीलाई गृह मन्त्रालयले बर्खास्त गरेको हो । 

OM Sai Pathibhara Hospital

प्रहरी प्रधान कार्यालय नक्सालले निलम्बित प्रहरी निरीक्षक कुर्मीलाई बर्खास्त नै गर्नुपर्ने अवस्था देखिएको भन्दै गृह मन्त्रालयलाई पत्राचार गरेको थियो । 

प्रहरी प्रधान कार्यालयकै सिफारिसमा गृहले मंगलबार प्रहरी निरीक्षक कुर्मीलाई बर्खास्त गरेको प्रहरी प्रवक्ता तथा एसएसपी विष्णुकुमार केसीले जानकारी दिए । बर्खास्त गरिएको गृह मन्त्रालयको पत्र प्रहरी हेडक्वार्टरमा आइपुगेको पनि प्रवक्ता केसीले बताए । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालय बर्दिबासमा कार्यरत रहँदा प्रहरी निरीक्षक कुर्मीलाई प्रहरी प्रधान कार्यालयले निलम्बन गरेको थियो । 

अख्तियारको क्षेत्रीय कार्यालय बर्दिबासमा रहँदा उनले तत्कालीन प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीविरुद्ध अख्तियारमा बेनामे उजुरी हाल्नुका साथै प्रहरी आचरणविपरीत काम गरेको पुष्टी भएको थियो ।