काठमाडौँ / कानून व्यवसायी परिषद (बार काउन्सिल) ले नेपाल बार एशोसिएसनका पूर्व कोषाध्यक्ष एवं अधिवक्ता रुद्र पोखरेललाई स्पष्टीकरण सोध्ने भएको छ ।
घुस लेनदेनको डिल गरेको अडियो टेप बाहिरिएपछि बुधबार समितिको बैठक बसेको थियो । बैठकले उनलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।
समितिकी सदस्य सचिव एवं परिषदकी सचिव मोना सिंहले स्पष्टीकरण पछि प्रमाण बुझेर थप निर्णय हुने बताइन् ।