रूपन्देही / बुटवलबाट औषधिमा नयाँ मूल्य राखेर बिक्री वितरण गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।  

पक्राउ पर्नेमा बैतडीको नागार्जुन गाउँपालिका –२ का २८ वर्षीय प्रकाश भण्डारी, सोही गाउँपालिका वडा नं. –३ का २३ वर्षीय महेश भण्डारी र दशरथचन्द नगरपालिका –११ का २६ वर्षीय हरिस भण्डारी रहेका छन् । 

OM Sai Pathibhara Hospital

बुटवल उपमहानगरपालिका –७ दीपनगरमा रहेको बर्तोली प्रिन्टर्सले अवैध रुपमा विभिन्न प्रकारका औषधि तथा पोषणयुक्त सामाग्रीलाई गोदाम गरेर नयाँ मूल्य राख्ने तथा म्याद सकिएको औषधिमा नयाँ मिति राखेर बिक्री वितरण भइरहेको सूचनाको आधारमा उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रूपन्देहीले जनाएको छ ।  

प्रहरीले उनीहरुको साथबाट दुई सय कार्टुन विभिन्न प्रकारका औषधधि तथा पोषणयुक्त सामाग्रीहरु र एक थान प्रिन्टिङ मेसिन बरामद गरेको छ ।