काठमाडौं / काठमाडौंको शंखरापुर नगरपालिका–१ स्थित देउराली भन्ज्याङमा ट्रिपरको ठक्करबाट एकजना महिलाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–१३ फटकसिला घर भएकी ३९ वर्षीया लिलामाई दनुवार रहेको प्रहरी प्रभाग साँखुले जनाएको छ ।प्रदेश–३ ०१–००६ ख ३४७४ नम्बरको ट्रिपरले ठक्कर दिँदा मंगलबार राती ९ बजे दनुवारको मृत्यु भएको हो । ट्रिपर चालक रामेछापको मन्थली नगरपालिका-१४ घर भएका सुमन तामाङलाई प्रहरीले मेलम्चीमा पक्राउ गरेर काठमाडौं ल्याएको छ । चालकलाई सवारी ज्यान सम्बन्धी कसुरमा अनुसन्धान गरिने जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।