झापा / प्रहरीले नाबालिकालाई अपहरण गरी बलात्कार गरेर फरार भएको आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाराको कलैया उपमहानगरपालिका- ७ बरेवा टोलका १९ वर्षीय इर्साद अन्सारी रहेका छन् ।
बालिकालाई कलैयाबाट डर त्रास देखाई २०७७ फागुन ५ गते अपहरण गरी भारतको लुधियाना लगी बन्धक बनाई बलात्कार गरेको अन्सारीमाथि आरोप छ ।जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी टोलीले बाराको कलैया उपमहानगरपालिका- ५ स्थित एक घरमा लुकेर बसेको अवस्थामा अन्सारी फेला परेका हुन् । उनलाई जिल्ला अदालत बारामा पेश गरी पुर्पक्षका लागि कारागार चलान गरिएको छ ।