सङ्खुवासभा / सङ्खुवासभाको धर्मदेवी नगरपालिका –५ मा रहेको मायाखोला हाईड्रो पावरमा काम गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
मंगलबार बिहान हाइड्रोपावर भित्र रहेको ट्रान्सफर्मर मर्मत गर्ने क्रममा करेन्ट लागेर उक्त हाईड्रोका इन्जिनियर पोखरा महानगरपालिका –१२ का ३९ वर्षीय रोमन कुमार चन्द घाईते भएका थिए ।
घाईते चन्दलाई उपचारको लागी हेलिकोप्टरद्वारा काठमाडौँ पठाइएको थियो । उनको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ।