विराटनगर / मोरङका दुई छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङको पथरी शनिश्चरे नगरपालिका –२ की विमला खड्का रहेकी छिन् ।  

मंगलबार राती साँढे ७ बजे मोरङको पथरी शनिश्चरेमा प्रदेश १–०२–०४७ प ००१५ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा खड्का घाईते भएकी थिइन् । खड्काको उपचारको क्रममा विराटनगरको कोशी अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । 

OM Sai Pathibhara Hospital

त्यस्तै मंगलबार साँझ मोरङकै सुन्दरहरैचा नगरपालिका –११ मा ३३ प ४२४१ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा सोही मोटरसाईकलमा सवार रहेकी ३० वर्षीया देव कुमारी श्रेष्ठ घाईते भएकी थिईन । 

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार घाईते श्रेष्ठको उपचारको क्रममा नोबेल अस्पताल विराटनगरमा मृत्यु भएको हो ।