जनकपुर / ‘भारत गौरव पर्यटक रेल’ ९ असारमा जनकपुरधाम आउने भएको छ । भारतीय पर्यटक बोकेर उक्त रेल जनकपुरधाम आउने भएको हो।

नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जनकुमार झाका अनुसार भारतको राजधानी नयाँदिल्लीबाट मङ्गलबार साँझ हिँडेको सो रेल बिहीबार जनकपुरधाम आइपुग्ने छ । 

OM Sai Pathibhara Hospital

रामायण सर्किटमा सञ्चालन हुने उक्त रेलले भारतको अयोध्या, नन्दीग्राम, सीतामढी, वनारस, प्रयागराज, चित्रकुट, पञ्चवटी, नासिक, हम्पी, रामेश्वरम र भद्राचलम धार्मिक गन्तव्यका साथै नेपालको जनकपुरस्थित धार्मिक क्षेत्रलाई जोड्ने महाप्रबन्धक झाले बताए ।

महाप्रबन्धक झाका अनुसार भारतीय राजदूतावासको समन्वयमा ‘भारत गौरव पर्यटक रेल’ मा करिब ५०० भारतीय पर्यटक आउन लागेको र उनीहरूले जनकपुरधामका विभिन्न धार्मिकस्थलको भ्रमण गर्ने कार्यक्रम छ

भारतीय राजदूतावासका अनुसार सो रेलको प्रत्येक डिब्बामा भारतीय स्मारक, नृत्य, परिकार, पोशाक, पर्व, वनस्पति तथा जीवजन्तु, योग, लोक कलाजस्ता भारतको कला, संस्कृति, परम्परा, सम्पदा लगायतका बहुरूपी झल्को देख्न सकिनेछ ।