पर्सा / अन्तर्राष्ट्रिय कल बाइपास गरेको आरोपमा प्रहरीले एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) र जिल्ला प्रहरी कार्यालय पर्साको संयुक्त टोलीले भारतका इरफान सुफियान खानलाई वीरगञ्जबाट पक्राउ गरेको हो ।
वीरगञ्ज महानगरपालिका –२ रेल्वे रोडस्थित मनान मियाँ तेलीको घरमा बसेर अवैध रूपमा कल बाइपास गरिरहेको अवस्थामा खानलाई पक्राउ गरिएको प्रहरी निरीक्षक गणेश सुवेदीले जानकारी दिए ।
विशेष सूचनाका आधारमा प्रहरीले तेलीको घरमा छापामारी गरेर खानलाई भ्वाइस ओभर इन्टरनेट प्रोटोकल कल बाइपास गरिरहेको अवस्थामा विभिन्न सामग्री र उपकरणसहित नियन्त्रणमा लिएको हो ।