काठमाडौं / वायुसेवा सञ्चालक संघले भोलिदेखि आन्तरिक तथा बाह्य सबै उडान बन्द गर्ने निर्णय गरेको छ ।
पर्यटनमन्त्री प्रेम आलेले निजी क्षेत्रविरुद्ध पूर्वाग्रही साँध्दै अव्यवहारिक निर्णय गरेको विरोधमा उडानहरू बन्द गर्ने निर्णय गरिएको संघले जनाएको छ । यसबारे केहीबेरमा पत्रकार सम्मेलन गर्न लागिएको संघका प्रवक्ता योगराज कंडेल शर्माले जानकारी दिए ।
मन्त्री आलेले निजी क्षेत्रका विमानहरू बाहिरका एयरपोर्टमा पार्किङ गर्नुपर्नेलगायतका निर्णयको विरोधमा संघले उडान बन्द गर्ने भएको हो । वायुसेवा सञ्चालक संघ, नेपालले सङ्घसँग आबद्ध सम्पूर्ण हेलिकप्टर तथा हवाईसेवा कम्पनीहरूले प्रदान गर्दै आएका आपतकालीन उद्धार लगायत नियमित उडानहरू भोलिबाट असार ८ गतेबाट स्थगित गर्ने भएको छ ।