काठमाडौँ / सरकारले बझाङका जयपृथ्वीबहादुर सिंहलाई राष्ट्रिय विभूति घोषणा गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सोमबारको मन्त्रिपरिषद् बैठकको निर्णय आज सार्वजनिक गर्दै सिंहलाई राष्ट्रिय विभूति घोषणा गर्ने जानकारी दिएका हुन् ।
नेपालको शिक्षा क्षेत्रको विकास तथा विश्वसामु नेपाललाई चिनाउन पुर्याएको योगदानको कदरस्वरूप जयपृथ्वीबहादुर सिंहलाई नेपालको राष्ट्रिय विभूति घोषणा गर्ने निर्णय गरिएको जनाइएको छ । सरकारको यो निर्णयसँगै राष्ट्रिय विभूतिको संख्या १८ पुगेको छ ।