झापा / सङ्खुवासभामा आगोबाट जलेर वृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा चैनपुर नगरपालिका- ११ कि ८६ वर्षीया मनमाया मगर रहेको प्रहरीले जनाएको छ ।
घरमा एक्लै बस्दै आएकी वृद्धाले चुलामा आगो सल्काउने क्रममा अचानक आफैले लगाएको चोलोमा आगो सल्कन गई आगोले जलेर गम्भिर घाईते भएको अवस्थामा आफन्तले आज बिहान ७ बजे फेला पारी उपचारको लागी जिल्ला अस्पताल खाँदबारी ल्याइएकोमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ । घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।