काठमाडौँ / प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे नयाँबानेश्वरस्थित संसद्‌ भवनमा बस्न लागेको हो । 

आजको बैठकमा विभिन्न विधेयक दफावार छलफलका लागि पेस गरिनेछ । गृहमन्त्री बालकृष्ण खाँणले नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्यसञ्चालन, सुपरीवेक्षण र समन्वय) पहिलो संशोधन विधेयका २०७९ दफावार छलफलका लागि पेस गर्ने संसद् सचिवालयको सम्भावित कार्यसूची छ ।

OM Sai Pathibhara Hospital

त्यस्तै ‘आर्थिक विधेयक २०७९’ माथि छलफल गरी प्राप्त संशोधनलाई निर्णयार्थ प्रस्तुत गरिने पनि संसद् सचिवालयले जानकारी दिएको छ ।

शर्माले  ‘राष्ट्र ऋण उठाउने विधेयक २०७९’ लाई दफावार छलफल गरी पारितका लागि प्रस्ताव गर्ने कार्यसूची रहेको छ।