बुटबल / कपिलवस्तुको गोरुसिङ्गेस्थित नेपाली सेनाको शमशेर दल गणभित्र गोली लागि घाइते भएकी एक महिला सिपाहीको मृत्यु भएको छ ।
बुधबार साँझ गणभित्र गोली लागी घाइते भएकी सिपाही कोपिला राजवंशीको उपचारको क्रममा मृत्यु भएको हो ।
उनको भैरहवा मेडिकल कलेजमा उपचारका क्रममा बिहान ३ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दानबहादुर कार्कीले जानकारी दिए ।
कार्कीका अनुसार बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार हुन नसकेपछि राजवंशीलाइ भैरहवास्थित मेडिकल कलेज लगिएको थियो ।
सिपाही राजवंशीले ड्युटीमा रहेका बेला आफैँले बोकेको एम १६ राइफलले आफ्नै पेटमा गोली हानेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।