बिर्तामोड / सुनसरीको रामधुनी नगरपालिका-२ मा भएको मोटरसाइकल दुर्घटनामा परी चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा रामधुनी नगरपालिका-८ का ४३ वर्षीय धुर्व कुमार चौधरी रहेको प्रहरीले जनाएको छ । बुधवार राती पौने ८ बजे पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको को १७  प ३२४५ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई हसनपुरको पुलबाट नहरमा खसेको थियो । मोटरसाइकल नहरमा खस्दा चालक बेपत्ता भएको भन्ने खबर प्राप्त भएसँगै इलाका प्रहरी कार्यालय पकलीबाट खटिएको प्रहरी टोलीले खोजतलास शुरु गरेको थियो ।

खोजतलासको क्रममा साँढे ९ बजे नहरमा खसेको मोटरसाइकल सहित चौधरी मृत अवस्थामा फेला परेका हुन् । नहरमा खसि मृत फेला परेका चौधरीको कानूनी प्रकृया पुरा गरी शव परीक्षणको लागी धरानको बि.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय पकलीले जनाएको छ । 

OM Sai Pathibhara Hospital