बिर्तामोड / बारामा टेम्पोको ठक्करबाट एक जना महिलाको मृत्यु भएको छ । बाराको कलैया उपमहानगरपालिका–१८ मनगढवामा मंगलबार बेलुकी भएको दुर्घटनामा ५० वर्षीया कौशिला देवीको मृत्यु भएको हो । 

टेम्पोको ठक्करबाट गम्भीर घाइते भएकी उनको उपचारका क्रममा नेशनल मेडिकल कलेज वीरगञ्जमा मृत्यु भएको हो । सडक पार गर्ने क्रममा मंगलबार बेलुका ८ बजे ना १ ह ६० ८२ नम्बरको टेम्पोले ठक्कर दिएको प्रहरीले जनाएको छ । 

OM Sai Pathibhara Hospital

टेम्पो सहित चालकलाई पनि जिल्ला प्रहरी कार्यालय बाराले नियन्त्रणमा लिएको छ ।