बिर्तामोड / मोरङमा मोटरसाइकलको चक्कामा आफैले लगाएको सल बेरिएर लड्दा एक युवतीको मृत्यु भएको छ । मोरङको ग्रामथान गाउँपालिका–७ बजरङ्गबलीको मंगलबार बेलुकी भएको दुर्घटनामा सुनसरीको इटहरी उपमहानगरपालिका–८ की २१ वर्षीया रेशमा नेपालीको मृत्यु भएको हो ।
मंगलबार बेलुका पौने ७ बजे को ३८ प २२ ०३ नम्बरको मोटरसाइकलको पछाडि सवार नेपालीको सल मोटरसाइकलमा बेरिएपछि उनी लडेकी थिइन् । गम्भीर घाइते भएकी नेपालीको उपचारका क्रममा विराटनगर स्थित विराट नर्सिङहोममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरी कार्यालय हरैँचाले मोटरसाइकल सहित चालकलाई नियन्त्रणमा लिएको छ ।