विराटनगर / एक नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरको प्रहरी टोलीले लागूऔषध मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरी धरान उपमहानगरपालिका-१९ का ३६ वर्षीय सुरज भनिने सरोज राई रहेका छन् ।
लागूऔषध मुद्दामा उच्च अदालत विराटनगरले मिति २०७३ साल भाद्र ५ गते राईलाई १ बर्ष १० महिना २७ दिन कैद र १ लाख रुपैयाँ जरिवाना सुनाएको थियो । कैद तथा जरिवाना बेरुजु रहि असुल गर्न बाँकी रहेका राईलाई खोज तलासमा खटिएको प्रहरी टोलीले गाउँघरमा नै लुकी छिपी बसेको अवस्थामा पक्राउ गरेको हो । पक्राउ परेका राईलाई सुनसरी जिल्ला अदालतबाट कैद भुक्तानको लागि झुम्का कारागार चलान गरिएको प्रहरीले जनाएको छ ।