बिर्तामोड  / नेपालमा सञ्चालित विकास साझेदार वा अन्तर्राष्ट्रिय गैरसरकारी सङ्घसंस्थाहरूले आसन्न स्थानीय तहको निर्वाचन चन्दा नदिने बताएका छन् । 

संयुक्त राष्ट्र संघ, युरोपियन युनियन, जाइका, युके एड, कोइका, अस्ट्रेलियन एडलगायत १३ वटा विकास साझेदारहरूले सूचना निकालेर आसन्न स्थानीय तहको निर्वाचनमा चन्दा नदिने बताएका हुन् । 

OM Sai Pathibhara Hospital

नेपालमा सञ्चालित विकास साझेदार वा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूले चुनावको बेलामा राजनीतिक दल वा उम्मेदवारहरूलाई चन्दा दिन नपाउने व्यवस्था छ ।

तर, कर्मचारी र परियोजनाहरूले चन्दा वा जिन्सी सहयोगको दवाव सामना गर्नुपरेको बताउँदै विकास साझेदार वा अन्तर्राष्ट्रिय गैरसरकारी सङ्घसंस्थाहरूले स्थानीय निर्वाचनमा चन्दा नदिने बताएका हुन् । 

उनीहरूले १५ बुँदे कार्य सञ्चालनसम्बन्धी आधारभूत मार्गदर्शन समेत जारी गरेका छन् । जसमा के–के काम गर्ने र नगर्ने भन्ने उल्लेख गरिएको छ । 

विकास साझेदार वा अन्तर्राष्ट्रिय गैरसरकारी सङ्घसंस्थाहरूले यस्तो सूचना निकाले पछि राजनीतिक दलका नेताहरूले भने आफूहरूको बदनाम गर्न यस्ताे सूचना प्रकाशित गरेको आरोप लगाएका छन् । 

विकास परियोजना सञ्चालन गर्ने, समाजसेवा गर्ने र नागरिकलाई सशक्तीकरण गर्ने नाममा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (आईएनजीओ) हरु नेपाल भित्रिने गरेका छन् । 

बेलाबखत आइएनजिओहरू क्रिस्चियन धर्म प्रचार र चन्दा वितरण लगायतका कारणले विवादमा परिरहन्छन् । 

datri-1642022040534-1000x0