झापा / पोखरामा सवारी दुर्घटनाबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तनहुँ शुक्लागण्डकी नगरपालिका वडा नं. २ एक्लेखेतका ३५ वर्षका मीनबहादुर पाइजा रहेका छन् । दुर्घटनामा उनकी श्रीमती दानुमाया पाइजा गम्भीर घाइते भएकी छन् ।
नयाँ वर्षका दिन गण्डकी प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री रामजी बराल (जीवन) ले प्रयोग गर्दै आएको ग १ झ ४४५ नम्बरको गाडीले पाइजा दम्पती सवार ग १६ प ५१८१ नम्बरको मोटरसाइकललाई पोखरा ३२, गगनगौंडामा ठक्कर थिएको थियो । घाइते भएकी दानुमाया पाइजाको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।