झापा / अनलाइन गेम फ्रि फायर बाट चिनजान गरि १३ वर्षीया बालिकालाई करणी गर्ने एक जनालाई प्रहरीले गरेको छ । 

पक्राउ पर्नेमा पाल्पा घर भएका २७ वर्षीय महेश उदास रहेको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ । 

OM Sai Pathibhara Hospital

फ्रि फायर गेम मार्फत चिनजान भई महेशले बालिकालाई पाल्पाबाट विवाह गर्ने आश्वासन दिएर काठमाडौंमा ल्याइ जबरजस्ती करणी गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले जानकारी दिए । 

पक्राउ परेका युवकविरुद्ध मुलुकी अपराध ऐन, २०७४ को परिच्छेद-१८ को देहाय ‘२१९ को जबरजस्ती करणी गर्न नहुने’ कसुरमा काठमाडौं जिल्ला अदालतबाट १० दिनको  म्याद लिएर अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ । 

चैत २९ गते विवाह गर्ने भन्दै महेशले बालिकालाई मोटरसाइकलमा राखेर पाल्पाबाट काठमाडौं ल्याएको खुलेको छ ।