झापा / चन्द्रागिरीमा एक युवा मृत भेटिएका छन ।
पुस १४ मा बिहानैदेखि झरी शुरु भएपछि बालाजुबाट हिँउ खेल्छु’ भनेर निस्केका सुजन लामा लामो समयसम्म घर नआए पछि उनको खोजी गरिएको थियो तर उनी ,भोलिपल्ट चन्द्रागिरी नगरपालिका – ४ मा मृत अवस्थामा भेटिए ।
३० वर्षका लामा बुधवार बिहान ८ बजेतिर घरबाट निस्केका हुन् ।
महानगरीय अपराध महाशाखा र काठमाडौं प्रहरी परिसरबाट खटिएका अनुसन्धान अधिकृतहरूले प्रारम्भिक अनुसन्धानपछि शव त्रिवि शिक्षण अस्पतालमा पठाएका छन् । त्रिवि शिक्षण अस्पतालका फरेन्सिक डाक्टर गोपाल चौधरीले घटनास्थलमा गएर शवको अवस्था हेरेका छन् ।