काठमाडौँ / नेपाल वायु सेवा निगमको अन्तर्राष्ट्रिय उडानमा रहेको न्यारो बडी ए ३२० जहाज  प्राविधिक समस्याका कारण ग्राउण्डेड भएको छ । 

उक्त जहाज काठमाडौँ – ल्हासा उडानका क्रममा पार्किङ गर्ने क्रममा इन्जिनमा समस्या आएको निगमले जनाएको छ ।

OM Sai Pathibhara Hospital

निगमका प्रवक्ता अर्चना खड्काले विज्ञप्ति जारी गर्दै ग्राउण्डेड जहाजलाई उडान योग्य बनाउन आवश्यक प्रक्रिया अघि बढाइएको बताएकी छन् ।

इन्जिनलाई ‘रिप्लेस’ गरी मर्मत गर्न सुझाव आएकाले जहाजलाई छिटो उडान योग्य बनाइनेछ। निगमको वाइडबडी जहाज ए ३३० मा काठमाडौँ  उडानको तयारी गर्ने क्रममा समस्या देखिएको थियो ।

उक्त जहाजको समस्या भने श्रीलङ्काबाट पार्टपुर्जा भित्र्याएर निगमकै इन्जिनियरिङ टिमले मर्मत गरेको थियो । तत्पश्चात उक्त जहाजले आजै काठमाडौँ – दिल्ली नियमित उडान गरेको कम्पनीले विज्ञप्तिमार्फत जनाएको छ ।

निगमसँग अन्तर्राष्ट्रिय उडानका लागि दुई थान वाइड बडी र दुई थान न्यारो बडी जहाज छन् । यी जहाजले भारतका तीन सहित सात देशका नौ गन्तव्यमा उडान भर्दै आएका छन् ।