झापा / बझाङमा दुई जना पुरूष मृत फेला परेका छन् ।
छबिसपाथीभारा गाउँपालिका –७ बुड्खोरीका ४३ वर्षीय जंग धामी घरनजिकै नौपाते भन्ने ठाउँमा बिहीबार बिहान मृत फेला परेका हुन् ।
यस्तै, सुर्मा गाउँपालिका -१ दौलीचौरका ४४ वर्षीय किट्टु बोहरा मङ्गलबारदेखि हराएकोमा बिहीबार मृत फेला परेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।
उनी घर नफर्केपछि खोजतलास गर्दा पदाति भन्ने ठाउँमा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय बझाङका डीएसपी ज्ञानबहादुर विष्टले बताएका छन ।
उनीहरूको चिसोले कठ्याँग्रिएर ज्यान गएको हुन सक्ने अनुमान गरिएको छ ।