इटहरी / सुनसरीको भोक्राहानर्सिङ गाउँपालिका ४ स्थित मोडल पब्लिक स्कुलको कम्प्युटर चोरी गर्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सुनसरी भोक्राहानर्सिङ ५ का १८ वर्षीय प्रवेज आलम र २१ वर्षीय सुरज भुजेल रहेका छन ।
पब्लिक स्कुलको कोठाबाट कम्प्युटरको थान ३, , प्रोजेटर मिसिन थान १ र पानी तान्ने मोटर २ थान चोरी भएको थियो ।
चोरी भएको सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले अनुसन्धानको क्रममा निजहरूको घर नजिकै रहेको परालको टालीमा लुकाई राखेको अवस्थामा उक्त सामानहरू बरामद गरिएको हो ।
बरामद भएको समान सहित चोरीमा संलग्न २ जनालाई जिल्ला प्रहरी कार्यालय सुनसरीबाट थप अनुसन्धान भइरहेको छ ।
दुवै जनाले राती २ बजे हयाक्सो ब्लेडले स्कुलको ढोकाको चाबी काटी उक्त सामानहरू चोरी गरका थिए ।