बिर्तामोड / झापाको  दमकमा मोटरसाइकल दुर्घटनामा परी तीन जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा चितवनको राप्ती ४ निवासी १९ वर्षीय किसन सेन्चुरी र ताप्लेजुङको भुइँखोला ३ निवासी १९ वर्षीय अनिल लामगादे र खोटाङको चिसापानी ४ निवासी २३ वर्षीय अनिल वि क रहेको प्रहरी कार्यालय झापाका डीएसपी वसन्त पाठकले जानकारी दिएका छन ।

OM Sai Pathibhara Hospital

प्रहरीका अनुसार दमक नगरपालिका २ स्थित भाङवारिमा गए राति प्र १– ०२ – ०४३ प ६९२६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडक छेउको रूखमा ठोक्किँदा दुर्घटना भएको थियो ।